काठमाडौं । त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालले पहिलो चरणमा महीनामा एकपटक कलेजो प्रत्यारोपण गर्ने लक्ष्य लिएको छ । अस्पतालका प्रा डा रमेशसिंह भण्डारीको नेतृत्वमा गत जेठ १७ मा पहिलो र यही साउन ३ गते दोस्रो कलेजो प्रत्यारोपण कार्य सम्पन्न भएको थियो ।
“कलेजो उपचार तथा प्रत्योपणका लागि विदेश जाने बाध्यतालाई अन्त्य गर्ने लक्ष्य रहेको छ ”, अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्काले भने । अस्पतालको ३७औँ तथा चिकित्सा शास्त्र अध्ययन संस्थानको ४७औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले मिर्गौला प्रत्यारोपणकार्य सफलतापूर्वक अगाडि बढिरहेको जानकारी दिए ।
विसं २०४० मा आजकै दिनदेखि ३०१ श्ययाबाट सेवा शुरु गरेको अस्पताल हाल ७०० मा विस्तार भएको छ । गत वर्ष अस्पतालको बहिरङ्ग सेवातर्फ पाँच लाख २५ हजार ५११ र आकस्मिकतर्फ ५० हजार ३६९ ले सेवा लिएका थिए ।
अस्पतालले अनिवार्य आफ्नै ‘फार्मेसी’ सेवा सञ्चालन गर्नुपर्ने व्यवस्था गरेपछि गतवर्ष रु १९ करोड ७६ लाख बराबरको औषधि बिक्री वितरण भएको थियो । कार्यकारी निर्देशक प्रा डा खड्काले चालू आवमा अस्पताललाई रु ६८ लाख ८९ हजार ३५५ घाटा हुने जानकारी दिए।
पछिल्लो समय अस्पताल एमआरआई, एनेस्थेसिया, अर्थोपेडिक वार्ड स्तरोन्नति, शल्यक्रिया कक्ष विस्तार, अक्सिजन आपूर्तिमा आत्मनिर्भर बनेको छ । कार्यक्रममा चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन प्रा डा जगदीशप्रसाद अग्रवालले संस्थानमा स्नातक तहका विभिन्न कार्यक्रममा १५०, स्नातकोत्तर तहमा एक सय तथा विद्यावारिधि तहमा २० विद्यार्थीले अध्ययन गरिरहेको जानकारी दिए ।
संस्थानको सम्बन्धनमा चितवन मेडिकल कलेज, गण्डकी मेडिकल कलेज, किष्ट मेडिकल कलेज र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा शिक्षा अध्ययन तथा अध्यापन हुने गर्दछ । ती कलेजले शैक्षिक सत्र २०७४÷७५ देखि क्लिनिकल, बेसिस साइन्स तथा नर्सिङ विषयमा स्नातकोत्तर तहका कार्यक्रम समेत सञ्चालनमा ल्याएका छन् ।
संस्थानले काठमाडाँैबाहिर वीरगञ्ज, नेपालगञ्ज, पोखरा र विराटनगर नर्सिङ क्याम्पसमा एकसय श्ययाको अस्पताल निर्माण गर्न लागेको जनाएको छ । कार्यक्रममा त्रिविविका उपकुलपति प्रा डा तीर्थ खनियाले आफू पदबाट सुरक्षित बहिर्गमनका खोजीमा रहेको रहेको बताए ।
उनले भने, “मेरो पदावधि अब एक महीना बाँकी छ, कसरी सुरक्षित बहिर्गमन हुन्छ, त्यसैको खोजीमा रहेको छु ।” चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा चिकित्सा अध्ययन संस्थान दक्षिण एशियामा उत्कृष्ट रहेको चर्चा गर्दै उपकुलपति प्रा डा खनियाले आगामी दिनमा यो साखमा थप गुणस्तर कायम गर्न आग्रह गरे ।
रजिष्ट्रार डिल्लीराम उप्रेतीले संस्थानको क्षमता विस्तार गर्न आवश्यक नीतिगत तथा आर्थिक सहयोग गर्ने जानकारी दिए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: