काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई वैदेशिक ऋण लिनु बाध्यता भएको बताएको छन् ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ माथिको छलफलमा उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो स्पष्टीकरण दिनुभएको हो । अर्थमन्त्री वाग्लेले नेपालले उत्पादनमूलक र आफैँ तिर्दै जाने क्षेत्रमा लगानी गरेकाले ऋण लिने कुराले जहाज नै डुब्छ भने जसरी विरोध गर्न आवश्यक नभएको जिकिर गरे। उनले उत्पादनमूलक क्षेत्रमा लगानी गरिएकाले लिइएको ऋणबाट नआत्तिन पनि सांसदहरूलाई आग्रह गरे।
मन्त्री वाग्लेले भने, “ऋण लिँदैमा जहाज नै डुब्ने, आकाश नै खस्ने होइन । माननीयज्यूहरूबाट नै आइसकेको छ, ऋण लिनु खराब होइन, ऋण लिनुपर्दछ । हाम्रो त बाध्यात्मक अवस्था नै छ । कहाँ सदुपयोग गरियो, त्यो महत्त्वपूर्ण हो । त्यसमा माननीयज्यूहरूले ठूलो निगरानी गर्नुपर्ने हुन्छ । आजको दिनमा पनि रातो किताब हेर्नुभयो भने माननीयज्यूहरूले देख्नुहुन्छ– बढी सडक पूर्वाधार, ट्रान्समिसन लाइन जस्ता क्षेत्रमा नै हाम्रो ऋणको लगानी छ । र, त्यो ऋणको सौन्दर्य के हो भने त्यो आफैँ तिरिँदै जाने लगानी हो । त्यसले आर्थिक वृद्धि र आम्दानी सिर्जना गर्दछ । ऋण लिएर घिउ खाएको त होइन नि, उत्पादनमूलक गतिविधिमा लगानी गरिएको हो । यो इतिहास जारी रहेको हाम्रो झन्डै झन्डै ६५ वर्ष भयो । अर्थतन्त्रको आधार र सामर्थ्य बढ्दै गयो भने वैदेशिक ऋण पनि खराब होइन ।”
अर्थमन्त्री वाग्लेले सरकारले भ्रष्टाचार नियन्त्रण गरेर लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सक्ने दाबीसमेत गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ९ गते, २०८३ - १३:१९
सिरहा। सर्पदंशबाट एक बालकको उपचारका क्रममा मृत्यु भएपछि सिरहाको भगवानपुर गाउँपालिका तनावग्रस्त बनेको छ। उपचारमा ढिलाइ भएको तथा समयमै एम्बुलेन्स उपलब्ध...
श्रावण ९ गते, २०८३ - १३:०२
मकवानपुर। मकवानपुरको कैलाश गाउँपालिका–९ कुवापानीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रस...
श्रावण ९ गते, २०८३ - १२:३८
काठमाडौँ । राष्ट्रिय जेनजी नागरिक अभियानले सांसदहरूका लागि स्वकीय सचिव नियुक्ति गर्ने सरकारको निर्णयको विरोध गर्दै शनिबार माइतीघर मण्डलामा प्रदर्शन गर...
श्रावण ९ गते, २०८३ - १२:२१
धनगढी । २४औँ सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई धनगढी उपमहानगरपालिका–१ स्थित कृष्ण मन्दिर धर्मशालाबाट ...
श्रावण ९ गते, २०८३ - ११:५०
पश्चिम नवलपरासी। पश्चिम नवलपरासीमा सवारी दुर्घटनाको दर बढ्दै गएको छ । पछिल्लो तीन वर्षको तथ्याङ्कले जिल्लामा हरेक वर्ष दुर्घटना, मृत्यु र घाइते हुनेको...
श्रावण ९ गते, २०८३ - ११:३५
फुङलिङ। नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर राजश्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०८१/०८२ को तुलनामा गत आर्थिक वर्ष २०८२/०८३ मा झण्डै दोब्बर राजश्व ...
श्रावण ९ गते, २०८३ - ११:१८
बागलुङ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङको प्रथम जिल्ला अधिवेशन यही साउन १६ गते हुने भएको छ । केन्द्रीय निर्वाचन आयोगले यसअघि बागलुङ जिल्ला...
श्रावण ८ गते, २०८३ - १७:४९
काठमाडौं । बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्टले आफूलाई थुनामा पठाउने आ...
श्रावण ८ गते, २०८३ - १७:३७
काठमाडौं । प्रहरी हिरासतमा रहेका निहारिका राजपुत र बिनु यादवलाई हाजिरी जमानीमा रिहा गरिएको छ। उनीहरूलाई तीन दिनसम्म प्रहरी वृत्त सिंहदरबारको हिरासतमा ...
श्रावण ८ गते, २०८३ - १७:०४
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको बजेटमा समेटिएका आर्थिक सुधारसम्बन्धी नीतिगत तथा कानुनी जटिलता शीघ्र समाधान गरी कार्यान्...



प्रतिकृया लेख्नुहोस्: