Khabar Dabali ३० बैशाख २०८३ बुधबार | 13th May, 2026 Wed

प्रधानमन्त्री ओलीद्वारा गङ्गालालमा नयाँ भवनको उद्घाटन

काठमाडौँ । काठमाडौँको बाँसबारीस्थित शहीद गङ्गालाल राष्टिय हृदय केन्द्रमा आजदेखि नवनिर्मित आकस्मिक तथा बहिरङ्ग सेवा भवनबाट बिरामीलाई सेवा दिन थालिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रको आकस्मिक तथा बहिरंग सेवा भवनको आज उद्घाटन गरेको हो ।

भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मानवजातिले अनुसन्धान तथा प्रयोगशाला प्रयोगमा विकास गरेका कारण विश्वभर स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धि भएको बताए । उनले भगवान् माथिको विश्वास तथा भगवान्मा भर परेको भए आज स्वास्थ्य क्षेत्रमा जटिल प्रकारको रोगको उन्मूलन तथा औषधिको विकास सम्भव नरहेको उल्लेख गरे ।

भगवान् बुद्धको उपदेशको स्मरण गर्दै उनले बुद्धले पनि पात तथा जडिबुटी छोएको र त्यस बेलादेखि नै जडिबुटी औषधि विज्ञानको गौरवपूर्ण इतिहास रहेको चर्चा गरे। ओलीले गङ्गालालको स्थापनापछि हालसम्म १७ हजार व्यक्तिको ओपेन हर्ट सर्जरी गरेकामा त्यहाँका स्वास्थ्यकर्मीलाई धन्यवाद दिँदै गङ्गालालले मुटुरोगलाई उच्च प्राथमिकता दिएको प्रष्ट पारे ।

“यस अस्पतालले देश वा नागरिकताका आधारमा होइन सबैलाई समान भावले उपचार गर्नेछ”, प्रधानमन्त्री ओलीले भने, “अस्पतालमा उपचार गर्न आएका सबैलाई हामीले मानवजातीका रुपमा उपचार गर्नुपर्दछ ।”

कार्यक्रममा शहीद गङ्गालाल अस्पतालका कार्यकारी निर्देशक ज्योतिन्द्र शर्माले मुटु रोगीको उपचारलाई ध्यानमा राखेर स्थापना गरेको यो केन्द्रको स्थापनापछि धेरै मुटु रोगीले स्वास्थ्य उपचार र नयाँ जीवन पाएका बताए । समारोहको सभापतित्व स्वास्थ्य मन्त्रालयका सचिव रामप्रसाद थपलियाले गरेका थिए । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवको समेत उपस्थिति थियो ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending