Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

बोतलमा चिठी हालेर महासागरमा छोड्ने व्यक्ति ५० वर्षपछि फेला

एजेन्सी । पाँच दशकअघि एउटा बोतलमा लिखित सन्देश हालेर हिन्द महासागरमा छोड्ने व्यक्ति फेला परेका छन्।

सुरक्षित रूपमा भेटिएको सो पत्र लेख्दा पोल गिल्मोर १३ वर्षका थिए। सपरिवार यूकेबाट मेल्बर्न जाँदा पानीजहाजबाट उनले त्यो सन्देश समुद्रमा छोडेका थिए।

\"\"

यही हप्ता मङ्गलवार सो सन्देश दक्षिण अस्ट्रेलियामा एक १३ वर्षीय बालकले भेटेका थिए। सन्देश भएको बोतल भेट्दा ज्या एलिअट आफ्ना बुवासँग माछा मार्न गएका थिए।

पत्र छोड्दा त्यसको उत्तर पाउने अपेक्षा आफूले सधैँ राखेको गिल्मोरले बीबीसीलाई बताए।

सन् १९६९ नोभेम्बर १७ मा पत्रमा उनले आफू फेअरस्टार जहाजबाट अस्ट्रेलिया जाँदै गरेको र फ्रिमेन्टलबाट एक हजार माइल टाढा भएको उल्लेख गरेका छन्।

पत्रमा त्यो जसले भेटे पनि जबाफ पठाउन उनले आग्रह गरेका थिए।

पत्र लेख्दा गिल्मोर १३ वर्षका थिए
गिल्मोर भन्छन्, ती पत्रहरू मैले कसरी पठाएको थिएँ भन्ने म अहिले पनि सम्झन्छु। मेरा लागि ती महत्त्वपूर्ण थिए । विश्वको अर्को भागको यात्राको अङ्गका रूपमा।

\'यात्रासम्बन्धी कथा, रबिन्सन क्रुसो र अरू पनि पढ्न मलाई मन पर्थ्यो। कुनै सुन्दर केटीले कुनै रमणीय टापुमा यो भेट्लिन् भन्ने मलाई लाग्थ्यो,\' उनी भन्छन्।

गिल्मोर सन् १९७३ मा यूके फर्किए र आफ्नो अध्ययन पूरा गरे। त्यसपछि उनले युरोप र मध्यपूर्वमा अङ्ग्रेजी पढाए।

उनी भन्छन्, \'मलाई यात्रा गर्न मन पर्छ। म त्यतिबेलादेखि नै सधैँ कुन न कुनै रूपमा यात्रा गरिरहेको छु।\'

\"\"

ज्या एलिअटले माछा मार्न लाग्दा गिल्मोरले लेखेको पत्र भेटेका हुन् । ज्या एलिअटले एहर प्रायस्द्वीपमा त्यो सन्देश भएको बोतल भेटेका हुन्।

\'पहिला ज्याले त्यो लिएर आउँदा मैले फाल्तु कुरा होला भन्ठानेको थिएँ, \'उनका बुवा पोल एलिअटले एबीसी टीभीलाई भने।त्यो लिखित सन्देशको संरक्षण गर्न उनीहरूले बोतल फुटाए।

ज्याले गिल्मोरलाई पत्र लेख्ने विचार गरेका छन्। गिल्मोर भने यतिबेला बिदा मनाउन समुद्री यात्रामा गएका छन्।

बिदाबाट घर फर्किएपछि गिल्मोरले एलिअटलाई सम्पर्क गर्ने सम्भावना भएको उनको परिवारले एबीसीलाई बतायो।

गर वर्ष पर्थमा १३१ वर्षअघि समुद्रमा छोडिएको लिखित सन्देश भेटिएको थियो।

विज्ञहरूले पछि त्यो पत्र जर्मन पानीजहाजबाट छोडिएको पुष्टि गरेका थिए।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: