काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले ले बजेट निर्माणमा लामो समयदेखि देखिँदै आएको अस्वाभाविक रूपमा ठूलो अंक राख्ने प्रवृत्तिलाई सच्याइने बताएका छन्।
प्रतिनिधिसभा अर्थ समितिको बैठकमा बोल्दै उनले वर्तमान बजेट संरचना वास्तविक कार्यान्वयन क्षमताभन्दा धेरै ठूलो देखिने गरेको बताए। उनका अनुसार सरकारले करिब साढे १९ खर्ब रुपैयाँभन्दा माथिको बजेट विनियोजन गरे पनि वास्तविक रूपमा खर्च गर्न सकिने क्षमता करिब १६ खर्ब रुपैयाँ मात्र रहेको अवस्था छ।
अर्थमन्त्री वाग्लेले पूँजीगत खर्च अत्यन्त कमजोर रहेको पनि औँल्याए। उनका अनुसार वार्षिक रूपमा करिब २ खर्ब रुपैयाँ हाराहारी मात्र पूँजीगत खर्च हुने गरेको छ, जसले विकास र पूर्वाधारसम्बन्धी दीर्घकालीन लक्ष्य हासिल गर्न कठिनाइ भएको छ।
आगामी आर्थिक वर्षका लागि करिब १८ खर्ब ९० अर्ब रुपैयाँको बजेट सिलिङ तोकिएको जानकारी दिँदै उनले स्रोत व्यवस्थापन ठूलो चुनौती रहेको स्वीकार गरे। उनका अनुसार राजस्वबाट करिब १३ खर्ब रुपैयाँ मात्र जुट्ने अपेक्षा छ भने बाँकी करिब ७ खर्ब रुपैयाँ बराबरको स्रोत व्यवस्थापन मुख्य समस्या हो।
उनले अर्थतन्त्रलाई गति दिन निजी क्षेत्रको लगानी बढाउनु अपरिहार्य रहेको पनि स्पष्ट पारे। साथै चालु आर्थिक वर्षको खर्च बढाउन सरकारले विशेष “इमर्जेन्सी मोड” मा काम गरिरहेको र असार मसान्तसम्म पूँजीगत खर्च अहिलेसम्मकै उच्च हुन सक्ने अनुमान पनि उनले व्यक्त गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १० गते, २०८३ - १७:३७
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सम्मिलित वर्तमान सत्ता गठबन्...
श्रावण १० गते, २०८३ - १७:०४
बोर्दो। दक्षिण-पश्चिम फ्रान्समा फैलिएको भीषण डढेलोका कारण आइतबार राति थप ५५ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । यससँगै उक्त क्षेत्रमा डढेलोका क...
श्रावण १० गते, २०८३ - १६:५५
काठमाडौँ । पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्याम्पियनपिसमा लगातार चौथो हार खेपेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।...
श्रावण १० गते, २०८३ - १६:५०
काठमाडौँ । पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन ९काभा० च्याम्पियनपिसमा लगातार चौथो हार खेपेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।...
श्रावण १० गते, २०८३ - १६:५०
काठमाडौँ । पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन ९काभा० च्याम्पियनपिसमा लगातार चौथो हार खेपेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।...
श्रावण १० गते, २०८३ - १६:३८
काठमाडौं । एपीएफ स्कुल कीर्तिपुरसँग सम्बन्धित भ्रष्टाचार प्रकरणमा पक्राउ परेकी लेखा अधिकृत तथा सशस्त्र प्रहरी निरीक्षक कल्पना गुरुङ र एमडी एडभेन्चर टु...
श्रावण १० गते, २०८३ - १५:५६
नेपालगन्ज। विश्वमै दुर्लभ मानिने पाटेबाघको संरक्षण र जैविक मार्गको सुरक्षा गर्ने उद्देश्यले स्थापित बाँके राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको सङ्ख...
श्रावण १० गते, २०८३ - १५:४६
सुलीकोट। उत्तरी गोरखाको धार्चे गाउँपालिका–७ लिदिङमा लेदोसहित खसेको पहिरो हटाएपछि आरुघाट–माछाखोला सडकखण्ड पाँच दिनपछि सञ्चालनमा आएको छ। सडकमाथिबाट ख...
श्रावण १० गते, २०८३ - १५:३१
काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा सत्ता गठबन्धन कायम राख्न पहल जारी राख्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बिहान...
श्रावण १० गते, २०८३ - १५:०५
बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। सरकारमा रहेका कांग्रेसका पाँचै जना मन्त्र...



प्रतिकृया लेख्नुहोस्: