काठमाडौं। सिङ्गापुरमा सञ्चालन भइरहेको टी-२० विश्वकप क्रिकेट छनौटको एशियाली प्रतियोगितामा कतारले नेपाललाई हराएको छ।
कमजोर मानिएको कतारले शीर्ष वरीयतामा रहेको नेपाललाई चार विकेटले पराजित गरेको हो।
नेपालले पहिले ब्याटिङ गरेर १२२ रन बनाएको थियो। यो लक्ष्य कतारले चार बल अगाडि छ विकेट गुमाएर पुरा गरेको हो।
प्रतियोगिताको विजेता टी--२० विश्वकप छनौटको अन्तिम चरणमा खेल्न पाउने भएकोले यो प्रतियोगिता महत्वपूर्ण रहेको छ।
टी-२० को विश्व वरीयतामा नेपाल ११ औँ स्थानमा छ भने कतार २१ औँ स्थानमा रहेको छ।
प्रतियोगिताको पहिलो दिन सिङ्गापुरसँग हारेको कतारमा अधिकांश दक्षिण एशियाली मूलका खेलाडीहरू छन्।
कतारले अन्तिम ओभरको दोस्रो बलमा ललितनारायण राजवंशीलाई चौका हान्दै जित हात पारेको हो।
शुरूवाती ब्याट्सम्यानहरूले रन बनाएपछि कतार सहज विजयतिर उन्मुख भएको थियो।
कतारका ४० वर्षीय इनाम उल हकले ३२ बलमा छ चौकाको मदतले ४१ रन जोडेका थिए।
चौधौँ ओभरमा उनलाई दिपेन्द्र सिंह ऐरी र विनोद भण्डारीले रन आउट गरेपछि खेल प्रतिस्पर्धात्मक स्थितिमा फर्किए जस्तो देखिएको थियो।
तर नेपाली बलिङ तीखो हुन नसक्दा नेपालले जित्न सकेन्।
कतारको विजयमा कामरन खानले २२ रन बनाएका थिए।
कमजोर ब्याटिङ
यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले १२२ रनको सामान्य लक्ष्य बनाएको थियो।
कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले प्रारम्भिक ब्याटिङ सम्हालेका थिए।
यो जोडीले पहिलो विकेटका लागि ४९ रनको साझेदारी गरे, जुन टी-२० मा नेपालको सबैभन्दा राम्रो प्रारम्भिक साझेदारी हो।
खड्काले २८ रन जोडे भने मल्लले २३ रन बनाए।
चोटबाट फर्केका दीपेन्द्रसिंह ऐरीले टोलीका लागि सर्वाधिक ३४ रन जोडे। मध्यक्रमका शरद भेषावकरले सात रन बनाए।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: