Khabar Dabali २९ जेष्ठ २०८३ शुक्रबार | 12th June, 2026 Fri
Investment bank

युद्धको मोर्चामा भोक र कुपोषणः युक्रेनी सैनिकका तस्वीर सार्वजनिक, रुसी सैनिक पनि समस्यामा

खबरडबली संवाददाता

काठमाडौं । युक्रेन–रुस युद्ध लम्बिँदै जाँदा दुवै देशका सैनिकहरू खाद्यान्न अभाव र कुपोषणको समस्यासँग जुधिरहेका छन्। युद्धको अग्रपंक्तिमा रहेका युक्रेनी सैनिकहरूको कमजोर शारीरिक अवस्थाका तस्वीर सार्वजनिक भएपछि युद्धको मानवीय संकटबारे नयाँ बहस सुरु भएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल जजिराका अनुसार सार्वजनिक भएका तस्वीरहरूमा केही युक्रेनी सैनिक अत्यन्त दुब्लाएका, थकित र कमजोर अवस्थामा देखिएका छन्। लामो समयदेखि पर्याप्त खाना, औषधि र आधारभूत सामग्री नपाउँदा उनीहरूको स्वास्थ्य अवस्था बिग्रिएको बताइएको छ।

निरन्तरको आक्रमण, आपूर्ति मार्गमा अवरोध र कठोर मौसमका कारण युद्ध क्षेत्रमा खाद्यान्न पुर्‍याउन कठिन भइरहेको जनाइएको छ। रिपोर्टअनुसार समस्या केवल युक्रेनतर्फ मात्रै सीमित छैन। रुसी सैनिकहरूले पनि न्यून र गुणस्तरहीन राशन पाएको गुनासो गरेका छन्। कतिपय क्षेत्रमा सैनिकहरूलाई पुरानो तथा अपर्याप्त खाना उपलब्ध गराइएको र आवश्यक पोषण नपुग्दा मनोबलसमेत कमजोर बन्दै गएको उल्लेख गरिएको छ।

युद्ध लम्बिँदै जाँदा दुवै देशको सैन्य आपूर्ति प्रणाली दबाबमा परेको छ। अहिले युद्ध केवल भूभागको लडाइँमा सीमित नभई खाना, औषधि र आधारभूत जीवनयापनको संकटमा समेत बदलिएको देखिन्छ।

युक्त राष्ट्रसंघ तथा विभिन्न मानवीय संस्थाहरूले युद्धग्रस्त क्षेत्रमा खाद्य सहायता पुर्‍याउने प्रयास गरिरहेका छन्। तर निरन्तर हिंसा र अवरोधका कारण राहत वितरण प्रभावकारी हुन नसकेको बताइएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खोप अभियानमै ठूलो क्षति : ४१ करोड रुपैयाँ बराबरको खोप नष्ट

काठमाडौं । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत सरकारले खरिद गरेका खोपहरू प्रभावकारी व्यवस्थापन हुन नसक्दा ठूलो परिमाणमा खेर जाने गरेको तथ्य सार्वजनिक भएको...

तीन वर्षपछि शरणार्थी घोटाला मुद्दा निर्णायक चरणमा

काठमाडौं । बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा जिल्ला अदालत काठमाडौंले अन्तिम सुनुवाइ सुरु गरेको छ। न्यायाधीश तेजबहादुर खड्काको इजलासमा...

गुण्डागर्दीको आरोपमा एकजना पक्राउ

काठमाडौं । प्रहरीले गुण्डागर्दीको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-६ स्थायी ठेगाना भई हाल कागेश्वरी म...

लप्से खोलामा पहिरो खस्दा दिक्तेल–चखेवा सडक अवरुद्ध

खोटाङ । मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको दिक्तेल–चखेवा सडकखण्ड पहिरोले अवरुद्ध भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवासुङ र लामीडाँडा जो...

षडानन्दमा ‘एक घर, एक धारा’ अभियान सफल हुँदै

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिकामा सञ्चालित लोमा खोला खानेपानी आयोजनामार्फत हालसम्म करिब एक हजार २०० घरधुरीमा धारा जडान गरिएको छ। आयोजनाले लक्षित...

दशक बित्दा पनि आत्मनिर्भर बन्न सकेनन् मुगुका स्थानीय तह

मुगु । संघीयता कार्यान्वयन भएको करिब एक दशक बित्न लाग्दा पनि मुगु जिल्लाका चारवटै स्थानीय तहले दीर्घकालीन विकास योजना तयार गर्न सकेका छैनन्। स्पष्ट दी...

पूर्वाधार अभावले थलिएको लाप्चा पर्यटन

हुम्ला । नाम्खा गाउँपालिका–६ स्थित हिमालपारिको गाउँ लिमीको प्रसिद्ध पर्यटकीय गन्तव्य लाप्चा आवश्यक पूर्वाधारको अभावका कारण अपेक्षित रूपमा विकास हुन सक...

म्याग्दीको चिम खोला गाउँ

म्याग्दी । भिरालो पाखामा गुजमुज्ज परम्परागत ढुङ्गे घर रहेको म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा पर्ने चिमखोला गाउँ । मगर समुदायको बाहुल्य बसोवास रहेको...

बिमा रकमका लागि चोरीको नाटक ? सुन पसल सञ्चालक प्रहरी फन्दामा

बुटवल । बुटवलको प्रमुख व्यापारिक केन्द्र अमरपथस्थित तिनाउ सुनचाँदी पसलमा भएको भनिएको चोरी घटनाको रहस्य खुलेको छ। करिब ८० तोला सुन तथा चाँदी चोरी भएको ...

दरबार हत्याकाण्ड मात्रै होइन, मदन भण्डारी र सुशील कोइरालाको मृत्युबारे पनि छानबिन होस् : कुलमान घिसिङ

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राजदरबार हत्याकाण्डसँगै अन्य चर्चित र विवादित घटनाको समेत निष्पक्ष छानबिन गर्न माग गरेका छन्।...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending