हेटौडा । कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवनले हेटौँडा–१० मा रु १० करोडको लागतमा निर्माणाधीन रहेको शैक्षिक भवनको काम नगर्न नगराउन उच्च अदालत पाटन हेटौँडाको इजलासले अन्तरिम आदेश दिएको छ । अदालतका न्यायाधीश चण्डीराज ढकालको एकल इजलासले सो आदेश दिएको हो ।
उक्त विश्वविद्यालयले वन विज्ञान अध्ययन संस्थान ९फरेष्टी कलेज० को जग्गामा जबर्जस्ती भवन निर्माण गर्न लागेकामा त्यसलाई रोक्न कलेजका प्रमुख विजय यादवले अदालतमा लिखित मुद्दा दायर गरेका थिए ।
वन विज्ञान अध्ययन संस्थान हेटौँडाकोतर्फबाट कृषि तथा वन विज्ञान विश्वविद्यालय केन्द्रीय कार्यालय रामपुर चितवनलाई विपक्षी बनाएर दायर गरिएको रिटमा न्यायधीश ढकालले विवादित जग्गाको रुख काट्ने तथा सो जग्गामा कुनै पनि संरचना निर्माण गर्ने जस्ता काम नगर्न नगराउन अन्तरिम आदेश जारी गरेका छन् ।
निवेदनमा माग गरिएअनुसारको विषयवस्तुमा छलफल गर्न साउन ८ गते दुवै पक्षलाई बोलाइएको छ । सम्पत्ति बाँडफाँटको विषयलाई लिएर लामो समयदेखि विवादका कारण रोकिएको विश्वविद्यालयको नयाँ भवन निर्माण कार्य पछिल्लो समयमा प्रहरी परिचालन गरी भइरहेको थियो । कृषि तथा वनविज्ञान विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयबीच जग्गाको विषयलाई लिएर लामो समयदेखि चलिरहेको विवादका बीच शैक्षिक भवनको शिलान्यास भएको थियो ।
मन्त्रिपरिषद् र दुई विश्वविद्यालयको सहमतिविपरीत कृषि विश्वविद्यालयले त्रिविको जग्गा अतिक्रमण गरेर भवन निर्माण शुरु गरेको भन्दै त्रिविले सत्यतथ्य बुझ्नका लागि अध्ययन टोली खटाएको थियो । राजेन्द्र पौडेलको संयोजकत्वमा आएको टोली सदस्यमा प्रा डा विनोद पराजुली, प्राध्यापक सङ्घका महासचिव केशवराज शर्मा, कानूनी सल्लाहकार राजेन्द्र खनाल, कर्मचारी सङ्घका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद आचार्य रहेका थिए ।
उक्त टोलीले ऐनविपरीत भवन निर्माण कार्य शुरु भएको र तत्काल रोक्न कृषि तथा वन विश्वविद्यालयलाई आग्रह गर्दासमेत बेवास्ता भएपछि वन विज्ञान अध्ययन संस्थानले अदालतको ढोका ढक्ढक्याउन पुगेको क्याम्पस प्रमुख यादवले राससलाई बताए ।
हाल उक्त स्थानमा कृषि तथा वन विश्वविद्यालय र त्रिविअन्तर्गत वनविज्ञान सङ्कायको पढाइ भइरहेको छ । धेरै समयदेखि उक्त क्षेत्रमा विद्यार्थी र प्राध्यापकबीच नै विवाद हुने गरेको छ । कृषि तथा वनविज्ञानकोे स्थापनापछि हेटौँडामा वनविज्ञान सङ्कायको डीन कार्यालय स्थापित छ । दश वर्षअघि विश्वविद्यालय गठन भएर साँढे छ वर्षअघि वनविज्ञान सङ्काय डीन कार्यालय सञ्चालनमा आएपछि पहिलोपटक यति ठूलो संरचना निर्माण गर्न लागिएको हो ।
भवनको अभावमा स्नातक तथा स्नातकोत्तर तहको अध्ययन बिहान, दिउँसो र साँझ गरी सञ्चालित छ । कृषि तथा वनअन्तर्गतको वनविज्ञान सङ्कायको स्नातक तहमा ३२० जना, स्नातकोत्तर तहमा १०० र विद्यावारिधि उपाधिका लागि तीन विद्यार्थी अध्ययनरत छन् । दुई वर्षभित्र निर्माण कार्य पूरा गर्ने गरी बानियाँ निर्माण सेवाले कामको जिम्मेवारी लिएको छ । उक्त शैक्षिक भवनमा कूल २० वटा कोठा हुनेछन् । ती कोठामध्ये पाँच वटा प्रयोगशाला, एउटा पुस्तकालय र एक सभाकक्ष हुनेछन् ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: