Khabar Dabali १२ श्रावण २०८३ मंगलवार | 28th July, 2026 Tue
Investment bank

साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो

खबरडबली संवाददाता

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलघाँटी हुँदै आवतजावत गर्ने व्यावसायिक जहाजलाई सुरक्षा एस्कोर्ट उपलब्ध गराउने महत्त्वाकांक्षी नौसैनिक योजना अचानक स्थगित गरेको छन्। साउदी अरेबियाले अमेरिकी सैन्य विमानलाई आफ्नो हवाई क्षेत्र प्रयोग गर्न तथा प्रिन्स सुल्तान एयरबेस सञ्चालनमा ल्याउन अनुमति दिन अस्वीकार गरेपछि उक्त योजना रोकिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै एनबिसी न्युजले जनाएअनुसार ट्रम्प प्रशासनको ‘प्रोजेक्ट फ्रिडम’ नामक सैन्य योजना खाडी क्षेत्रका प्रमुख साझेदार मुलुकलाई पूर्वतयारी बिना सार्वजनिक गरिएको थियो । यसले विशेष गरी साउदी अरेबिया र अन्य खाडी राष्ट्रलाई असहज बनाएको बताइएको छ । प्रतिवेदनअनुसार राष्ट्रपति ट्रम्पले साउदी युवराज मोहम्मद बिन सलमानसँग प्रत्यक्ष टेलिफोन संवाद गरी सहयोगका लागि प्रयास गरेको थिए।

तर रियादले अमेरिकी सैन्य विमानलाई आफ्नो भूभाग तथा हवाई मार्ग प्रयोग गर्न अनुमति दिन अस्वीकार गरेपछि अपरेसन तत्कालका लागि रोक्नुपरेको हो । एनबिसी न्युजसँग कुरा गर्ने एक साउदी स्रोतले योजनाको प्रकृतिप्रति असन्तुष्टि व्यक्त गर्दै ‘यस्तो प्रकारका सैन्य गतिविधिमा वास्तविक समयमै परिस्थिति तीव्ररूपमा बदलिन्छ’ भनेको थियो । स्रोतले साउदी अरेबिया प्रत्यक्ष सैन्य तनावभन्दा पनि कूटनीतिक समाधानको पक्षमा रहेको स्पष्ट पारेको छ ।

उक्त स्रोतका अनुसार रियादले अमेरिका र इरानबिच सम्भावित समझदारी कायम गराउने उद्देश्यले पाकिस्तानले नेतृत्व गरिरहेको कूटनीतिक पहललाई सकारात्मकरूपमा समर्थन गरिरहेको छ । खाडी क्षेत्रमा बढ्दो अस्थिरताकाबिच साउदी अरेबियाले प्रत्यक्ष सैन्य संलग्नताबाट दूरी कायम राख्न खोजेको सङ्केत यस घटनाले दिएको विश्लेषकले बताएका छन् । यता ह्वाइट हाउसका एक अधिकारीले भने अमेरिकी प्रशासनले ‘क्षेत्रीय सहयोगी राष्ट्रलाई अपरेसनबारे अग्रिम जानकारी गराइएको’ दाबी गरेका छन् । 

तर समाचारमा उद्धृत एक पश्चिम एसियाली कूटनीतिज्ञले अमेरिका स्वयंले योजना सार्वजनिक गरिसकेपछि मात्रै ओमानलगायत सम्बन्धित पक्षसँग समन्वय थालेको बताए । कूटनीतिज्ञका अनुसार ‘पहिले घोषणा गर्ने र त्यसपछि समन्वय खोज्ने शैली’ ले क्षेत्रीय साझेदारलाई असहज बनाएको थियो । यद्यपि उनले यसबाट कुनै औपचारिक विवाद वा आक्रोश सिर्जना नभएको पनि उल्लेख गरेका छन् ।

यसबिच, ट्रम्पले ‘प्रोजेक्ट फ्रिडम’ अस्थायीरूपमा रोकिएको घोषणा गरेको भोलिपल्ट इरानले हर्मुज जलघाँटी क्षेत्रमा सञ्चालित व्यावसायिक जहाजलाई आवश्यक सम्पूर्ण सहायता दिन आफू तयार रहेको घोषणा गरेको छ । इरानको बन्दरगाह तथा समुद्री सङ्गठनले बिहीबार जारी गरेको विज्ञप्तिमा समुद्री सुरक्षा, प्राविधिक सहयोग, स्वास्थ्य सेवा तथा इन्धन आपूर्ति उपलब्ध गराउन सम्पूर्ण संरचना सक्रिय पारिएको जनाएको छ । इरानको सरकारी समाचार संस्था आइआरएनएका अनुसार यो सूचना समुद्री सञ्चार प्रणालीमार्फत क्षेत्रका सबै जहाजहरूलाई औपचारिकरूपमा पठाइएको छ ।

इरानी समुद्री प्राधिकरणले जहाजको समुद्री योग्यता सुधार गर्ने, चालक दलको सुरक्षा सुनिश्चित गर्ने तथा आपत्कालीन अवस्थामा तत्काल सहयोग उपलब्ध गराउने उद्देश्यले यस्तो कदम चालिएको जनाएको छ । विज्ञप्तिअनुसार आवश्यक परे जहाज मर्मतसम्बन्धी सामग्रीसमेत उपलब्ध गराइने छ । इरानले विशेष गरी आफ्नो क्षेत्रीय पानी तथा लङ्गर क्षेत्रमा सञ्चालन गरिरहेका जहाजलाई लक्षित गर्दै नजिकका बन्दरगाहस्थित ‘भेसल ट्राफिक सर्भिस’ केन्द्र वा भिएचएफ च्यानल १६ मार्फत सम्पर्क गर्न आग्रह गरेको छ ।

इरानी बन्दरगाह तथा समुद्री सङ्गठनले यो पहललाई विश्वकै सबैभन्दा संवेदनशील र रणनीतिक समुद्री मार्गमध्ये एकमा ‘सुरक्षित र दिगो समुद्री यातायात कायम राख्ने राष्ट्रिय जिम्मेवारी’ का रूपमा व्याख्या गरेको छ । सङ्गठनका अनुसार उक्त सूचना लगातार तीन दिनसम्म दिनमा तीन पटक समुद्री सञ्चार प्रणालीमार्फत प्रसारण गरिने छ । खाडी क्षेत्रमा पछिल्ला महिनामा अमेरिका-इरान तनाव बढिरहेका बेला हर्मुज जलघाँटी फेरि अन्तर्राष्ट्रिय रणनीतिक केन्द्रविन्दु बनेको छ ।

विश्वको ठूलो मात्रामा तेल आपूर्ति यही समुद्री मार्गबाट हुने भएकाले यहाँको कुनै पनि सैन्य गतिविधिले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा प्रत्यक्ष असर पार्ने गर्छ । राष्ट्रपति ट्रम्पले मङ्गलबार ट्रुथ सोसलमार्फत ‘प्रोजेक्ट फ्रिडम’ रोकिएको जानकारी दिँदै पाकिस्तानको आग्रहपछि यो निर्णय गरिएको उल्लेख गरेको थिए । उनले अमेरिका र इरानबिच सम्भावित समझदारीतर्फ प्रगति भइरहेको दाबी गर्दै तत्कालका लागि तनाव कम गर्ने उद्देश्यले विराम दिइएको बताएको थिए ।

ट्रम्पले इरानविरुद्धको रणनीतिक अभियानमा अमेरिका ‘महत्त्वपूर्ण सैन्य लाभ’ को अवस्थामा पुगेको दाबी पनि गरेको थिए। साथै तेहरान र वासिङ्टनबिच अन्तिम सहमति सम्भव छ कि छैन भन्ने परीक्षणका लागि यो विराम आवश्यक रहेको उनको भनाइ थियो । विश्लेषकका अनुसार साउदी अरेबियाको असहमतिले अमेरिकाको क्षेत्रीय सैन्य रणनीतिमा चुनौती थपिएको छ भने पाकिस्तान र ओमानजस्ता मुलुकको कूटनीतिक सक्रियता अहिलेको तनाव व्यवस्थापनमा महत्त्वपूर्ण बन्दै गएको देखिएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनसरी घटनाको विरोधमा सिरहाको गोलबजारमा प्रदर्शन, पूर्व–पश्चिम राजमार्ग केहीबेर अवरुद्ध

सिरहा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाको विरोधमा सिरहाको गोलबजारमा प्रदर्शन गरिएको छ। ...

सुनसरी घटनापछि गृह मन्त्रालयमा सुरक्षा समितिको बैठक, शान्ति–सुरक्षाबारे रणनीति तय गरिँदै

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। गृह मन्त्रालयमा गृहमन्त्रीको अध्यक्षतामा सुरु भएको बैठक...

असारसम्मको बिजुली खपतमा भ्याट नलाग्ने, साउन १ देखि मात्र लागू हुने

काठमाडौं । आन्तरिक राजस्व विभागले २०८३ असार महिनासम्म खपत भएको विद्युत् सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पार्दै यससम्बन्धी अन्योल हटाउ...

अमेरिकी नागरिकसहित अध्यागन विभागका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। अध्यागमन विभागको गैरपर्यटक शाखाका तत्कालीन कम्प्युटर अपरेटर (वरिष्ठ अध्यागमन सहायक) राजिव महतो र अमेरिकी नागरिक डिन जे रोबिन्सनविरुद्ध भ्रष्...

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालतले संघीय संसद्का सदस्यलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरुद्ध दायर रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ। न्य...

सरकारी वार्ता टोली र डा. केसीबिच सहमतिको मस्यौदा तयार

धनगढी। अनशनरत प्राध्यापक डा. गोविन्द केसी र सरकारी टोलीबिच भएको वार्ताबाट आठ बुँदे सहमतिको मस्यौदा तयार पारिएको छ ।  आइतबार सहमति हुन नसकेपछि आज फे...

सुनसरीको देवानगन्ज घटनाप्रति मानव अधिकार आयोगको चासो

काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप तथा त्यसक्रममा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु र नौ जना घाइते भएको घटनाबारे राष्ट्रिय मान...

सुनसरी घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ : भीष्मराज आङ्देम्बे

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनसरीको देवानगञ्जमा भएको घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर...

सुनसरीमा सामाजिक सद्भाव कायम गर्न सबै पक्ष एकमत

विराटनगर । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि शान्ति–सुरक्षा र सामाजिक सद्भाव कायम गर्न राजनीतिक दल, जनप्रतिनिधि तथा सरोकारवालाहरूबीच सर्वपक्...

माधव नेपाललाई मनाउन प्रचण्ड कोटेश्वरमा, सत्ता समीकरणबारे छलफल

काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहसंयोजक माधव नेपालसँग भेटवार्ता गरेका छन्। नेपाल निवास कोटेश्वर पुगेका प्रचण्डले पछिल्लो राजनीति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending