Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

ओलीको शैली पञ्च भन्दा फरक भएनः उषाकिरण

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेकी केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले पञ्चायतविरुद्ध लडेर आएको पार्टी नेतृत्वले पञ्चायती शैली अपनाएको भन्दै कटाक्ष गरेकी छन् । आज बसेको एमाले सचिवालय बैठकले तिम्सेनासहित स्थायी कमिटी सदस्य विन्दा पाण्डेलाई पार्टीबाट ६ महिनाको लागि निलम्बन गरेपछि उनले यस्तो प्रतिकृया दिएकी हुन् । 

पार्टीको कारबाहीमा परेकी तिम्सेनाले सामाजिक सञ्जालमा लेख्दै पार्टी नेतृत्वले पञ्चायती शैली लागु गरेको बताएकी हुन् । आज गृहजिल्ला नुवाकोटको क्षेत्र नं १ स्थित शिवपुरी गाउँपालिका कमिटीको शपथग्रहण कार्यक्रममा सहभागी भएकी उनले तल्लो तहका कार्यकर्ताहरुको माया लाग्ने समेत बताइन् ।

‘आजै पनि आफ्नो जिम्मेवारी भएको नुवाकोट निर्वाचन क्षेत्र नं. १ अन्तरगत शिबपुरी गाँउपालिका कमिटीको सपथ ग्रहण कार्यक्रम थियो । उक्त कार्यक्रम सकेर भर्खर घर आईपुगेँको छु । तल्लो तहका आम कार्यकर्ता , तिनको लगाब , मेहनत र चासोको अगाध माया लाग्छ । यता ६ महिना निलम्बनको निर्णय भएछि । पंचायत बिरुद्द लडेर आउनु भएको नेतृतवगणले पंचकै नक्कल नगर्नु भएको भए हुन्थ्यो,’ उनले भनेकी छन् ।

एमालेले गत दशैँको अष्टमीको दिन भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङसँग जग्गा दानमा लिएको थियो । उक्त जग्गा दानको विषयमा विरोध गर्ने तीन जना नेतामाथि एमालेले स्पष्टीकरण सोधेको थियो । रावलले स्पष्टीकरण नै दिएनन् भने पाण्डे र तिम्सेनाले स्पष्टीकरण दिए पनि पार्टीले चित्त नबुझाएर कारबाहीको डण्डा चलाएको हो ।

एमाले सचिवालय बैठकले पूर्व उपाध्यक्ष भीम रावललाई भने पार्टीबाटै निष्काशन गरेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा नेता काशी महतोको निधन, पार्टी र समाजमा अपूरणीय क्षति

काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को  निधन भएकाे छ । महतोको नि...

जुम्लामा ‘फायर हाइड्रेन्ट’ को सफल प्रयोग, जोगियो ठूलो क्षति

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...

एमाले महाधिवेशनअगाडि पोखरेलको फरक दस्तावेज, ओलीसँग छलफलको तयारी

काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...

४ महिनाका शिशुको हत्या आरोपमा प्रहरी असई पक्राउ

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...

विप्लव, प्रभाकर र घनश्याम सँग बलदेव आक्रमक: अन्तिममा तीनैजना ओलीकै पछि लाग्छन्

रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...

सल्यानको कोटबारामा बस दुर्घटना

सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...

राष्ट्रिय बायोग्यास कार्यक्रम कागजमै सीमित, मैदानमा प्रणाली बन्द

उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट

जेनजी आन्दोलनपछिको चुनौतीबीच पनि तनहुँ प्रशासनको सेवा निरन्तर

तनहुँ  । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...

नेपाल बैंक र क्यूरा हेल्थबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...

मतपत्रमा १०७ चिन्ह: प्रतिनिधि सभा चुनावमा ११४ दल मैदानमा

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending