काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान संसद् समावेशी हुनु सहिदहरूको बलिदानको उपज भएको बताएको छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएको हो ।
सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले भने, “बाहिरबाट हेर्दा यो भवन सिमेन्ट, इँटा र फलामले बनेको देखिएला, तर यसको अन्तर्यमा हजारौँ सहिदको बलिदान रहेको छ । हरेक वर्ग, वर्ण, जाति, लिङ्ग र समुदायको प्रतिनिधित्व भएको यो इन्द्रेणी संसद्का लागि हिजो हामीले बन्दुक उठायौँ, आन्दोलन गर्यौँ ।”
अध्यक्ष प्रचण्डले सङ्घीय संसदमा देखिएको समावेशी तथा समानुपातिक प्रतिनिधित्वलाई आफ्नो पार्टीको निर्वाचन परिणामभन्दा पनि ठुलो उपलब्धिको रूपमा व्याख्या गरे। क्रान्ति, बलिदान र लामो सङ्घर्षको जगमा प्राप्त भएको यो प्रतिनिधित्वलाई उनले “रगतले लेखिएको कथा” को संज्ञा दिए।
उनले भने, “परिणामका दृष्टिले को सानो वा को ठुलो भयो भन्ने कुरा गौण हो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रअन्तर्गतको यो प्रतिनिधिसभामा महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारु, उपेक्षित र उत्पीडित समुदायको इन्द्रधनुषी प्रतिनिधित्व हुनु मेरा लागि पार्टीको विजयभन्दा महत्त्वपूर्ण छ।”
सम्बोधनका क्रममा उनले निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले प्राप्त गरेको सफलतालाई स्वीकार गर्दै बधाई दिए। रास्वपासँगको सहकार्यको स्मरण गर्दै उनले भने, “अघिल्लो संसदमा मैले प्रधानमन्त्री र प्रमुख विपक्षी दलको नेताका रूपमा रास्वपासँग दह्रो सहकार्य गरेको थिएँ ।”
उनले थपे,“त्यसबेला सुशासन, सेवा प्रवाहको सरलीकरण, मेरिटोक्रेसी, ललिता निवास जग्गा फिर्ता र भुटानी शरणार्थी प्रकरणको अनुसन्धान जस्ता ठुला माफियाविरुद्धका कारबाहीमा हाम्रो सहकार्य रह्यो ।”
यस्तै, प्रचण्डले प्रधानमन्त्री बालेन्द्र शाहको उदयलाई पनि क्रान्तिको जितकै रूपमा व्याख्या गरे। “बालेन्द्र शाह काठमाडौँको मेयर हुँदै आज देशकै प्रधानमन्त्री बन्नु भएको छ । पार्टी फरक होला, तर मेरा लागि यो क्रान्तिकै सङ्कल्पको जित हो,” उनले भने।
पछिल्लो समय राजनीतिमा चर्चामा रहेको ‘पुराना र नयाँ’ को भाष्य दार्शनिक र राजनीतिक दृष्टिले गलत भएको प्रचण्डको तर्क छ ।
उनले स्पष्ट पार्दै भने, “सवाल पुराना र नयाँको होइन,सवाल सही र गलतको हो । यस्तो भाष्यले समाजमा विभाजन मात्र ल्याउँछ । सही र गलतको बहसले मात्र रूपान्तरणसहितको नयाँ एकताको आधार खडा गर्दछ ।”
अध्यक्ष प्रचण्डले समावेशी र समानुपातिक प्रतिनिधित्वमाथि गर्व गर्ने हक आफूलाई भएको बताउँदै शान्ति प्रक्रियाको पूर्णता अब नयाँ पुस्ताको पनि जिम्मेवारी भएको उल्लेख गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ११ गते, २०८३ - १७:४५
सिरहा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाको विरोधमा सिरहाको गोलबजारमा प्रदर्शन गरिएको छ। ...
श्रावण ११ गते, २०८३ - १७:३८
काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। गृह मन्त्रालयमा गृहमन्त्रीको अध्यक्षतामा सुरु भएको बैठक...
श्रावण ११ गते, २०८३ - १७:३३
काठमाडौं । आन्तरिक राजस्व विभागले २०८३ असार महिनासम्म खपत भएको विद्युत् सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पार्दै यससम्बन्धी अन्योल हटाउ...
श्रावण ११ गते, २०८३ - १७:२६
काठमाडौँ। अध्यागमन विभागको गैरपर्यटक शाखाका तत्कालीन कम्प्युटर अपरेटर (वरिष्ठ अध्यागमन सहायक) राजिव महतो र अमेरिकी नागरिक डिन जे रोबिन्सनविरुद्ध भ्रष्...
श्रावण ११ गते, २०८३ - १७:२२
काठमाडौं । सर्वोच्च अदालतले संघीय संसद्का सदस्यलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरुद्ध दायर रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ। न्य...
श्रावण ११ गते, २०८३ - १७:०८
धनगढी। अनशनरत प्राध्यापक डा. गोविन्द केसी र सरकारी टोलीबिच भएको वार्ताबाट आठ बुँदे सहमतिको मस्यौदा तयार पारिएको छ । आइतबार सहमति हुन नसकेपछि आज फे...
श्रावण ११ गते, २०८३ - १६:४९
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप तथा त्यसक्रममा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु र नौ जना घाइते भएको घटनाबारे राष्ट्रिय मान...
श्रावण ११ गते, २०८३ - १६:४२
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनसरीको देवानगञ्जमा भएको घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर...
श्रावण ११ गते, २०८३ - १६:१२
विराटनगर । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि शान्ति–सुरक्षा र सामाजिक सद्भाव कायम गर्न राजनीतिक दल, जनप्रतिनिधि तथा सरोकारवालाहरूबीच सर्वपक्...
श्रावण ११ गते, २०८३ - १४:५१
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहसंयोजक माधव नेपालसँग भेटवार्ता गरेका छन्। नेपाल निवास कोटेश्वर पुगेका प्रचण्डले पछिल्लो राजनीति...



प्रतिकृया लेख्नुहोस्: