Khabar Dabali १७ फाल्गुन २०८२ आईतवार | 1st March, 2026 Sun
Investment bank

संसद् भवनमा सुविधासम्पन्न चमेना गृह

काठमाडौ। नयाँ बानेश्वरस्थित संसद् भवनमा तोकिएको अवधिभन्दा अघि नै सुविधासम्पन्न चमेना गृहको निर्माण सम्पन्न भएको छ ।

करीब छ महीना निर्माण अवधि तोकिएको चमेना गृह पाँच दिनअघि नै निर्माण सम्पन्न भई आज हस्तान्तरण गरियो । शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले चमेना गृहको उद्घाटन गर्दै मुुलुकमा धेरैजसो आयोजना तोकिएको समयमा सम्पन्न नहुने समस्या देखिएका बेला इमान्दारीपूर्वक जिम्मेवारी निर्वाह गरेर समयमै काम सम्पन्न हुन्छ भन्ने सन्देश चमेना गृहले दिएको बताए ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिको अध्यक्षसमेत रहेका मन्त्रालयका सचिव मधुसूदन अधिकारीले मन्त्रालय र कर्मचारीको आवश्यक समन्वय एवं सहकार्यले समयमै काम सम्पन्न भएको जानकारी दिए ।

सम्मेलन केन्द्र विकास समितिले गत फागुन ९ गते घिसिङ÷कुँवर जेभी निर्माणलाई रु दुई करोड ७८ लाखमा चेमना गृहको निर्माणका लागि ठेक्का दिएको थियो । ठेक्काअनुसार छ महीना अवधि भदौ ८ गते पूरा हुँदै थियो ।

करीब १० हजार ५५७ वर्गफिट क्षेत्रफलमा निर्माण भएको चमेना गृहमा १८६ जनासम्मको भोजन कक्षको क्षमता रहेको मन्त्रालयका सहसचिव एवं सम्मेलन केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद दवाडीले बताए ।

मुस्लिम समुदायका लागिसमेत खान मिल्ने हलाल खाना बनाउन छुट्टै भान्छाघरको व्यवस्था चमेना गृहमा गरिएको छ । गृहमा भान्छा हल, भण्डार कक्षका साथै अति विशिष्ट व्यक्तिका लागि छुट्टै भोजन कक्षको समेत व्यवस्था गरिएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE