Khabar Dabali ३० बैशाख २०८३ बुधबार | 13th May, 2026 Wed

प्रमुख प्रतिपक्षद्वारा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश

काठमाडौँ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका तर्फबाट केही दिनदेखि मुलुकका विभिन्न भागमा भएको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षति तथा भइरहेको खोज, उद्धार र राहतका कार्यक्रममा सरकारलाई सदनबाट निर्देशन होस् भनी जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरिएकोे छ ।

प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै काँग्रेसका डा मीनेन्द्रप्रसाद रिजालले अप्ठेरो परेको बेलामा सबै राजनीतिक दल एक ठाउँमा उभिन्छन् भन्ने उदाहरण प्रस्तुत गर्नका लागि सो प्रस्ताव प्रस्ततु गरिएको जानकारी दिए ।

उनले भने, “विपद्का बेला सरकारलाई संसद्सित मिलेर काम गर्न प्रेरणा मिलोस्, विगतका कमीकमजोरी सच्याउन सकियोस्, जनताप्रति हुने राम्रो काममा सरकार र प्रतिपक्ष एक ठाउँमा छन्, अप्ठेरोमा परेका जनताका सामु सरकार रहोस् भन्ने धारणासहित यो प्रस्ताव ल्याइएको छ । यसले सरकारलाई आवश्यक परेको बेला प्रतिपक्षले पनि रचनात्मक सहयोग पु¥याउँछ भन्ने पुष्टि गर्दछ ।”

प्रस्तावमा भनिएको छ, “अविरल वर्षा र यसका कारण आएको बाढी, पहिरो र डुबानका कारण देशभर एक सयभन्दा बढी नागरिकले ज्यान गुमाउनु परेको, कतिपय नागरिक बेपत्ता तथा घाइते भएको, केही राजमार्ग र विद्युत्सेवा अवरुद्ध भएको र अर्बौं मूल्य बराबरको धनमालको क्षति भएकाले सरकारद्वारा सञ्चालित उद्धार तथा राहत कार्यको प्रगति तथा प्रभावित क्षेत्रको विद्यमान अवस्थाबारे प्रतिनिधिसभामा जानकारी दिइयोस् । ”

प्रस्तावमा तीनै तहका सरकारद्वारा सञ्चालित उद्वार, राहत र त्यसपछिको पुनस्र्थापनाको एकीकृत कार्यक्रम प्रभावकारी तथा निष्पक्ष तवरले सञ्चालन गर्न नेपाल सरकारलाई नीतिगत निर्देशन दिन आवश्यक भएको उल्लेख गरिएको छ ।

उक्त प्रस्तावको समर्थन गर्दै राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका अध्यक्ष राजकिशोर यादवले असारको अन्तिम साता परेको अविरल वर्षाका कारण आएको बाढीले तराईका कतिपय भाग डुबानमा पर्दा त्यहाँका जनता आक्रान्त भएकाले कम्तीमा पनि सदनमा रहेका राजनीतिक दल एकढिक्का भएर जनताको पीडामा कसरी महलम लगाउन लगाउन सकिन्छ भनेर छलफलका लागि प्रस्ताव ल्याइएको बताउनुभयो ।

नेपाली काँग्रेसका नेत्री पुष्पा भुसालले जनताको बाँच्न पाउने र स्वास्थ्य सेवा लिन पाउनेजस्ता आधारभूत अधिकारका साथै विभिन्न राहत र उद्धारसँग जोडिएको कार्यक्रम जनतामा पु¥याउने सबै राजनीतिक दल एक ठाउँमा रहेर काम गर्नका लागि सदनबाट निर्देशन होस् भनेर प्रस्ताव आएकामा समर्थन गर्दछु भने ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending