Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

चितुवाको आक्रमणबाट घाइते बालकलाई सहयोग

चितवन । चितुवाको आक्रमणबाट घाइते भएका तनहुँको भानु नगरपालिका–२ ठूलो बगैँचाका छ वर्षीय बालक हेमराज सुनुवार राईको उपचारार्थ भानु नगरपालिकाले आर्थिक सहयोग गरेको छ ।

आइतबार राति शौचालय जाने क्रममा चितुवाको आक्रमणबाट घाइते भई चितवन मेडिकल कलेजमा उपचाररत बालकको उपचारमा सहयोग गर्ने उद्देश्यले नगरपालिकाले रु २५ हजार र वडा नं २ ले रु १० हजार गरी रु ३५ हजार आर्थिक सहयोग गरेको हो ।

भानु नगरपालिकाका प्रमुख उदयराज गौली, उपप्रमुख आशा थापा, वडाध्यक्ष अर्जुन केसीले उक्त रकम सोमबार अस्पतालमा नै पुगेर घाइतेका हजुरबुबा गोपीबहादुर सुनुवार राईलाई हस्तान्तरण गरेका छन् ।

घाइते बालक मामाघरमा बसेर सोही वडाको होमराज लोहनी शारदा शिक्षा सदनमा कक्षा १ मा अध्ययन गर्छन् । घाइते बालकका आमा वैदेशिक रोजगारीमा सिलसिलामा विदेशमा छन् भने बुबा बेपत्ता रहेको वडाध्यक्ष केसीले जानकारी दिए ।

“पीडित परिवारको आर्थिक अवस्था कमजोर रहेको र नगरवासीको पीडामा मलहम लगाउनु नगरपालिकाको उत्तरदायित्व हो”, वडाध्यक्ष केसीले भने, “हामीले गरेको सानो सहयोगले घाइतेको उपचारमा सहयोग पुग्ने अपेक्षा गरेका छाँै ।”

घाइते बालकको घाँटीको शल्यक्रिया गरिएको छ । घाइते बालकको आर्थिक अभावकै कारण उपचारमा कुनै समस्या नहुने अस्पतालको तर्फबाट प्रतिबद्धता आएको वडाध्यक्ष केसीले जानकारी दिए । चितुवाले बालबालिकामाथि आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित अवस्थामा छन् ।

चितुवाको आक्रमणबाट यहाँका बालबालिकाको मृत्यु भइसकेकाले चितुवाको नियन्त्रणका लागि विशेष उपाय अपनाउन प्रयास गरिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए। चितुवाको आक्रमणबाट एक वर्षको अवधिमा भानु नगरपालिकामा दुई बालक र दुई बालिकाको मृत्यु भइसकेको छ । जिल्लामा गत वर्ष २४ वन्यजन्तु द्वन्द्वको घटना घटेको छ । जसमध्ये भानु नगरपालिकामा मात्रै १५ वन्यजन्तु द्वन्द्वको घटना छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy