Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

नेता किमलाई ट्रम्पको गजबको पत्र, के लेखिएको थियो पत्रमा ?

उत्तर कोरियाली नेता किम जङ-अनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पठाएको व्यक्तिगत पत्र पाएको उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले जनाएको छ।

किमले त्यो पत्रलाई गजबको भन्दै प्रशंसा गरेको र त्यसमा रहेको चाखलाग्दो बेहोराबारे गहन ढङ्गले सोचविचार गर्ने आशय व्यक्त गरेको समाचारसंस्था केसीएनएले जनाएको छ।

उनले ट्रम्पको असाधारण साहसको पनि प्रशंसा गरेका छन्। जुन महिनाको प्रारम्भमा उत्तर कोरियाली नेताले आफूलाई एउटा सुन्दर चिठी पठाएको ट्रम्पले बताएका थिए।

अहिले ट्रम्पको पत्र कसरी र कहिले किमलाई पठाइयो भन्ने खुलासा गरिएको छैन। त्यसबारे ह्वाइट हाउसले कुनै प्रतिक्रिया दिएको छैन।

गत फेब्रुअरीमा भियतनाममा ट्रम्प र किमबीचको बैठक विना कुनै निष्कर्ष टुङ्गिएको थियो। त्यसपछि अमेरिका र उत्तर कोरियाबीचको वार्ता अवरुद्ध हुन पुगेको हो।

तर हालै चिनियाँ राष्ट्रपति सी जिन पिङको प्योङ्याङ भ्रमणपछि परमाणुनिरस्त्रीकरणको विषयमा अवरुद्ध वार्ता पुनस् सुरु हुन सक्ने आशा बढेको छ।

सोलस्थित बीबीसी संवाददाता लरा बिकर भन्छिन् ट्रम्प र किमबीच भियतनाममा वार्ता विफल भएपछि अहिले केही प्रगति भएको देखिएको छ।

उनी भन्छिन् अहिलेको समय पनि महत्त्वपूर्ण छ किन भने अर्को साता ट्रम्प दक्षिण कोरियाली नेता मुन जे-इनलाई भेट्न सोल भ्रमणमा जाँदै छन्।

उत्तर कोरियाले परमाणु कार्यक्रम परित्याग गरोस् भन्ने अमेरिकाको चाहना छ। प्योङ्याङ चाहिँ आफूविरुद्ध लगाइएका प्रतिबन्धहरू फुकुवा हुनु पर्ने अडानमा छ।केही समययता ट्रम्पले किमबारे राम्रा टिप्पणी गरेका छन्।

यसै महिनाको सुरुमा उनले किमको नेतृत्वसँग प्रचुर सम्भावनाहरू रहेको बताएका थिए।

मे महिनामा जापान भ्रमणका बेला ट्रम्पले किम एकदमै चलाख व्यक्तिू भएको बताउँदै उनले उत्तर कोरियाबाट धेरै राम्रा कुराहरू निस्कने अपेक्षा गरेको बताएका थिए।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: