Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

दलितलाई घरैमा गएर छुरा प्रहार गरि हत्या

भारत । गुजरातको सुरेन्द्र नगर जिल्लास्थित थानगढमा एकजना दलित युवक प्रकाश कान्तिभाईको बुधवार अबेर राति छुरा हानेर हत्या गरिएको छ।

प्रहरीका अनुसार, तीन जनाले प्रकाशको घरमा गएर आक्रमण गरेका थिए। आक्रमणमा घाइते भएका प्रकाशको अस्पतालमा उपचारका क्रममा निधन भएको हो। अन्य दुईजना गम्भीर घाइते छन्।

थानगढ प्रहरी चौकीमा एससी एसटी ऐन अनुसार उजुरी दर्ता गरिएको छ। प्रहरीले दुई जनालाई हिरासतमा लिएको छ।

प्रकाश थानगढस्थित सेरामिक कारखानामा कार्यरत मजदुर थिए। उनको परिवारमा पत्नी र दुई छोराछोरी छन्।

प्रकाशको हत्यापश्चात् दलित समुदायले प्रहरी चौकी अगाडि धर्ना प्रदर्शन गरेर र शव लिन अस्वीकार गरेका थिए।

बुधवार अबेर राती थानगढको मफतियापरा क्षेत्रमा यो घटना भएको हो। त्यसमा प्रकाश गम्भीर घाइते भए र उनलाई उपचारका लागि राजकोट लगिएको थियो। त्यहाँ उपचारका क्रममा उनको मृत्यु भयो।

प्रकाशका काका बाबुभाई परमारले बीबीसी गुजरातीसँग कुराकानी गर्दै भने, \'प्रकाश र उनको परिवार आफ्नै घरमा बसिरहेका थिए। त्यसै बेला ती मानिसहरू घर बाहिर आए र अपशब्द बोल्न शुरू गरे।\'

उनले ती मानिसहरू आफूलाई पिट्न आएको बताउँदै भने, \'उनीहरूले हाम्रो जातिलाई जोडेर नराम्रो कुराहरू भने। त्यसपछि उनीहरूले मेरो भतिजाको बारेमा सोध्न थाले। त्यसैले गर्दा केटाहरू डराएर र घर भित्र गए।\'

उनका अनुसार आक्रमण गर्न तीनजना मानिस आएका थिए। परमारले भने, \'उनीहरूले हामीलाई घरबाट तानेर बाहिर निकाले र चिच्याएर \'बाबु परमारको घर कुन होर\' भनेर सोधे। उनीहरूको हातमा हतियार थियो, त्यो देखेर मानिसहरू डराए र आफूहरूलाई केही पनि थाहा नभएको बताए। त्यसपश्चात् उनीहरूले प्रकाशलाई आक्रमण गरे।\'

बाबुभाईका अनुसार उनी सामान्यतय: प्रकाशकै घरमा गएर बस्ने गर्छन्। त्यस दिन भने उनी बाहिरबाट आएको र थाकेकाले प्रकाशको घर गएका थिएनन्।

बाबुभाईका अनुसार मृतक प्रकाशको कान्छो भाईको आरोपीहरूसँग एक वर्ष अघि झगडा भएको थियो।

त्यसबेला पनि आरोपीहरूले जातिका आधारमा अपमान गरेका थिए र त्यसपछि हात हालाहाल भएको थियो। त्यसबेला उनीहरू विरूद्ध एससीएसटी ऐन अनुसार उजुरी दर्ता गरिएको थियो।

उक्त घटनाको अनुसन्धान गरिरहेका प्रहरी अधिकारी डीवी बासियाले बीबीसी गुजरातीलाई बताए अनुसार बुधवार रातको करिब ९/१० बजे बीच यो घटना भएको हो।

यो घटनामा काठी दरबार जातिका तीन जना विरूद्ध दलित उत्पीडन र हत्याको मुद्दा दर्ता गरिएको छ।उक्त आक्रमणमा प्रकाशको मृत्यु भयो भने सुरेश देवजीभाई घाइते भए।

आरोपीहरू नरेश दीनुभाई र देवराज दीलुभाई विरूद्ध दलित उत्पीडन मुद्दा दर्ता भएको हो।

बासियले भने, \'हामीले उक्त घटनामा दुई जनालाई हिरासतमा लिएका छौँ। त्यस क्षेत्रमा प्रहरी बल तैनाथ छ र पीडित परिवारलाई सुरक्षा दिइएको छ।\'

खबरहरूका अनुसार आरोपी बाइकमा रिवल्भर, बञ्चरो, लौरो जस्ता हतियार लिएर प्रकाशका घरमा प्रवेश गरेका थिए।

उनीहरूले जातिमा आधारित अपमानजनक शब्दहरू बोलेका थिए। दलितहरूले त्यसको विरोध गरेपछि नरेशले प्रकाशको हत्या गरिदिए। त्यसपछि बन्दुकबाट गोली पनि चलाए। उनले प्रकाशको टाउकामा बञ्चरोले हानेका थिए।

थानगढमा यस अघि पनि कथित प्रहरी फायरिङका क्रममा सन् २०१२ मा तीनजना दलित युवकले ज्यान गुमाएका थिए।

अहिलेको घटना पछि दलित समाजले प्रकाशको शव लिन अस्वीकार गरेका थिए। त्यसले गर्दा त्यस क्षेत्रमा तनाव थप बढेको छ। उनीहरूले धर्ना दिएर आरोपीलाई पक्राउ गर्न माग गरेका छन्।

करिब ५/६ घण्टासम्म प्रहरीसँग भएको छलफलपश्चात् पीडित परिवारले प्रकाशको शव बुझ्न तयार भएका थिए।

बाबुभाई भन्छन्, ती मानिसहरू हामीलाई बारम्बार प्रताडित गर्छन्। हामीलाई यो क्षेत्रमा बस्नु नै छैन। हामी सरकारसँग हामीलाई कुनै सुरक्षित स्थानमा बस्ने व्यवस्था गरिदिन माग गर्छौँ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending