काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई रिक्त जनप्रतिनिधिको विवरण पठाउन निर्देशन दिएको छ ।
मन्त्रालयले पटकपटक निर्देशन दिँदा पनि स्थानीय तहले रिक्त जनप्रतिनिधिको विवरण नपठाएपछि पुनः बिहीबार (भोलि) सम्ममा विवरण पठाउन स्थानीय तहलाई निर्देशन दिएको हो ।
निर्वाचन आयोगले मन्त्रालयलाई पत्र पठाउँदै रिक्त जनप्रतिनिधिको विवरण माग गरेपछि मन्त्रालयले स्थानीय तहलाई विवरण पठाउन निर्देशन दिएको मन्त्रालयका सङ्घीय मामिला शाखाका शाखा अधिकृत खेमराज जोशीले जानकारी दिए ।
उनका अनुसार मन्त्रालयले नगरपालिकाका प्रमुख÷उपप्रमुख गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्ष र वडाध्यक्षसम्मको रिक्त विवरण पठाउने निर्देशन दिएको हो । मन्त्रालयले रिक्त पद, कहिलेदेखि रिक्त र रिक्त हुनुको कारणसहितको विवरण पठाउन भनिएको छ ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ३ ९२० बमोजिम जिल्ला समन्वय समितिको प्रमुख÷उपप्रमुख, नगरपालिकाको प्रमुख÷उपप्रमुख र गाउँपालिकाको अध्यक्ष÷उपाध्यक्ष तथा वडाध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा बाँकी पदावधिको लागि आयोगको परामर्श लिई सरकारले तोकेको मितिमा त्यस्तो रिक्त पदको उपनिर्वाचनबाट परिपूर्ति गर्नुपर्ने व्यवस्था रहेकाले रिक्त विवरण माग गरिएको आयोगका उपसचिव सूर्यप्रसाद अर्यालले जानकारी दिए ।
आयोगले यसै वर्षमा सङ्घ, प्रदेश र स्थानीय तहको रिक्त रहेको पदको उपनिर्वाचन गर्ने तयारी गरेको छ । रिक्त वडासदस्यको विवरण पठाए पनि उपनिर्वाचन भने हुने छैन ।
रिक्त पदको आयोगले उपनिर्वाचन गर्ने तयारी गरिरहेको हुँदा रिक्त पद र निर्वाचनको बेला उम्मेदवारी नै नपरी रिक्त रहेको पदको विवरण माग गरेको उहाँले बताउनुभयो । मन्त्रालयले यसअघि २०७५ साउन १३ गते पनि जिल्ला समन्वय समितिमार्फत सबै स्थानीय तहसँग रिक्त विवरण माग गरेको थियो तर विवरण नपठाएपछि पुनः माग गरिएको हो ।
मन्त्रालयका शाखा अधिकृत जोशीले ४० वटा जिल्लाका स्थानीय तहले विवरण पठाइसकेको जानकारी गराए । “आएका विवरणलाई हामीले अद्यावधिक गर्दछौँ”, उनले भने, “आइतबारसम्ममा सबै विवरणलाई आयोगमा पठाउने छौँ ।” आयोगका सूचना अधिकारीसमेत रहनुभएका उपसचिव अर्यालले उपनिर्वाचनको तयारी गरिरहेको बताए ।
“हामी उपनिर्वाचनको लागि मतदाता नामावली दर्तादेखि उपनिर्वाचन निर्देशिका बनाइरहेका छाँै”, उनले भने, “ उपनिर्वाचनको मिति तोकेलगत्तै निर्वाचन गर्ने गरी काम गरिरहेका छौँ ।” उहाँका अनुसार आयोगमा अहिलेसम्म ४७ पद रिक्त रहेको जानकारी प्राप्त भएको छ ।
प्रतिनिधिसभातर्फ कास्की क्षेत्र नं १, प्रदेश सभासदस्यतर्फ भक्तपुर, दाङ र बागलुङ रहेको छ । कास्की क्षेत्र नं १ बाट निर्वाचित तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको गत फागुन १५ गते हेलिकप्टर दुर्घटनामा निधन भएको थियो ।
प्रदेशतर्फ भक्तपुरबाट निर्वाचित हरिशरण लामिछाने, बागलुङबाट टेकबहादुर घर्ती र दाङका उत्तरकुमार वलीको निधन भएको थियो । यसैगरी धरान उपमहानगरपालिका प्रमुख तारा सुब्बाको पनि निधन भएपछि पद रिक्त रहेको छ ।
आयोगका अनुसार चार गाउँपालिकाका अध्यक्षसहित ३८ वडाध्यक्षका पद विभिन्न कारणले रिक्त रहेका छन् । आयोगका उपसचिव अर्यालले रिक्त जनप्रतिनिधिको एकै पटक वा छुट्टाछुट्टै समयमा उपनिर्वाचन गर्नेबारेमा भने सरकारसँग छलफल गरिने जानकारी गराए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...


प्रतिकृया लेख्नुहोस्: