Khabar Dabali १३ माघ २०८२ सोमबार | 26th January, 2026 Mon
Investment bank

डाक्टर क्षमता र अखिल नेता नरेशले गरे प्रगतिशील विवाह

विवाहवाट वचेको पैसा छात्रवृत्ति र अपाङ्गता भएको ब्यक्तिलाई दिने घोषणा
काठमाडौं । सत्तारूढ नेकपा निकट अनेरास्ववियूका नेता नरेश रेग्मी र डा. क्षमता सुवेदीले नेकपाको केन्द्रीय कार्यालय पेरिसडांडामा प्रगतिशील विवाह गरेका छन् । वर रेग्मी साविक माओवादी केन्द्र निकटको अखिल(क्रान्तिकारी) का केन्द्रीय सचिव हुन् भने वधु सुवेदी क्रान्तिकारीकी समर्थक हुन् । विवाह समारोहको आयोजना अनेरास्ववियू केन्द्रीय कमिटीले गरेको हो ।

\"\"

झापा दमककी सुवेदी र दाङ तुलसीपुरका रेग्मीलाई वधाई दिन नेकपा अध्यक्ष पुष्पकमल दाहाल , गृहमन्त्री रामवहादुर थापा, नेतृ पम्फा भुषाल, राष्ट्रिय सभा उपाध्यक्ष शशिकला दाहाल लगायतका नेताहरु पेरिसडांडा पुगेका थिए ।

प्रगतिशील मान्यता अनुसार विवाहको मुल कर्म करिव ५ मिनेटमा सकिन्छ । मञ्च अगाडिको टेवलमा तिनवटा मैनवत्ती राखिएको हुन्छ ।विचको मैनवत्ती ठुलो हुन्छ । शुरुमा छेउछेउका एकएकवटा मैनवत्ती वर र वधुका बाआमाले सल्काउंछन्। पछि आआफ्ना वाआमाले सल्काएका मैनवत्तीले वरवधु दुवैले एकैसाथ विचको ठुलो मैनवत्ती सल्काउंन्। उपस्थित दर्शकले जोडदार ताली लगाउंछन्। अनि वरवधु दुवैले एकअर्कालाई फूलको माला लगाउंछन्।विहे सकिन्छ ।

विवाहको फजुल खर्चवाट वचेको रकम वरवधुका आफन्तले सामाजिक कार्यका लागि खर्च गर्ने जनाएका छन् । उनीहरूले विभिन्न पांचवटा सामाजिक तथा शैक्षिक संस्थालाई उक्त रकम हस्तान्तरण गर्ने घोषणा गरेका छन् ।

झापाको दमक वहुमुखी क्याम्पसका जेहेन्दार विद्यार्थीका लागि ५० हजार, झापाकै दमक अपाङ्ग सहयोग समितिलाई ५० हजार, झापाकै बालवृद्ध आश्रमका लागि ५० हजार, झापाकै माओवादी अध्ययन केन्द्रको पुस्तकालयलाई १० हजार बराबरका पुस्तक र पब्लिक लाइब्रेरीलाई १० हजार बराबरका पुस्तक दिने घोषणा वरवधुका आफन्तका तर्फबाट वेहुलीकी आमा राधिका ओझाले गरेकी छिन् । ओझा साविक माओवादी निकट नेपाल राष्ट्रिय वुद्दिजिवी संगठनकी केन्द्रीय सचिव हुन्।

यस्तो प्रगतिशील विवाहले सामाजिक र सांस्कृतिक रुपान्तरणका लागि समाजमा सकारात्मक सन्देश दिने अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले वताए।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending