Khabar Dabali ८ असार २०८३ सोमबार | 22nd June, 2026 Mon
Investment bank

जनमतसँगै युवाको आशा: भ्रष्टाचार नियन्त्रण र डिजिटल सेवामा जोड

खबरडबली संवाददाता

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति देशभरका युवापुस्ताको चासो र अपेक्षा बढेको छ । ुजेनजीु पुस्ताका युवाले आगामी सरकारबाट सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र प्रणालीगत सुधारको अपेक्षा गरेका छन् ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित नवयुवाको उपस्थितिका कारण पनि युवामैत्री नीति, डिजिटल सेवा, सन्तुलित र पारदर्शी विकास अब बन्ने सरकारको प्राथमिकतामा रहने आशा यो पुस्ताले व्यक्त गरेको छ ।

गत भदौ २३ गते भ्रष्टाचार र बेथितिविरुद्ध भएको ुजेनजीु प्रदर्शनमा सहभागी भएर घाइते भएका २५ वर्षीय मदन कार्की अब बन्ने सरकारले युवापुस्ताको माग र मर्मलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिन्छन् । निर्वाचनमा मतदान गरेर फर्किएपछि उनी अब बन्ने सरकारप्रति सकारात्मक परिवर्तनको आशा राखेर आफू निर्वाचनमा सहभागी भएको बताउछन् ।

कार्की सरकार र 'जेनजी' आन्दोलनका समूहबीच भएको १० बुँदे सहमति कार्यान्वयन हुनुपर्ने पक्षमा छन् । 'नेपालीले आफ्नै देशभित्र सुरक्षित र सम्मानपूर्वक बाँच्न पाउने वातावरण बनोस् । सुशासन कायम होस् र भ्रष्टाचारको अन्त्य होस् । अब बन्ने सरकारले आन्दोलनका क्रममा भएका घटनाका दोषीलाई कारबाही गर्नुपर्छ', उनी भन्न्छन्।

उक्त आन्दोलनका क्रममा घाइते भएकी २० वर्षीया लिजा अधिकारी अहिले पनि अस्पतालमा उपचाररत छन् । नीअस्पतालको शय्याबाटै अब बन्ने सरकारले युवाका माग कार्यान्वयन गर्ने अपेक्षा व्यक्त गर्छन् । अधिकारी भ्रष्टाचार अन्त्य, पारदर्शिता र सुशासनका मुद्दालाई सरकारले कार्यान्वयनमा ल्याउनुपर्ने बताउछन्। उहाँ भन्नुहुन्छ, 'हामीले आन्दोलनमार्फत उठाएका माग पूरा हुनेमा विश्वास छ । सुशासनसँगै देशभित्रै रोजगारी सिर्जना गर्न सरकारले ध्यान दिनुपर्छ ।'

रामेछाप स्थायी घर भई काठमाडौँ बस्दै आएकी २२ वर्षीया सुजता कार्कीका अनुसार जेनजी आन्दोलनपछि युवामा राजनीतिप्रतिको चासो बढेको छ । अब बन्ने सरकारले युवाका लागि ुपार्टटाइमु रोजगारीको व्यवस्था गर्ने र विकट तथा पिछडिएका क्षेत्रलाई पूर्वाधार विकासमा प्राथमिकता दिनुपर्ने उनको सुझाव छ । उनी भन्छन्, ूदेशमा रोजगारीको अवसर हुनुपर्छ । विदेश जानुपरे पनि कामका लागि होइन, भ्रमणका लागि मात्र जाने अवस्था बनोस् ।ू

दोलखाका २३ वर्षीय विशाल बुढाथोकी अब बन्ने सरकारले नीतिगत सुधार र पूर्वाधार विकासलाई गति दिनुपर्ने धारणा राख्छन् । गाउँ र सहरबीचको विकास असन्तुलन हटाउन सरकारले प्राथमिकता दिनेमा उनी विश्वस्त छन्। सहरमा विकास देखिए पनि गाउँमा सो स्तरको विकास नभएको उनको तर्क छ । विदेशमा अध्ययन गर्ने योजना बनाएका बुढाथोकी अध्ययनपछि स्वदेश फर्केर व्यवसाय गर्ने वातावरण बन्ने अपेक्षा गर्नन्छ ।

काठमाडौँका २७ वर्षीय विनय ढुङ्गाना डिजिटल सरकार ९डिजिटल गभर्नेन्स० र उत्पादनमुखी अर्थतन्त्रमा सरकारले ध्यान दिनुपर्ने सुझाव दिन्छन्। उनी भन्न्छन् ूसरकारी सेवा प्रवाह सरल र सहज बन्ने अपेक्षा छ । सामान्य कामका लागि भनसुन वा अतिरिक्त रकम तिर्नुपर्ने अवस्था अन्त्य हुनेमा म विश्वस्त छु ।ू

दोलखाका २४ वर्षीय किरण बुढाथोकी जनताले परिवर्तनका लागि मत दिएको स्मरण गराउँदै प्रणाली विकास भएपछि मात्र विकास प्रभावकारी हुने बताउछन् । पर्यटन, जलविद्युत् र कृषिलाई सम्भावनाको क्षेत्रका रूपमा अघि बढाउनुपर्ने र राजनीतिक दलले आफ्ना घोषणापत्र कार्यान्वयन गर्नुपर्ने उनको माग छ ।

खोटाङकी १९ वर्षीया सलिना राई युवा विदेशिनुपर्ने बाध्यता अन्त्य गर्नु अबको सरकारको मुख्य जिम्मेवारी भएको बताउछिन् । स्वदेशमै भरपर्दो रोजगारी नहुँदा युवा अन्योलमा परेको उल्लेख गर्दै उहाँ अबको सरकारले रोजगारी सिर्जना गर्नेमा आशावादी छछन्। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस र एमालेलाई आन्तरिक समस्या समाधान गर्न रवि लामिछानेको आग्रह

काठमाडौं । रास्वपाका रवि लामिछानेले नेपाली कांग्रेस र नेकपा एमालेभित्र देखिएका आन्तरिक समस्या समाधान गर्न आग्रह गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्...

सरकारबारे रवी: झुक्किएर त्यो बल कही आएछ भने पनि त्यही खुट्टामा पास गर्ने जिम्मा मेरो

चितवन । रास्वपाका सभापति रवि लामिछानेले सरकार सञ्चालनको जिम्मेवारी बालेन्द्र शाह मा रहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम...

प्रधानमन्त्री शाहको घोषणा: सुकुमवासी र सहकारी समस्या यही कार्यकालमा समाधान गर्ने

चितवन । बालेन्द्र शाह ले आफ्नो कार्यकालमै सुकुमवासी समस्या र सहकारी संकट समाधान गर्ने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महा...

अख्तियारलाई ५ घण्टा होइन, आवश्यक परेमा ५ वर्ष नै अख्तियारलाई राखेर सरसल्लाह गरिनेछ : प्रधानमन्त्री

चितवन । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारी रकमको दुरुपयोग र विगतका अनियमिततामा संलग्न जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याइने बताएका छन्। राष्ट्...

सिमाबारे प्रधानमन्त्री शाहको स्पष्टीकरण: हामीले ब्रिटिसलाई मध्यस्त बनाउन खोजेका हैनौं

राष्ट्रियताप्रति कसैलाई पनि शंका नगर्न आग्रह

कांग्रेसले जस्तो नेतालाई 'भगवान्' र 'बा' बनाउने गल्ती रास्वपाले नगरोस्: सभापति थापा

चितवन। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक दलले आफ्ना नेतालाई 'भगवान्' वा 'बा'बनाउने प्रवृत्तिका कार...

स्थापना भएको चार वर्षमै प्राप्त गरेको जनसमर्थन लोभलाग्दो छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थापना भएको चार वर्षमै प्राप्त गरेको जनसमर्थन लोभलाग्दो र...

वैकल्पिक राजनीतिको उपलब्धि रास्वपा हो : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफूले वर्षौंदेखि पैरवी गर्दै आएको वैकल्पिक राजनीतिको उपलब्धिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्व...

रास्वपा कहाँ उभिन्छ भन्ने चासो छ : प्रदीप ज्ञवाली

चितवन । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले राष्ट्रिय राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कहाँ उभिन्छ भन्ने विषयमा सबैको चासो रहेको बताएका ...

इतिहासले दिएको अवसर चुकाए रास्वपा र नेतृत्वलाई मात्र नभई देशलाई धोका हुनेछ: अध्यक्ष लिङ्देन

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा विद्यमान समस्याहरूको समाधान र विकासका लागि राजनीतिक दलहरूबिच रा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending