नेदरल्यान्डस्म । लेसियन एयरलाइन्स एमएच१७ को विमान खसालेको सम्बन्धमा छानबिन गरिरहेका अनुसन्धानकर्ताहरुले तीन जना रुसी र एक जना युक्रेनियाली नागरिकलाई दोषी ठहर गरेको छ ।
युक्रेनको आकाशमा उडिरहेको उक्त विमान पाँच वर्षअघि गोली हानी खसाल्दा विमानमा यात्रारत सबै २९८ जनाको मृत्यु भएको थियो ।
अर्को वर्ष मार्चदेखि दोषी ठहर गरिएका सैनिक तथा जासुसी कार्यमा संलग्न चारै जनामाथि नेदरल्यान्ड्समा मुद्दा चलाइनेछ । तर रुसी र युक्रेनी दुबै मुलुकले चार व्यक्तिलाई नेदरल्यान्ड्स सुपुर्दगी गर्न अस्वीकार गरेका कारण अनुपस्थितिमै मुद्दाको सुनुवाई हुनेछ ।
रुसले विमान खसालिएको सम्बन्धमा आधारहीन आरोप लगाएको भन्दै आफ्ना नागरिक निर्दोष रहेको जनाएको छ । उक्त विमान नेदरल्यान्ड्सको आम्स्टर्डमबाट मलेसियाको क्वालालम्पुर जाँदै थियो । रुस समर्थित विद्रोहीको नियन्त्रणमा रहेको पूर्वी युक्रेनको आकाशमा उक्त विमानलाई क्षेप्यास्त्र प्रहार गरी खसालिएको थियो ।
नेदरल्यान्ड्सको अनुसन्धान टोलीको सिफारिस बमोजिम दोषी ठहर गरिएका चारै जनाविरुद्ध अन्तर्राष्ट्रिय पक्राउ पूर्जी जारी गरिएको छ । दोषी ठहर गरिएका रुसी नागरिकहरुमा आइगोर गर्किन, सर्गेइ डुबिन्स्की र ओलेग पुलाटोभ तथा युक्रेनी नागरिक लियोनिद खार्चेन्को रहेका छन् ।
दोषी ठहर गरिएका चारै जना डोनेस्क पिपुल्स रिपब्लिकका पृथकतावादी सैनिक तथा जासुसी नेताहरु रहेका छन् ।
नेदरल्यान्ड्सका अनुसन्धाता फ्रेड वेस्टरबेकले पूर्वी युक्रेनमा रुसबाट अत्याधुनिक बियुके क्षेप्यास्त्र प्रणाली भित्र्याउन ती चार व्यक्ति मुख्यरुपमा जिम्मेवार रहेको बताउँदै तर उनीहरुले नै क्षेप्यास्त्र प्रहार गरेको भने पुष्टी हुन बाँकी रहेको जानकारी दिए ।
“हामी ती चार जनालाई सुपुर्दगी गर्नुपर्छ भन्दैनौं किनभने रुस र युक्रेनको कानुनमै आफ्ना नागरिक सुपुर्दगी गर्ने प्रावधान छैन । तर हामी यस अनुसन्धानमा दुबै मुलुकले सहयोग गर्नुपर्नेमा जोड दिइरहेका छौं,” फ्रेडले बताए ।
एमएच१७ मा यात्रारत व्यक्तिका आफन्तहरुले दोषीमाथि कारबाही गर्न गरेको सिफारिसलाई स्वागत गरेका छन् ।एएफपी
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: