कोरिया । उत्तर कोरियाका लागि संयुक्त राज्य अमेरिकी विशेष दूतले यही शनिबार दक्षिण कोरिया र जापानी राजदूतलाई भेट गर्ने भएका छन् ।
उत्तर कोरियाका विषयमा दक्षिण कोरिया र जापानका राजदूतसँग भेटवार्ता गर्न उनी शुक्रबार सिंगापुर जान लागेका छन् । उनले यही शुक्रबारदेखि आइतबारसम्म सो भेटघाट गर्ने समाचारमा जनाइएको छ ।
अमेरिकी विदेश मन्त्रालयले बुधबार सो जानकारी गराएको हो । सो प्रयोजनका लागि अमेरिकी विशेष दूत स्टेफन बेइगन सिंगापुर जानुहुने जानकारी गराइएको छ ।
उनले सिंगापुरमा दुई दिनसम्म सो भेटवार्ता गर्ने पनि अमेरिकी विदेश मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।
स्टेफनले दक्षिण कोरियाका राजदूत लि डुहोनसँग भेट गर्नुहुने छ । त्यसैगरी जापानी विदेश मन्त्रालयको एसिया तथा प्रशान्त क्षेत्रीय ब्युरोका महानिर्देशक केन्जी कान्साउगीसँग भेटवार्ता गर्नेछन् ।
ती भेटहरुमा उत्तर कोरियाको निशस्त्रीकरणसम्बन्धी विषयमा कुराकानी गर्ने बताइएको छ । उत्तर कोरियाको निशस्त्रीकरणसम्बन्धमा गएको केही समययतादेखि उत्तर कोरियाली अधिकारीहरुसँग विभिन्न पक्षले वार्ता गरिरहेका छन् ।
उत्तर कोरियाको निशस्त्रीकरणका विषयमा संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीच दुई पटक सम्म शिखर वार्ता भएको छ ।
पहिलो पटक सिंगापुरमा र पछिल्लो पटक गत फेब्रुअरी महिनाको २७ र २८ तारिखमा भियतनामको हनोइमा वार्ता भएको थियो ।
ती वार्ताहरुमा निशस्त्रीकरणको प्रतिबद्धता व्यक्त गरेको भनिएको उत्तर कोरियाले त्यसका लागि पहल जारी नै राखेको बताएको छ ।
तर अमेरिकाले भने ती वार्ताहरुमा भनिएजस्तो उत्तर कोरियाले प्रतिबद्धता अनुरुप निशस्त्रीकरणको कार्य गर्न नसकेको बताएको छ ।
गत फेब्रुअरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच हनोईमा भेटवार्ता भएको थियो ।
बुधबार अमेरिकी विदेश मन्त्रालयमा भएको एक प्रेस भेटघाटका क्रममा उक्त मन्त्रालयका प्रवक्ता मोर्गन अर्टागस्ले अमेरिकाले राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किमबीचको सम्बन्धलाई राम्रो बनाइराख्ने विषयलाई प्राथमिकतामा राखेको बताए ।
उता उत्तर कोरियाले भने आफूले यसअघिका शिखर वार्ताहरुमा व्यक्त गरेका प्रतिबद्धताबमोजिम निशस्त्रीकरणका क्षेत्रमा काम गरिरहेको तर पनि यस विषयमा अमेरिका गम्भीर नरहेको प्रतिक्रिया दिने गरेको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: