खोटाङ। जिल्ला हुलाक कार्यालय दिक्तेलका कार्यालय प्रमुख कुलप्रसाद आचार्य र उनको छोरा प्रबिन आचार्यको भक्तपुरमा हत्या भएको छ । भक्तपुरको बालकोटमा हत्या भएको अवस्थामा बाबु–छोराको शव फेला परेको बताइएको छ ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका घर भई बालकोट बस्दै आएका ५६ वर्षका कुलप्रसाद आचार्य र उनका २२ वर्षका छोरा प्रविन आचार्य हत्या भएर मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
कुलप्रसाद आचार्य जिल्ला हुलाक कार्यालय दिक्तेलमा कार्यरत थिए। केही दिन अघि मात्र दिक्तेलबाट भक्तपुर छोराहरु भएको ठाउँमा गएको आचार्यका छिमेकी एवम् नेपाल पत्रकार महासँघ खोटाङका अध्यक्ष हरिबोल आचार्यले बताए।।
बाहिरबाट चाबी लगाएको अवस्थामा कोठाभित्रै सोमबार बिहान उनीहरुको शव फेला परेको हो । प्रहरीका अनुसार उनीहरूको शरीरका विभिन्न ठाउँमा चोट रहेको छन । अहिले भक्तपुर प्रहरी परिसरको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरिसकेको छ । यसैगरी, सँगै बस्दै आएका कुलप्रसादका जेठा छोरा मिलन आचार्य भने सम्पर्कविहीन छन। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २८ गते, २०८२ - १७:०४
सुर्खेत । गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई वीरेन्द्रनगर–१ बस्दै आएकी १६ वर्षीया इनिसा विकको मृत्यु यौनांगको भित्री भाग च्यातिएर अत्यधिक रक्त...
फाल्गुन २८ गते, २०८२ - १६:४०
काठमाडौं । नेकपा एमालेकी नेतृ तथा बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न निर्वाचनले देशको राजनीतिक अन्यौलतालाई केही हदसम्म...
फाल्गुन २८ गते, २०८२ - १६:३३
सुर्खेत । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिशा विकका बुवा इन्द्रबहादुर विक सुर्खेत आइपुगेका छन्। छोरीको हत्या भएको खबर पाएपछि उनी रोजगारीका लागि दु...
फाल्गुन २८ गते, २०८२ - १६:२४
काठमाडौँ । देशका विभिन्न सहरमा यही फागुन २६ देखि २८ गतेसम्म अधिकांश स्थानमा अधिकतम तापक्रम क्रमश: बढ्दै गएको देखिन्छ । जल तथा मौसम विज्ञान विभागको तथ्...
फाल्गुन २८ गते, २०८२ - १६:१०
काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की ईन्चार्ज कृष्ण थापाको निधन भएको छ। बिहीबार जिल्ला कमिटीको बैठकमा बोल्दै गर्दा उनी ढलेका थिए। उन...
फाल्गुन २८ गते, २०८२ - १५:४९
सल्यान। वैदेशिक रोजगारीका क्रममा क्रोसियामा सवारी दुर्घटनामा परी निधन भएका सल्यानका एक युवकको शव स्वदेश ल्याउन ढिलाइ भएको छ । कुमाख गाउँपालिका–७ जिमाल...
फाल्गुन २८ गते, २०८२ - १५:३०
काठमाडौं । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकको न्यायका लागि काठमाडौंमा बिहीबार पनि विरोध प्रदर्शन भएको छ। माइतीघर मण्डलामा भएको प्रदर्शनम...
फाल्गुन २८ गते, २०८२ - १५:१०
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हिन्दू राष्ट्र बनाउन संविधान संशोधनका लागि तय...
फाल्गुन २८ गते, २०८२ - १४:४५
काठमाडौं । मानव तस्करको प्रलोभनमा परेर कम्बोडिया पुगेका १६ जना नेपाली उद्धार गरी नेपाल फर्काइएको छ। थाइल्याण्डस्थित नेपाली राजदूतावासको पहल, कम्बोड...
फाल्गुन २८ गते, २०८२ - १४:०७
धनगढी । कञ्चनपुरमा जिप र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बेदकोट नगरपालिका–७, लालपुरमा से १ च १४०५...


प्रतिकृया लेख्नुहोस्: