सुनसरी । सुकुम्बासी बस्ती हटाउने सरकारी अभियानविरुद्ध धरान मा हजारौँ सुकुम्बासीहरू सडकमा उत्रिएका छन्। बासस्थान जोगाउन माग गर्दै गरिएको प्रदर्शनले दिनभर मुख्य बजार क्षेत्र तनावग्रस्त बनेको थियो।
प्रदर्शनकारीहरू छाता चोकमा भेला भई सरकारविरुद्ध नाराबाजी गरेका थिए। उनीहरूले ‘संविधान अनुसार बाँच्न दे’, ‘राज्य आतंक बन्द गर’ जस्ता नारा लगाउँदै विकल्पबिनाको बस्ती हटाउने अभियानको विरोध गरेका छन्।
आन्दोलन नेपाल बसोबास बस्ती संरक्षण समाज धरानका अध्यक्ष सुवास थुलुङ राई को नेतृत्वमा आयोजना गरिएको थियो। प्रदर्शनमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का स्थानीय नेताहरूले समेत समर्थन जनाएका थिए।
प्रदर्शनलाई सम्बोधन गर्दै राईले सुकुम्बासीमाथि भइरहेको ‘राज्य आतंक’ तत्काल बन्द गर्न माग गरे। “हामीलाई बसोबासको अधिकार चाहिन्छ, बल प्रयोग होइन,” उनले चेतावनी दिँदै भने, “सरकार पछि नहटे थप कडा आन्दोलनमा जान्छौं।”
स्थानीयका अनुसार करिब १० हजारभन्दा बढी सुकुम्बासी प्रदर्शनमा सहभागी भएका थिए। आन्दोलनका कारण केही समय यातायात प्रभावित भएको थियो भने सुरक्षा व्यवस्था कडा पारिएको थियो।
धरानमा करिब ३० हजारभन्दा बढी सुकुम्बासी बसोबास गर्ने अनुमान छ। उनीहरू लामो समयदेखि सार्वजनिक तथा ऐलानी जग्गामा बस्दै आएका छन्।
सरकारले सार्वजनिक जग्गा अतिक्रमण हटाउने नीति अघि बढाए पनि पुनःस्थापना र व्यवस्थापनको स्पष्ट योजना अभावका कारण स्थानीय स्तरमा असन्तुष्टि बढ्दै गएको छ।
यसबीच, धरानका कार्यवाहक मेयर अइन्द्रबिक्रम बेघा ले सुकुम्बासीलाई घरवारविहीन बनाउने गरी डोजर नचलाइने आश्वासन दिएका छन्।
धरानको पछिल्लो घटनाले सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति र संवादको आवश्यकता झन् प्रस्ट पारेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १२ गते, २०८३ - २१:००
काठमाडौं । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावका बीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै पक्षलाई संयम ...
श्रावण १२ गते, २०८३ - २०:५३
काठमाडौं । जलस्रोत विज्ञ तथा राजनीतिज्ञ महाजन यादवद्वारा लिखित ‘नेपालको जलस्रोत’ पुस्तक सार्वजनिक गरिएको छ। आइतबार नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा ...
श्रावण १२ गते, २०८३ - २०:४५
काठमाडौं । नेकपा बागमती प्रदेश संसदीय दलभित्रको मतभेद सार्वजनिक भएको छ। सरकार गठनबारे छलफल गर्न मंगलबार हेटौँडामा बोलाइएको संसदीय दलको बैठकमा सहसंयोजक...
श्रावण १२ गते, २०८३ - २०:३७
काठमाडौं । सरकारले ११२ जना शाखा अधिकृतको सरुवा गरेको छ। भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले सोमबार निर्णय गर्दै वि...
श्रावण १२ गते, २०८३ - २०:३०
काठमाडौं । गत साउन ४ गते बौद्धमा आत्मदाह प्रयास गरेकी सालु गुरुङको निधन भएको छ । उपचारका क्रममा ९ गते उनकाे निधन भएकाे हाे । बौद्धमा खाजा घर सञ्च...
श्रावण १२ गते, २०८३ - २०:२८
काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म धार्मिक ध्रुवीकरण तीव्र बन्दै गएको छ। तर प्रश्न एउटा मात्र...
श्रावण १२ गते, २०८३ - २०:१९
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवाका २४ जना उपसचिवको सरुवा गरेको छ। मंगलबार भएको निर्णयअनुसार विभिन्न मन्त्रा...
श्रावण १२ गते, २०८३ - २०:१७
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनाव अझै साम्य हुन सकेको छैन। एक युवाको मृत्यु र दर्जनौँ घाइते...
श्रावण १२ गते, २०८३ - २०:११
काठमाडौं । देशकै व्यस्त सडकखण्डमध्ये एक मुग्लिन–नारायणगढ सडकमा नयाँ स्थानबाट पहिरो खस्न थालेपछि यात्रा थप जोखिमपूर्ण बनेको छ। मंगलबार खहरे खोलानजिक नय...
श्रावण १२ गते, २०८३ - २०:०६
काठमाडौं । जापानको दक्षिणी मुख्य टापु क्युशुको कुमामोतो क्षेत्रमा मङ्गलबार सात दशमलव एकम्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण केही भवन तथा पूर्...



प्रतिकृया लेख्नुहोस्: