काठमाडौं । साताको पहिलो दिन नै आज शेयर बजारमा कारोवारमापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.४५ बिन्दुले घटेर एक हजार २५६.०४ बिन्दुमा पुगेको हो ।
यस्तै ठूला कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक १.११ बिन्दुले घटेर २७०.३५ बिन्दुमा पुगेको छ ।नेप्से ओरालो लागेपनि आज कारोवार रकम भने औसत नै देखिएको छ । कूल १७३ कम्पनीको २२ लाख १६ हजार ४९३ कित्ता शेयर रु ५४ करोड पाँच लाख २९ हजार ४६५ मा खरीद बिक्री भए ।
स्टकका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये आज छ उपसमूहको शेयर बढेको छ भने छ उपसमूहको शेयर घटेको छ । बैंकिङ ६.७, व्यापार १.३५, जलविद्युत् ३.१६, अन्य ०.४६, लघुवित्त ९.०७, जीवन बीमा ५०.२४ बिन्दुले घटेका छन् । यस्तै होटल ६.८४, विकास बैङ्क ३.१५, वित्त २.६९, निर्जीवन बीमा ३८.३२, उत्पादन ११.०७ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले बढेको छ ।
कारोबारका आधारमा आज सिभिल बैङ्क शीर्ष स्थानमा पुगेको छ । सो बैंकको रु पाँच करोड ७९ लाख ८० हजार ७४८, मेगा बैंकको रु चार करोड ६९ लाख एक हजार ८८७, नेपाल बैंकको रु चार करोड १० लाख ६३ हजार २२, सेञ्चुरी बैंक रु तीन करोड २६ लाख सात हजार ६२, कुमारी बैंक दुई करोड ५४ लाख १९ हजार २५३ र प्रभु बैंक रु दुई करोड ११ लाख ४९ हजार ३०८ मूल्यमा कारोबार भई शीर्ष स्थानमा रहे ।
स्टकका अनुसार आज स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयरधनीले ९.८६, दिव्यश्वेरी हाइड्रो पावरको ९.२३, रैराङ हाइड्रो पावर ४।६३, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ४.३७, वेस्ट फाइनान्स कम्पनी ३.९६ र सांग्रिला डेभलपमेन्ट बैंकका शेयरधनीले ३.९५ प्रतिशतल्े कमाए । यस्तै जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका शेयरधनीले ११.३०, स्वरोजगार लघुवित्त विकास बैंक ४.७४, मिथिला लघुवित्त वित्तीय संस्था ४.७३, खानीखोला हाइड्रो पावर ४.०५ र नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.६१ प्रतिशतले गुमाए ।
एनसिसी बैंकले १५ प्रतिशत बोनस शेयर दिने
यस्तै एनसिसि बैंकले आफ्ना शेयरधनीलाई १५.८९ प्रतिशत शेयर लाभांश दिने भएको छ । यस्तै उक्त लाभांशमा लाग्न्े कर प्रयोजनाका लागि ०.८३ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको आज बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४÷७५ को लेखा परिक्षण प्रतिवेदनमा उल्लेख भएको नाफाबाट शेयरधनीलाई उक्त परिमाणमा लाभांश दिने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकको स्वीकृत तथा बैंकको वार्षिक साधारणसभाले पारित गरेपछि उक्त लाभांश वितरण हुने बैंकका कम्पनी सचिव कपिल ज्ञवालीले जानकारी दिए ।
ग्लोबल आइएमई बैंकको शेयर कारोवार रोक्का
यस्तै नेपाल स्टक एक्सचेञ्जमा कारोवार भईरहेको ग्लोबल आइएमई बैंकको शेयर कारोवार रोक्का भएको छ । बैंकको यही असार २० गतेको निर्णय अनुसार ग्लोबल आइएई बैंक र जनता बैंकका बीचमा गाभिने सहमति भएकाले मर्जरु कार्य सम्पन्न नहुँदासम्म कारोवार रोक्का गरिएको छ । मर्जरका लागि दुई वटै बैंकले नेपल राष्ट्र बैंक समक्ष संयुक्त निवेदन दिएका छन् । यस्तै जनता बैंकको समेत शेयर कारोवार रोक्का भएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: