Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

अमेरिकी राष्ट्रपति ट्रम्प र चार महिला सांसदबीच आरोप प्रत्यारोप

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो देश फर्कन भनेका आप्रवासी मूलका चार महिला सांसदहरूले टम्पले आफ्ना असफल नीतिहरूबाट ध्यान अन्तै मोड्न विभेदकारी टिप्पणी गरेको बताएका छन्।

एउटा पत्रकार सम्मेलनलाई उनीहरूले ट्रम्पका भनाइमा भन्दा पनि नीतिमा केन्द्रित हुनुपर्ने जोड थिए।

ट्रम्पले निसाना बनाएका एलेक्जान्ड्रिया ओकासियो कोर्टेज, राशिदा तलाइब, आयान्ना प्रेस्ली र इल्हान ओमर फरक जातीय पृष्ठभूमिबाट आएका हुन्।

ओमर बाल्यकालमा अमेरिका प्रवेश गरेकी थिइन् भने अरू तीन जना अमेरिकामै जन्मेहुर्केका हुन् । उनीहरू चारै जना २०१८ मा सांसद निर्वाचित भएका हुन् ।

उता राष्ट्रपति ट्रम्पले भने आफ्नो प्रतिरक्षा गर्दै थप आक्रामक टिप्पणी गरेका छन्। उनले ती सांसदहरूले अमेरिकालाई घृणा गर्ने गरेको आरोप लगाएका छन्।

ट्रम्पको ट्वीट जातिवादी भएको आरोप, फेरि उठ्यो महाभियोगको माग

यौन दुर्व्यवहारको आरोप अस्वीकार
ती सांसदहरूले ट्रम्पले मूल विषयबाट ध्यान अन्तै मोड्न आफूहरूमाथि त्यस्तो टिप्पणी गरेको आरोप लगाएका छन्।

के भने उनीहरूले ?
ट्रम्पले ती महिलाहरू पूर्ण रूपमा असफल राष्ट्रबाट अमेरिका आएको भन्दै आइतवार उनीहरूलाई आफ्नो थातथलोतिर फर्कन भनेका थिए।

ट्रम्पको ट्वीट जातिवादी र विभेदकारी भएको भन्दै धेरैले आलोचना गरे।

ती सांसदमध्ये दुई जनालाई ट्रम्पलाई महाभियोग लगाउनुपर्ने माग दोहोर्‍याएका छन्।

आफूहरूलाई एक्ल्याउने र चुप लगाउने प्रयास सफल नहुने भन्दै ती सांसदहरूले आफूहरू चार जना मात्रै नभएर न्यायसङ्गत राष्ट्र निर्माणमा लागिपरेका व्यक्तिहरू पनि आफ्नो समूहमा भएको बताएका छन्।

उनीहरूले स्वास्थ्यसेवा, बन्दुकजन्य हिंसा र मेक्सिकोको सीमामा आप्रवासीहरूलाई बन्दी बनाइएका जस्ता विषयमा ध्यान केन्द्रित गरिनुपर्ने धारणा व्यक्त गरेका छन्।

ूयदि तपाईँहरू सन्तुष्ट हुनुहुन्न भने, यदि सधैँ गुनासो मात्र गर्नुहुन्छ भने तपाईँहरू जान सक्नुहुन्छ,ू ह्वाइट हाउसबाहिर आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने।

आलोचना
सामाजिक सञ्जालमा गरिएको आफ्नो अभिव्यक्ति विवादमा परेपछि ट्रम्प अझ आक्रमक भएका छन्।

ती चार सांसदले अमेरिकाका शत्रुलाई मन पराएको आरोप लगाउँदै ट्रम्पले अमेरिकामा खुसी नभए उनीहरू देशबाहिर जान सक्ने टिप्पणी गरे।

ट्रम्पको उक्त भनाइको विपक्षी दलका नेताहरूले तीव्र आलोचना गरेका छन्।

रिपब्लिकन पार्टीबाट केही सदस्यहरूले मात्र टिप्पणी गरेको भए पनि सिनेटर सुसन कोलिन्सले भने ट्रम्पको अभिव्यक्ति अस्वीकार्य रहेको भनेकी छन्।

राष्ट्रपति पदका लागि भएको निर्वाचनमा ट्रम्पको प्रतिद्वन्द्वी बनेकी हिलरी क्लिन्टनले पनि अमेरिकाका थुनुवा केन्द्रमा व्याप्त अमानवीय अवस्थाबारे ध्यान आकर्षण गरेकाले ती सांसदमाथि आक्रमण गरिएको बताएकी छन्।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE