काठमाडौँ । राजधानीमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमाञ्चलले गण्डकी प्रदेशललाई चार विकेटले पराजित गरेको छ ।
मूलपानी क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले सुदूरपश्चिमाञ्चलाई ९० रनको सामान्य लक्ष्य दिएको थियो । ९० रनको विजयी लक्ष्य लिएर मैदान उत्रेको सुदूरपश्चिमाञ्चलले २९ दशमलव २ ओभरमा ६ विकेट गुमाएर भेट्टायो ।
सुदूरपश्चिमाञ्चलको जीतमा आकाश चन्दले अविजित २९ रनको योगदान दिए भने नरेन्द्र साउँदले अविजित २३ तथा लोकेश बामले १५ रन बनाए । बलिङतर्फ गण्डकी प्रदेशका किशोर महत्तोले तीन विकेट लिँदा विपिन खत्रीले दुई तथा दीपेश श्रेष्ठले एक विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरको गण्डकी प्रदेश २० दशमलव ४ ओभरमा सवै विकेट गुमाउँदै ८९ रनमा समेटिएको थियो । गण्डकी प्रदेशका लागि राहुल शर्माले सर्वाधिक ४१ रन जोडे भने किशोर महतोले १४ रन तथा आकश थापाले १२ रन जोडे ।
गण्डकी प्रदेशलाई सस्तैमा समेट्ने क्रममा सुदूरपश्चिमका विनोद लामाले व्यक्तिगत पाँच विकेट लिएका थिए । त्यस्तै महेश अधिकारी र कप्तान शेर मल्लले दुई दुई विकेट झारे भने नरेन्द्र साउँदले १ विकेट लिए । जीतसगैं समूह ‘क’ मा रहेको सुदूरपश्चिमले चार खेलबाट तीन अङ्क जोडेर प्रतियोगिता सम्पन्न ग¥यो भने पराजित गण्डकी प्रदेश जीतविहीन रहँदै प्रतियोगिताबाट बाहिरियो । समूह ‘क’ बाट प्रदेश ३ र एपिएफ सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: