Ntc summer Offer
Khabar Dabali २५ बैशाख २०८१ मंगलवार | 7th May, 2024 Tue
NIMB

नेप्से पुनः ओरालो यात्रामा

काठमाडौं । धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । गत साता उतारचढावपूर्ण अवस्थामा रहेको नेप्से साताको पहिलो दिन आज पनि ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ३.४५ विन्दुले घटेर एक हजार २०९.६२ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.२७ विन्दुले घटेर २६३.४३ विन्दुमा पुगेको छ । नेप्से ओरालो लाग्दा कारोबार रकमसमेत सस्तैमा समेटिएको छ ।

कूल १७१ कम्पनीको १२ लाख ७५ हजार ६२३ कित्ता शेयर रु ३५ करोड दुई लाख ६९ हजार ५०९ मूल्यमा खरीद बिक्री भए । स्टकका अनुसार नेप्से आज अपरान्ह २ बजेसम्म घटेर एक हजार २०१ विन्दुमा झरेपनि त्यसपछि भने पुनः बढेर एक हजार २०९.६२ विन्दुमा पुग्यो ।

स्टकका अनुसार कारोवार भएका कूल १२ उपसमूह मध्ये आज दुई उपसमूहको मात्रै शेयर उकालो लाग्यो भने दश उपसमूहको शेयर घटेको छ । होटल ३.०४ र उत्पादन ११.३ विन्दुले बढ्दा बैंकिङ १.६६, व्यापार २.०३, विकास बैंक २.२१, जलविद्युत् १५.१४, वित्त ०.६, निर्जीवन बीमा ३१.३२, अन्य ०.०७, लघुवित्त ४.२, जीवन बीमा ५१.०७ र सामूहिक लगानी कोष ०.०२ विन्दुले घटेको छ ।

स्टकका अनुसार कारोवारका आधारमा छिमेक लघुवित्त विकास बैंकको संस्थापक शेयरको सबैभन्दा बढी कारोवार भएको छ । सो बैंकको रु तीन करोड २१ लाख ३० हजार ८०० मूल्यमा शेयर खरीद बिक्री भए । यस्तै नेपाल बैंक लिमिटेड रु दुई करोड ४१ लाख ५३ हजार ४३३, नेशनल लाइफ इन्स्योरेन्स रु एक करोड ९५ लाख ७८ हजार २४३, नेपाल इन्भेस्टमेन्ट बैंक रु एक करोड ५२ लाख ८९ हजार ५३२, एनआइसी एशिया रु एक करोड ४६ लाख ३७ हजार ५३९ र माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको शेयर रु एक करोड १० लाख ५८ हजार २०३ मूल्यमा खरीद बिक्री भई शीर्ष स्थानमा रहे ।

कारोवारका आधारमा आज बढी कमाउनेमा सिर्जना फाइनान्स वित्तीय संस्था रहेको छ । सो कम्पनीका शेयरधनीले ४.२१ प्रतिशतले कमाउँदा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था ३.३४, सिन्धु विकास बैंक रु ३.१३, स्वरोजगार लघुवित्त विकास बैंक ३.०१, गुराँस लघुवित्त वित्तीय संसथा २.९२ र बोटलर्स नेपाल तराई लिमिटेडका शेयरधनीले २ प्रतिशतले कमाए ।

यस्तै धेरै गुमाउनेमा पाँचथर पावर कम्पनी रहेको छ । सो कम्पनीका शेयरधनीले ७।२० प्रतिशतले गुमाए । त्यस्तै युनिभर्सल पावर कम्पनी ४.८१, आइएमई जनरल इन्स्योरेन्स ३.५६, नेशनल हाइड्रोपावर कम्पनी ३.३८, खानीखोला हाइड्रोपावर ३.३८, दिव्यश्वरी हाइड्रोपावर ३.३३ र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका शेयरधनीले ३ प्रतिशतले गुमाए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies