Khabar Dabali १२ माघ २०८२ आईतवार | 25th January, 2026 Sun
Investment bank

हाम्रा पूर्खाले बिरुवा र मानवको सम्बन्ध उहिल्यै पत्ता लगाएका थिए - प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वृक्षरोपणमा भन्दा तिनलाई संरक्षण गर्ने र हुर्काउनेमा प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । राष्ट्रिय वृक्षरोपण दिवसको अवसरमा आज ‘कोटेश्वर–कलङ्की सडकखण्डमा वृक्षरोपण शुभारम्भ’ गर्दै उनले भने, “हामीले रोपेका बिरुवालाई आफ्ना सन्तान सरह माया गरेर हुर्काउनुपर्दछ । अबको प्रतिस्पर्धा बिरुवा संरक्षण गर्नेमा हुनुपर्दछ ।”

उहाँले आफ्ना सन्तान सरह बिरुवाको संरक्षण गरेर हुर्काउन आग्रह गर्नुभयो । सोही अवसरमा प्रधानमन्त्री ओलीले कोटेश्वर सडकको किनारमा नासपातीको बिरुवा रोप्नुभएको थियो । सरकारले यस वर्षदेखि असार १४ गतेलाई राष्ट्रिय वृक्षरोपण दिवसका रुपमा मनाउने भएको छ । उहाँले वृक्षरोपण दिवस सरकारको मात्र नभएर गैरसरकारी संस्था र व्यक्तिको पनि कार्यक्रम भएको बताए ।

“यो सरकारको मात्र होइन जनजनको कार्यक्रम हो”, उनले भने, “हाम्रा पूर्खाले बिरुवा र मानवको सम्बन्ध उहिल्यै पत्ता लगाएका थिए । त्यसको धार्मिक, वातावरणीय, जैविक आदि उपयोगिता व्यवहारबाटै थाहा पाएर बिरुवाको संरक्षण गर्थे । हामीले पनि त्यो कुराको अनुकरण गर्नुपर्दछ ।”

प्रधानमन्त्री ओलीले वन क्षेत्र भनिए पनि नेपालका कतिपय क्षेत्रमा वन नभएकाले त्यस्ता ठाउँलाई साँच्चिकै वन क्षेत्र बनाउनुपर्ने बताए । आउने आर्थिक वर्षमा बढीमा पाँच करोड बिरुवा रोप्ने सरकारको लक्ष्य रहेको उनले जानकारी दिए ।

कार्यक्रममा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले आर्थिक, सामाजिक विकासका लागि वातावरण प्रवद्र्धन गर्नका लागि बिरुवा रोपिएको बताए । उनले शहरको र्सौन्दर्य र धुलोधुवाँ, प्रदूषणलाई नियन्त्रण गर्न सडक किनारामा रोपिएका बिरुवाले सहयोग पु¥याउने बताए ।

उनका अनुसार अझै पनि ३१७ स्थानीय तह वनरहित रहेकाले ती स्थानीय तहलाई यसै आर्थिक वर्षमा हराभरा बनाइने बताए । सरकारले उक्त दिवसका अवसरमा कोटेश्वरदेखि कलङ्कीसम्म आजदेखि वृक्षरोपणको शुरुवात गरेको छ । आगामी आर्थिक वर्षसम्म करीब दुई हजार ७०० बिरुवा रोपिने वन तथा भूसंरक्षण विभागका उपमहानिर्देशक डा राजेन्द्र केसीले जानकारी दिए। उनले रोपिएका बिरुवा महानगरपालिका, वडा कार्यालय र आफ्नो घर अगाडि रहेका बिरुवालाई सम्बन्धित स्थानीयवासीले संरक्षण गर्ने बताए ।

प्रधानमन्त्री ओलीसँगै गृहमन्त्री रामबहादुर थापा ‘बादल’, अर्थमन्त्री डा युवराज खतिवडा, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलगायत मन्त्रीगणले समेत बिरुवा रोप्नु भएको थियो । कोटेश्वर–कलङ्की सडकखण्डमा जिन्को वाइलोवा, असारे फूल, जाकारण्डा, कल्की, तेजपात, कपुर, राजवृक्ष, पैँयुलगायत बिरुवा रोपिने विभागका उपमहानिर्देशक केसीले जानकारी दिए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending