ललितपुर। ललितपुर महानगरपालिकाको लखनखेलस्थित नव निर्मित प्रशासकिय भवन (ब्लक सि)को शनिवार उद्घाटन गरिएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले सो भवनको उद्घाटन गर्दै महानगरपालिकाका प्रशासनिक काम गर्न सो भवनसहित तीन वटा भवन तयार भएकाले अब नगरबासीले सजिलै महानगरको सेवा लिन सक्ने बताए।
उनले महानगरको पुरानो भवनलाई प्रशासनिक भवन ए र गत मङ्सिर २० गते राष्ट्रपतिले उद्घाटन गरेको भवनलाई बि र यस भवनलाई ललितपुर महानगरको प्रशासनिक भवन सि नाम दिइएको उल्लेख गर्दै नगरबासीका लागि आवश्यक सेवा प्रवाह गर्न हाललाई अन्य भवनको आवश्यकता नपर्ने समेत बताए। सो अवसरमा उनले यस भवन निर्माण प्रक्रियामा प्राविधिक सहयोग उपलब्ध गराउने परामर्शता कम्पनीलगायतलाई सम्मानपत्र प्रदान गरे।
महानगरका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले आधुनिक सुविधासहितको अपाङ्गतामैत्री यस भवनबाट ललितपुरका स्थानीयले गुणस्तरीय सेवा पाएर सन्तुष्ट हुने अवसर आएको बताए। ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टाराईले विकासका लागि सधैँ सकारात्मक निर्णयसहित डटेर काम गर्ने नगर प्रमुख महर्जनका कारण ललितपुर महानगरलाई नमुना नगरका रुपमा विकास गर्न सक्षम भएको र यस्ता निर्णयमा विविध दृष्टिले आफु समेत संलग्न रहन पाएको भन्दै खुुसी व्यक्त गरे।
महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले महानगरले ए, बि र सि नामाकरणसहित आधुनिक उपकरण, सेवासहितको भवन तयार गरी नगरबासीले हालसम्म विभिन्न स्थानबाट लिनुपर्ने सेवालाई एकतृत रुपमा तीन भवनबाट सेवा प्रवाहका लागि तयार भएको बताए। ज्येष्ठ नागरिक, अपाङ्गतामैत्री व्यवस्थासहितको शौचालय, भर्याङ, लिप्ट, ११७ सिटको सेमिनार हलसहित तयार गरिएको र यस भवनबाट वडा-१२ का सम्पूर्ण सेवा र छरिएर विभिन्न स्थानबाट दिने गरिएको महानगरको अन्य प्रशासनिक काम पनि यस भवनबाट दिइने बताए।
महानगर वडा १२ का अध्यक्ष नारायणलाल अवालेले यस भवन निर्माणको प्रक्रियामा मुद्दामामिलादेखि अन्य झन्झटिलो प्रक्रियाका कारण धेरै लामो समय लागे पनि महानगर र स्थानीयको सकारात्मक पहलका कारण निर्माण प्रक्रिया पुरा हुँदा आफु अत्यन्तै खुसी भएको बताए। उनले नयाँ भवनबाट वडा-१२ का स्थानीयका लागि सुलभ ढङ्गले गुणस्तरीय सेवा प्रवाह गर्ने अवसरका लागि भवन निर्माण प्रक्रियामा सहयोग गर्ने महानगर समूह र सबै सहयोगीहरुप्रति कृतज्ञता व्यक्त गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ३ गते, २०८३ - १७:१४
सिन्धुलीमाढी। सिन्धुली जिल्लामा यो वर्ष नयाँ शैक्षिक सत्रको पढाई सुरु हुनु अगावै पाठ्यपुस्तक विद्यालयमा पुगेको छ । जनक शिक्षा सामग्री केन्द्रको बिक...
बैशाख ३ गते, २०८३ - १६:५६
बागलुङ। कालीगण्डकी नदीमा उत्खननको काम नरोकिँदा नदी र यसको पर्यावरण खतरामा परेको भन्दै ‘कालीगण्डकी बचाऔं अभियान’ ले पर्वतको प्रसिद्व धार्मिक क्षेत्र मो...
बैशाख ३ गते, २०८३ - १६:४३
धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी गण, धनगढीको मेसको छतबाट खसेर एक प्रहरी कार्यालय सहयोगीको मृत्यु भएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ स्थायी ठे...
बैशाख ३ गते, २०८३ - १६:२६
फिदिम। तीन हजार चार सय ५० मिटरको उचाईमा अवस्थित फालेलुङ गाउँपालिका–४ चाररातेमा आयोजित साहसिक फुटफल प्रतियोगिताको उपाधि सुर्योदय क्लबले जितेको छ । न...
बैशाख ३ गते, २०८३ - १६:१५
काठमाडौँ। सरकारले नागरिकलाई सहज र छरितो सेवा उपलब्ध गराउने उद्देश्यका साथ राहदानी र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) घरदैलोमै पुर्याउने कार्य प्रारम्भ...
बैशाख ३ गते, २०८३ - १५:४४
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको उपनेतामा प्रतिनिधि सभा सदस्य गणेश पराजुली चयन भएका छन्। बिहीबार बसेको पार्टीको संसदी...
बैशाख ३ गते, २०८३ - १५:३५
पाल्पा । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत मङ्गलबारदेखि बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला परेका छन् । बगनासकाली ...
बैशाख ३ गते, २०८३ - १५:२४
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भरत खड्काले प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समिति सभापति पदका लागि बिहीबार उम्मेदवारी द...
बैशाख ३ गते, २०८३ - १५:१६
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्ति विवरणका सम्बन्धमा सार्वजनिक भएका जिज्ञासा र टिकाटिप्पणीप्रति स्पष्टीकरण दिएको छन् । सङ्घीय संसद् सचिव...
बैशाख ३ गते, २०८३ - १५:०८
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सार्वजनिक लेखा समिति सभापतिमा डोटीबाट निर्वाचित सांसद भरत खड्कालाई उम्मेदवार बनाउने भएको छ। कांग्...


प्रतिकृया लेख्नुहोस्: