काठमाडौं । नेकपा एमालेकी केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले पञ्चायतविरुद्ध लडेर आएको पार्टी नेतृत्वले पञ्चायती शैली अपनाएको भन्दै कटाक्ष गरेकी छन् । आज बसेको एमाले सचिवालय बैठकले तिम्सेनासहित स्थायी कमिटी सदस्य विन्दा पाण्डेलाई पार्टीबाट ६ महिनाको लागि निलम्बन गरेपछि उनले यस्तो प्रतिकृया दिएकी हुन् ।
पार्टीको कारबाहीमा परेकी तिम्सेनाले सामाजिक सञ्जालमा लेख्दै पार्टी नेतृत्वले पञ्चायती शैली लागु गरेको बताएकी हुन् । आज गृहजिल्ला नुवाकोटको क्षेत्र नं १ स्थित शिवपुरी गाउँपालिका कमिटीको शपथग्रहण कार्यक्रममा सहभागी भएकी उनले तल्लो तहका कार्यकर्ताहरुको माया लाग्ने समेत बताइन् ।
‘आजै पनि आफ्नो जिम्मेवारी भएको नुवाकोट निर्वाचन क्षेत्र नं. १ अन्तरगत शिबपुरी गाँउपालिका कमिटीको सपथ ग्रहण कार्यक्रम थियो । उक्त कार्यक्रम सकेर भर्खर घर आईपुगेँको छु । तल्लो तहका आम कार्यकर्ता , तिनको लगाब , मेहनत र चासोको अगाध माया लाग्छ । यता ६ महिना निलम्बनको निर्णय भएछि । पंचायत बिरुद्द लडेर आउनु भएको नेतृतवगणले पंचकै नक्कल नगर्नु भएको भए हुन्थ्यो,’ उनले भनेकी छन् ।
एमालेले गत दशैँको अष्टमीको दिन भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङसँग जग्गा दानमा लिएको थियो । उक्त जग्गा दानको विषयमा विरोध गर्ने तीन जना नेतामाथि एमालेले स्पष्टीकरण सोधेको थियो । रावलले स्पष्टीकरण नै दिएनन् भने पाण्डे र तिम्सेनाले स्पष्टीकरण दिए पनि पार्टीले चित्त नबुझाएर कारबाहीको डण्डा चलाएको हो ।
एमाले सचिवालय बैठकले पूर्व उपाध्यक्ष भीम रावललाई भने पार्टीबाटै निष्काशन गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३१ गते, २०८३ - २१:५९
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले पाँचतारे ¥याडिसन होटलमा ग्यासको मौज्दात बढी रहेको भन्दै गरिएको सार्वजनिक टिप्पणीप्रति आपत्ति जनाएको छ। चेम्बरले होट...
श्रावण ३१ गते, २०८३ - २१:५६
काठमाडौँ । नेपालमा युवालाई स्वदेशमै रोजगारी र उद्यमशीलताको अवसर सिर्जना गर्दै विदेशिने बाध्यतालाई रोजाइमा बदल्न शिक्षा, सीप, उद्यमशीलता र उद्योगबीचको ...
श्रावण ३१ गते, २०८३ - २१:५२
पिके पिकमा दौडिँदै रेड पाण्डा संरक्षणको सन्देश, भदौ २० मा ४८ किलोमिटर म्याराथन सोलुखुम्बु । दुर्लभ वन्यजन्तु रेड पाण्डाको संरक्षणसँगै सोलुखुम्बुको ...
श्रावण ३१ गते, २०८३ - २१:४०
काठमाडौं । पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी क्षेत्रका जिल्ला र बस्तीलाई सडक सञ्जालमा जोड्ने उद्देश्यले सुरु गरिएको पुष्पलाल मध्यपहाडी लोकमार्ग निर्माणको...
श्रावण ३१ गते, २०८३ - २१:२४
काठमाडौँ । नेपाल आयल निगमले भदौ १ गते सोमबारदेखि खाना पकाउने एलपी ग्यासको बिक्री वितरण नियमित प्रक्रियाबाटै गर्ने भएको छ। निगमका अनुसार सम्बन्धित ग...
श्रावण ३१ गते, २०८३ - २१:०९
विराटनगर । नेकपा एमालेभित्र नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको बहस चर्किरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले गृहप्रदेशबाटै आफूलाई हटाएर देखाउन चुनौती...
श्रावण ३१ गते, २०८३ - १०:०८
ललितपुर । जनप्रतिनिधिको परिचय केवल चुनाव जितेर पदमा पुग्नुमा सीमित हुँदैन। नागरिकलाई समस्या पर्दा उनीहरूको घरदैलोमा पुग्नु, दुःखमा साथ दिनु, असहायलाई ...
श्रावण ३१ गते, २०८३ - ०९:५८
भक्तपुर । नागपञ्चमी नजिकिँदै गर्दा बजारमा मेसिनबाट छापिएका रंगीचंगी नागका पोस्टरको चहलपहल बढेको छ। केही क्षणमै सयौँ प्रति तयार हुने यस्ता पोस्टरका बीच...
श्रावण ३१ गते, २०८३ - ०९:५१
भैरहवा । लुम्बिनी प्रदेश सभाले एक वर्षमा करोडौँ रुपैयाँ खर्च गरे पनि तीन वटा मात्र मूल कानुन निर्माण गरेको छ। प्रदेश सभा सञ्चालन तथा व्यवस्थापनमा करिब...
श्रावण ३१ गते, २०८३ - ०९:४८
पोखरा । अविरल वर्षापछि खोलाको बहाव बढ्दा पोखराका विभिन्न स्थानमा तीन जना बेपत्ता भएका छन्। पोखरा महानगरपालिका–२६ सक्नेरीस्थित विजयपुर खोला तर्ने क्रमम...



प्रतिकृया लेख्नुहोस्: