Khabar Dabali २९ बैशाख २०८३ मंगलवार | 12th May, 2026 Tue

बजेट मन्त्रीको निर्वाचन क्षेत्रमुखी भएको भन्दै सांसदहरूको आपत्ति, कसले के भने ?

काठमाडाैं । राष्ट्रियसभाका सांसदले बजेट मन्त्रीको निर्वाचन क्षेत्रमुखी मात्र भएको जनाउँदै सन्तुलित रुपमा देश विकास हुन नसक्नेमा जोड दिएका छन्। ।

राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयक, २०७६ का विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद महेशकुमार महराले शहीद र द्वन्द्व पीडितका छोराछोरीलाई छात्रवृत्ति पाउने भने पनि कार्यान्वयन हुन नसकेको बताए ।

सांसद रामचन्द्र राईले पुल र बाटो निर्माण हुन नसकेको बताउँदै सिँचाइलाई कृषिअन्तर्गत राखिनुपर्ने र भूमिगत सिञ्चाई आयोजनालाई प्राथमिकता दिनुपर्ने सुझाव दिए ।

सांसद मुक्ताकुमारी यादवले सातै प्रदेशमा बजेट कम भएको बताउँदै बजेट सबै सङ्घमा मात्र राख्नाको कारण के हो भन्ने प्रश्न गरिन् । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम व्यावहारिकभन्दा पनि प्रचारमुखी मात्र भएको उनको आरोप थियो । मन्त्रीले आफ्नो निर्वाचन क्षेत्रमा मात्र बजेट राखेको भनी सांसद यादवले आपत्ति जनाए ।

सांसद शेरबहादुर कँुवरले सुरुङ मार्ग खोल्ने सरकारको योजनाले छिटो सडक सञ्जाल अगाडि बढ्ने उल्लेख गर्दै यसले देशको आिर्थक विकासमा सहयोग गर्ने बताए ।

सांसद रमेशप्रसाद यादवले बलियो स्थायी सरकारले सही बजेट ल्याउन नसकेको आरोप लगाउँदै समृद्ध नेपाल र सुखी नेपाली नारामै मात्र केन्द्रित भएको बताए । मन्त्रीले आफ्नो निर्वाचन क्षेत्रमा मात्र बजेट राख्नाले सन्तुलित रुपले देश विकास हुन नसक्ने औँल्याए ।

सांसद नैनकला ओझाले युवा शक्तिलाई रोजगारीको व्यवस्था गर्नुपर्ने बताइन्। सांसद हरिचरण शिवाकोटीले दलित, महिला तथा सम्पूर्ण उत्पीडित समुदायलाई लक्ष्य गरेर बजेट आउनुपर्नेमा त्यस्तो हुन नसकेको बताउनुभयो । बाल विकासका शिक्षकको तलब वृद्धि गर्नुपर्ने उनको माग थियो । सभाको अर्को बैठक यही असार १९ गते बिहान ११ बजे बस्ने छ ।

सार्वजनिक यातायात क्षेत्रमा सुधार गर्न माग
राष्ट्रियसभाका सांसदले सार्वजनिक यातायातलाई सहज र सुलभका साथै एकाधिकारबाट मुक्त गर्न सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७६ का विभिन्न शीर्षकमध्ये श्रम, रोजगार तथा सामाजिक सुरक्षा, भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा, जलस्रोत तथा सिँचाइ, शिक्षा, विज्ञान तथा प्रविधि, परराष्ट्र र गृह मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद बद्रीप्रसाद पाण्डेले सुदूरपश्चिमका नौ जिल्लामध्ये कैलालीमा मात्र सामाजिक सुरक्षा कार्यक्रम राखिएको र योगदानमा आधारित सामाजिक सुरक्षामा एक लाख रोजगारदाता दर्ता हुन्छन् भनिएकामा दुई हजार ५०० मात्र दर्ता भएको बताए ।

भौतिक पूर्वाधारमा सम्भावित रणनीतिक सडक कार्यक्रम धनुषामा १७ र बाजुरामा एउटा पनि नपरेको उल्लेख गर्दै उहाँले मन्त्रीको जिल्लामा मात्र कार्यक्रम राखिनु बिडम्वनापूर्ण भएको बताउनुभयो । बूढीगण्डकी आयोजनालाई अलपत्र बनाइएको र जलमाफियाको चङ्गुलबाट ऊर्जा क्षेत्र बाहिर आउन नसकेको सांसद पाण्डेको भनाइ थियो ।

सिर्जनशील हुनुपर्ने शिक्षा मन्त्रालयमा त्यस्तो कुनै पनि कार्यक्रम नदेखिएको पनि उहाँको भनाइ थियो । “कूटनीति प्रभावकारी भएको छैन, राष्ट्रपति, प्रधानमन्त्रीको विदेश भ्रमण फलदायी हुन सकेन, बिम्स्टेकमा ठूलो मिस्टेक गर्दा छिमेकीले हेर्ने दृष्टिकोण बदलिएको छ”, सांसद पाण्डेले भने ।

सांसद डा विमला पौड्यालले तराई मधेशका समूहलाई वार्ता गरी शान्तिपूर्ण बाटामा ल्याउन सांसद सोमप्रसाद पाण्डेय नेतृत्वको समितिले गरेको कामलाई कार्यान्वयनमा लगिनुपर्ने बताइन । “यातायातको क्षेत्रमा अझै धेरै सुधार गरिनुपर्छ, लाइसेन्स लिन अझै दुई वर्ष कुर्नुपर्छ, यातायात सेवामा मानिसको सहजरुपमा पहुँच पुगोस्, सडक सुरक्षाका लागि ठोस कार्यक्रम आओस्, सानो कार्यक्रम गरौँ तर त्यसले जनतालाई छोओस्”, उनले भनिन ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending