Khabar Dabali ३० बैशाख २०८३ बुधबार | 13th May, 2026 Wed

वास्तविक नागरिकलाई नागरिकता प्राप्त गर्नबाट वञ्चित गर्न नहुने सरोकारवालाकाे जोड

काठमाडौं । नेपालमा नै जन्मी हुर्केका वास्तविक नेपाली नागरिकलाई नागरिकता पाउनबाट वञ्चित गर्न नहुनेमा यहाँ आयोजित एक कार्यक्रममा सरोकारवालाहरुले जोड दिएका छन् ।

महिला कानून तथा विकास मञ्च, सेन्टर फर एडभान्सड स्टडिज इन साउथ एसियाको आयोजना तथा वर्किङ फर नोन डिस्क्रिमिनिटी एण्ड इक्वालिटीको सहयोगमा ‘नागरिकता प्राप्तिमा समान अधिकार प्राज्ञिक छलफल कार्यक्रम’मा उनीहरुले नेपालको नागरिकतासम्बन्धी कानूनमा ‘वा’ तथा ‘र’ को प्रयोगबाट धेरै नागरिकले नागरिकता प्रमाणपत्र पाउनबाट दुःख पाएको मात्र नभई वञ्चितसमेत भएको तथा सरकारी अधिकारीहरुलाई दुःख दिने अवसर मिलेको बताए ।

सो अवसरमा सङ्घीय संसद् राज्यव्यवस्था तथा सुशासन समितिका सभापति शशि श्रेष्ठले नागरिकताजस्तो संवेदनशील विषयमा कानून बनाउँदा सबै सरोकारवालासँग छलफल गरेर निष्कर्षमा पुगेर मात्र बनाउनुपर्ने बताए ।

उनले तराई मधेश जहाँसुकै बसोवास गरेको भए पनि वास्तविक नेपाली नागरिकलाई नागरिकता दिन आनाकानी गर्ने तथा वञ्चितै गर्ने काम कतैबाट हुन नहुने बताए । श्रेष्ठले असहमतिबीच सहमतिको दस्तावेजका रूपमा आएको वर्तमान संविधान विगतका संविधानहरुभन्दा प्रगतिशील रहेको तर त्रुटिरहित भने नरहेको बताए ।

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले संविधानमा भएका व्यवस्थाको सार्थक प्रयोग तथा पालना हुनुपर्ने बताए । उनले सरकारी पदाधिकारीहरूमा सोच्ने संस्कार, आग्रह तथा पूर्वाग्रह एवं भेदभाव भएसम्म समाजमा परिवर्तन नहुने बताउँदै आमाको नामबाट पनि नागरिकता दिन कुनै समस्या नभएको बताए ।

पूर्वराजदूत विजयलाल कर्णले काठमाडौँका जनतामा मैथली र भोजपुरी भाषा बोल्ने बित्तिकै भारतीय भन्ने गरेकामा दुःखेसो व्यक्त गर्दै दौरासुरुवाल लगाउने व्यक्ति मात्र नेपाली नागरिक हो भन्ने मानसिकता त्याग्नुपर्ने बताए ।

राससका नायब महाप्रबन्धक सुरेन्द्रबहादुर नेपालीले नागरिकताजस्तो गम्भीर विषयमा सरोकारवालाहरुबीच छलफल तथा अन्तरक्रिया निरन्तररूपमा चल्नुपर्ने बताए ।

अधिवक्ता प्रकाश महर्जन र डा अरुण गुप्ताले नागरिकताको सम्बन्धमा कार्यपत्र पेश गरेको सो कार्यक्रममा पाटन क्याम्पसका प्रा दीपेन्द्रविक्रम सिजापति, कानून व्यवसायी सुरेश श्रेष्ठ, विद्यार्थी दीपक बस्ताकोटी, रीता मैनालीलगायतका वक्ताले आफूहरुले नागरिकता लिँदा झेल्नु परेका समस्यामाथि चर्चा गरेका थिए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending