Khabar Dabali १३ माघ २०८२ सोमबार | 26th January, 2026 Mon
Investment bank

११ कक्षामै कानूनको पढाई

काठमाडौं । संविधानले स्थानीय सरकारका रुपमा रहेका स्थानीय तहलाई न्यायिक निकायका रुपमासमेत परिभाषित गरेको छ । स्थानीय तहको न्याय निरुपण गर्ने जिम्मेवारी संविधानले उपप्रमुख तथा उपाध्यक्षलाई तोकेको छ ।

संविधानको धारा २१७ ले हरेक स्थानीय तहमा एक न्यायिक समिति रहने व्यवस्था गरेको छ । न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला जग्गा–जमिन, अंशबण्डा विवाद जस्ता मुद्दाको टुङ्गो लगाउने अधिकार दिएको छ । न्यायिक समितिका रुपमा क्रियाशील रहने गाउँपालिका तथा नगरपालिकाका उपप्रमुखमा कानूनको विषयमा कम जानकारी हुँदा प्रभावकारी न्याय सम्पादन हुन नसकेको जनगुनासो आएको छ ।

सबै स्थानीय तहमा कम्तिमा पनि एक जना कानून अधिकृत खटाउनुपर्ने र अन्य समूहको तुलनामा निजामती सेवा प्रवेशका लागि न्याय सेवामा प्रतिस्पर्धा कम हुने र पदोन्नति छिटो हुने हुँदा युवा पंक्तिको अहिले कानून अध्ययनप्रति आकर्षण बढ्दै गएको छ । कानून तथा न्यायका सैद्धान्तिक तथा व्यवहारिक ज्ञान हासिल गरी आफूलाई अद्यावधिक गराउन तथा थुप्रै राम्रा पेशा, व्यावसायको ढोका खोल्नसमेत कानूनी विषयको ज्ञान हुनु आवश्यक छ ।

हरेक विषयमा तर्क तथा कारणसहित नयाँ कोणबाट विश्लेषण गरी आफूलाई परिवर्तनको संवाहक शक्तिका रुपमा उभ्याउन, आफ्नो क्षमता विकास गर्ने आधार तयार गर्न, अधिकार तथा जिम्मेवारीप्रति सचेत नागरिक बन्नसमेत कानूनी ज्ञान अपरिहार्य छ । पछिल्ला समय कानून अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या पनि उल्लेख्य रुपमा बढ्दै गएको छ ।

कानूनको जानकारीको अभाव महशुस हुन नदिन, योग्य तथा सक्षम नागरिक तयार पार्न तथा सबैलाई न्यायको पहुँचमा सहजै पु¥याउने उद्देश्यले बानेश्वरस्थित नेपाल विद्या पीठले सिधैँ कक्षा ११ र १२ मा कानून विषयको अध्ययन गराउने भएको छ । अन्य विषयमा १२ कक्षा उत्तीर्ण गरेका विद्यार्थीले कानूनमा एलएलबी गर्न पाँच वर्षे पाठय्क्रम पढ्नुपर्छ भने स्नातक उत्तीर्ण गरेका विद्यार्थीले तीन वर्ष पढ्नुपर्छ ।

विसं २०५८ मा प्रवीणता प्रमाणपत्र तह विस्थापनपछि काठमाडौँको बानेश्वरस्थित सो कलेजले ११ र १२ मै कानून विषय पढाउने तयारी थालेको हो । कलेजमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश पवनकुमार ओझा, वरिष्ठ अधिवक्ता विजयकान्त मैनाली, प्राडा नृसिंह खत्री, डा दीनमणि पोखरेललगायत पूर्वन्यायाधीश, नेपाल बारका पूर्वपदाधिकारी, वरिष्ठ अधिवक्ता तथा कानूनी र शैक्षिक क्षेत्रका ज्ञाताले अध्यापन गराउने अध्यक्ष कृष्णहरि मैनालीले जानकारी दिए ।

राजनीतिज्ञ, प्रशासकलगायत विविध क्षेत्रका विज्ञसँगको लामो छलफलका क्रममा कानून विषयको बढ्दो आवश्यकतालाई मध्यननजर गर्दै कानून पठनपाठन गर्न खोजिएको उनको भनाइ थियो । “मुलुक सङ्घीयतामा प्रवेशसँगै स्थानीय तहका रुपमा रहेका गाउँपालिका तथा न्यायपालिकाले पनि न्याय सम्पादन गर्नुपर्ने अवस्था छ”, अध्यक्ष मैनालीले भने, “सबै क्षेत्रमा कानून बुझ्नुपर्ने अपरिहार्यता जस्तै भएकाले पनि ११ बाट नै पढाई शुरु गर्न लागेका हौँ ।”

संवैधानिक कानूनका ज्ञाता डा भीमार्जुन आचार्य संविधानसभाबाट संविधान निर्माण गर्दाका क्रममा संविधान र कानूनका विषयमा व्यापक चर्चा भएकाले कानूनका विषयमा सचेतना बढेको बताउछन् । कानूनप्रति आमयुवाको आकर्षण बढ्नु सुखद् भए पनि गुणस्तरमा ध्यान दिनुपर्नेमा उहाँ जोड दिन्छन् । “प्रतिष्ठित संस्थामा अवसर प्राप्ति, सरकारी वकील तथा न्याय क्षेत्रमा सेवा प्रवेशका लागि पनि कानूनप्रति आकर्षण बढेको हुनसक्छ”, उनले भने ।

नेपाल विद्यापीठले गत वैशाख महीनामा राष्ट्रिय परीक्षा बोर्डबाट कानून विषय पढाउन सम्बन्धन लिएको थियो । बोर्डले मुलुकभर २० भन्दा बढी क्याम्पसलाई कक्षा ११ र १२ मा कानून विषय पढाउन स्वीकृति दिएको छ ।

कक्षा ११ र १२ मा कानून विषय अध्यापन गराउन चाबहिलस्थित रिमेरा एकेडेमी, बबरमहलस्थिा नेपाल मेगा कलेज, लगनखेलस्थित पिनाकल एकेडेमी, कमलादीस्थित युनिग्लोब कलेज, बागबजारस्थित काठमाडौँ मोडल कलेज, कुपण्डोलस्थित नाइटिङ्गेल एकेडेमीलगायत कलेजले स्वीकृति लिएका छन् ।

एसइई परीक्षामा न्यूततम १.६ जिपिए ल्याउने विद्यार्थीले कानून पढ्न पाउनेछन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत असार ५ गते कक्षा ११ मा विद्यार्थी भर्नाका आधारसम्बन्धी सूचना जारी गर्दै एसइइमा १.६ जिपिए ल्याउने विद्यार्थीले कानून अध्ययन गर्न सक्ने जनाएको छ ।

विद्यापीठले साउनको दोस्रो सातादेखि अध्ययनको तयारी थालेको छ । अहिलेसम्म २५० भन्दा बढी विद्यार्थीले आवेदन दिइसकेका छन् । ठूलो सङ्ख्यामा विद्यार्थीलाई कानून अध्यापन गराउन लक्ष्य राखेको सो विद्यापीठले ८०० जनासम्म विद्यार्थी पढाउन सक्ने क्षमता रहेको जनाएको छ । करिब १०० विद्यार्थीलाई छात्रवृत्ति दिने अध्यक्ष मैनालीको दावी छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending