Ntc summer Offer
Khabar Dabali ९ पुष २०८१ मंगलवार | 24th December, 2024 Tue
Investment bank

चिनियाँ कम्पनीले बनाइरहेको सात तले भवन भत्किँयो, कम्तीमा १५ जनाको मृत्यु,

कम्बोडिया । कम्बोडियामा निर्माण हुँदै गरेको एउटा साततले भवन भत्किँदा कम्तीमा १५ जनाको मृत्यु भएको र केही अरू व्यक्ति हराइरहेको अधिकारीहरूले बताएका छन्।

भवनको भग्नावशेषमा जीवित व्यक्तिको खोजी भइरहेको छ।

तटीय नगर सिहानुकभिलमा भएको सो घटनामा कम्तीमा २४ जना घाइते भएका छन्। तीमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ। यो भवन चिनियाँ कम्पनीले निर्माण गरिरहेको थियो।

केही वर्षयता चिनियाँ होटल र क्यासिनोहरूको निर्माणका कारण सिहानुकभिलको रूप फेरिएको छ।

भवन भत्किएपछि सो भवनका मालिक, निर्माण कम्पनीका प्रमुख र ठेकेदारसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

भग्नावशेषबाट उद्धार गरिँदै
सो भवन भएको जमिनका कम्बोडियाली मालिकलाई पनि सोधपुछका लागि नियन्त्रणमा लिइएको छ।

कति जना हराइरहेका छन् ?
भवनको भग्नावशेषमा उद्धारकार्य जारी छ। तर कति व्यक्ति हराइरहेका छन् भन्ने विवरणमा एकरूपता छैन।

मृत्यु हुनेमा केही व्यक्ति कम्बोडियाली नागरिक भएको पुष्टि भएको छ।

उद्धारकार्यमा झन्डै एक हजार व्यक्ति खटिएका छन्। उद्धारकर्मीहरूले स्टीलको संरचना काटेर भग्नावशेष हटाउन खोजिरहेका छन्।

\"\"

निर्माणमा संलग्न मजदुरहरूले आफूहरू सोही भवनमा बस्ने गरेको समाचारसंस्था एपीलाई बताएका छन्।

भत्किनुभन्दा केही समयअघि भवन थर्कियो अनि भत्किन थाल्यो,एक मजदुरले भने, \'भाग्न पनि नपाइनेगरी सबै कुरा भयो।\'

\'म र मेरी श्रीमतीले गुहार माग्यौँ,\' उनले एपीलाई बताए, \'चिच्यायौँ तर कसैले पनि प्रतिक्रिया दिएको सुनिएन। हामीलाई भग्नावशेषमा पुरिएर मरिन्छ भन्ने लाग्यो।\' उनीहरू दुवै जनालाई १२ घण्टापछि उद्धार गरियो।

सो स्थानका प्रमुख प्रशासकका अनुसार भवन निर्माणस्थलमा झन्डै ५० जना मजदुर थिए।

चिनियाँ प्रभाव
कम्बोडियामा अहिलेसम्म भएकामध्ये यो सबैभन्दा नराम्रो दुर्घटना हो। दुर्घटनाले सिहानुकभिलमा भइरहेको निर्माणको दर र भवनको आयुबारे प्रश्न उठाएको छ।
यसबाट कम्बोडियामा चिनियाँविरोधी भावना अझ बढ्न सक्छ।

सिहानुकभिल पहिला एउटा सानो गाउँ थियो। त्यहाँका मानिसहरू माछा मारेर जीविकोपार्जन गर्थे।

सन् २००० को दशकमा त्यहाँ पर्यटन फस्टायो। तीन वर्षयता त्यो ठाउँ चिन्ने नसकिनेगरी फेरिएको छ। त्यहाँ चिनियाँ पर्यटकहरूलाई लक्ष्य गरेर दर्जनौँ क्यासिनो खुलेका छन्।

कम्बोडियामा श्रमसम्बन्धी कानुन एकदमै फितलो छ। त्यसैले मजदुरहरू जोखिममा पर्छन्।

अन्तर्राष्ट्रिय श्रम सङ्गठनले श्रमिकहरूले भवन निर्माणस्थलमा निरन्तर रूपमा सुरक्षा र स्वास्थ्यसँग सम्बन्धित जोखिम खेप्नुपरेको बताएको छ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy