रसुवा । जिल्लास्थित स्थानीय तहले कतै लक्ष्यभन्दा दोब्बर राजश्व सङ्कलन गरेका छन् भने कतै लक्ष्यको आधा पनि राजश्व सङ्कलन गर्न सकेका छैनन् ।
रुकुमपूर्वमा सिस्ने गाउँपालिकाले लक्ष्यभन्दा दोब्बर राजश्व सङ्कलन गर्न सफल भएको छ । पुथा उत्तरगङ्गा गाउँपालिकाले भने लक्ष्यको आधा पनि राजश्व सङ्कलन गर्न नसकेको हो । रु ३६ लाख ७७ हजार राजश्व सङ्कलन गर्ने लक्ष लिएकोमा सिस्ने गाउँपालिकाले रु ७५ लाख ६ हजार ६०० राजश्व सङ्कलन गरेको जनाएको छ ।
गाउँपालिकाले लक्ष्यभन्दा १०४ प्रतिशत बढी राजश्व उठाएको प्रमुख प्रशासकीय अधिकृत विमला रोकाले जानकारी दिए । गाउँपालिकाका विभिन्न वडाबाट गरी रु ३७ लाख पाँच हजार ८० सङ्कलन भएको छ ।
गत आर्थिक वर्षमा बालुवा, जडीबुटी, मालपोत कार्यालयबाट राम्रो राजश्व सङ्कलन गर्न सफल भएकोले गाउँपालिकाले दोब्बर राजश्व सङ्कलन गर्न सफल भएको गाउँपालिका अध्यक्ष कुमारी बरालले बताए । गाउँपालिकाले चालु आर्थिक वर्षमा बढाएर रु ७८ लाख राजश्व सङ्कलन गर्ने लक्ष राखेको पनि उहाँले जानकारी दिए ।
गतवर्ष सङ्कलित राजश्वलाई हेरेर चालु आर्थिक वर्षको लक्ष्य तय गरिएको उहाँको भनाइ छ । गाउँपालिकाले वर्षेनी राजश्व सङ्कलनलाई बढाउँदै लगेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७४र७५ मा १८ लाख ३० हजार २९४ राजश्व सङ्कलन गरेको थियो ।
पुथा उत्तरगङ्गा गाउँपालिकाले अर्थिक वर्ष २०७५र७६ मा लक्ष्यको आधा पनि राजश्व सङ्कलन गर्न नसकेको पाइएको हो । रु एक करोड ८ लाख राजश्व उठाउने लक्ष्य राखेको गाउँपालिकाले जम्मा रु ४५ लाख मात्र राजश्व सङ्कलन गर्न सफल भएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले राजश्वको प्रमुख स्रोतका रूपमा यार्सागुम्बालाई लिएको थियो तर, यार्सागुम्बाबाट राजश्व सङ्कलन हुन नसक्दा लक्ष्यअनुरूप राजश्व सङ्कलन हुन नसकेको प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र बुढाथोकीले बताए ।
गत वर्षमा लक्ष्यअनुरूप राजश्व सङ्कलन हुन नसकेपछि चालु आर्थिक वर्षमा गाउँपालिकाले राजश्वको लक्ष्य ह्वात्तै घटाएको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाले यार्सालाई राजश्वको स्रोतबाट हटाउँदै रु ५० लाखको मात्र लक्ष लिएको छ ।
त्यसैगरी भूमे गाउँपालिकाले गत आर्थिक वर्ष २०७५र७६ मा ४५ लाख ३० हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा रु ४३ लाख ५३ हजार राजश्व सङ्कलन गर्न सफल भएको छ । गाउँपालिका लक्ष्यको ९६ प्रतिशत राजश्व सङ्कलन गर्न सफल भएको प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिङ श्रेष्ठले जानकारी दिए। गाउँपालिकाले प्राकृतिक स्रोतसाधनबाट कम राजश्व उठेको बताएको छ । सेवा शुल्क, घरबहाल कर, सिफारिस दस्तुर र मालपोत नै राजश्वका प्रमुख स्रोत भएको प्रशासकीय अधिकृत श्रेष्ठले बताए ।
गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा बढाएर राजश्व रु ४९ लाख २४ हजारको लक्ष्य लिएको गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले बताए । कर प्रणालीमा सुधार गर्न सकेमा चालु आर्थिक वर्षमा केही सुधार हुनसक्ने अनुमान गरिएको उनको भनाइ छ ।
यतिमात्र नभएर चालु आर्थिक वर्षमा व्यवसाय रजिष्ट्रेशन र नवीकरण, घर बहाल करमा राजश्व बढ्ने अनुमान गरिएको प्रशासकीय प्रमुख श्रेष्ठले बताए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: