कञ्चनपुर । संरक्षित जनावरलाई पानीको व्यवस्था गर्न कञ्चनपुरको कृष्णपुर नगरपालिकामा रहेको सिंहपुर सामुदायिक वनमा दुई कृत्रिमताल निर्माण गरिएका छन् । संरक्षित जनावरलाई पानी खुवाउन सहजता प्रदान गर्न सामुदायिक वनको भित्री र बाह्य क्षेत्रमा गरी दुई ताल निर्माण गरिएका हुन् ।
दुईवटै पोखरी निर्माण गर्नका लागि सामुदायिक वन र लालझाडी मोहना संरक्षण कार्यक्रमअन्तर्गत रु आठ लाख ५० हजार लगानी गरिएको छ । ताल निर्माणका लागि सामुदायिक वनका उपभोक्ताले रु तीन लाख बराबरको श्रमदान गरेका छन् । वनको भित्र भागमा रु पाँच लाख खर्चेर सामुदायिक वनले आफ्नै लगानीमा ताल निर्माण गरेको सामुदायिक वनका कोषाध्यक्ष बाबुराम चौधरीले बताएए ।
उहाँका अनुसार अर्को ताल रु तीन लाख ५० हजारको लागतमा लालझाडी मोहना संरक्षण कार्यक्रमअन्तर्गत निर्माण गरिएको हो । विगतमा सामुदायिक वन क्षेत्रमा रहेका तालतलैया संरक्षणको अभावमा पुरिएर सुकेपछि पानीको अभावमा जङ्गली जनावरले बासस्थान सारेका थिए चौधरीले भने, “पानीकै अभावमा जङ्गली जनावर देख्नु दुर्लभ हुन्थ्यो ।”
सामुदायिक वन क्षेत्रमा पानीको व्यवस्था भएपछि हाल देखिन छाडेका जनावर देखिन थालेका छन् । सामुदायिक वनमा चितल, बदेल, निलगाई, मयुर र चितुवा सहजै देखिने गरेको सामुदायिक वनका अध्यक्ष जोगराम चौधरीले बताए। जनावर देखिन थालेपछि अवलोकन गर्नका लागि सामुदायिक वनमा दुई मचानसमेत निर्माण गरिएका छन् । ४१ फिट उचाइ र २४ फिट उचाइका गरी तीनतले र एकतले मचानसमेत निर्माण गरिएको छ ।
मचान निर्माण गरिएपछि सामुदायिक वनमा रहेका जनावर र सामुदायिक वनको मनोरम दृश्य नियाल्न सकिने भएको छ । सामुदायिक वनलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिने सामुदायिक वनका अध्यक्ष चौधरीले बताए ।
वैज्ञानिक वन व्यवस्था लागू भएको सामुदायिक वनको वार्षिक आम्दानी रु एक करोड ५० लाख बढी रहेको छ । आम्दानीको २५ प्रतिशत वन विकास, ३५ प्रतिशत विपन्न वर्गको जीवनस्तर उकास्ने कार्यमा र ४० प्रतिशत रकम कार्यालय सञ्चालनमा खर्च हुने गरेको छ । सामुदायिक वनकै पहलमा विपन्न वर्गका बालबालिकाका लागि कम्प्युटर डिप्लोमा कोर्षसमेत शुरु गरिएको छ । प्रशिक्षक र कम्प्युटरको व्यवस्था गरी सामुदायिक वनकै कार्यालयमा कक्षा सञ्चालन हुँदै आएका छन् ।
विसं २०५६ मा स्थापना भएको सामुदायिक वन २०४ हेक्टर क्षेत्रफलमा फैलिएको छ । सामुदायिक वनमा ३१४ उपभोक्ता रहेका छन् ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: