विराटनगर । प्रदेश नं– १ का प्रहरी नायब महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले उद्योगी÷व्यवसायीले शान्ति सुरक्षाका सम्बन्धमा उठाएको विषयमा आफू सचेत रहेको बताएका छन् ।कुनै पनि अवाञ्छित क्रियापलापले उद्योगी÷व्यवसायी पीडित हुन नपर्नेमा जोड दिंदै उन“ले गैरकानूनी क्रियाकलाप रोक्न उद्योगी÷व्यवसायीलगायत सबैको सहयोगको अपेक्षा गरे । प्रहरी नायब महानिरीक्षक ज्ञवालीले प्रदेश प्रहरीको प्रतिष्ठा उच्च बनाउन आफू र आफ्ना मातहतका प्रहरी संवेदनशील छ भने ।
सशस्त्र प्रहरीका प्रहरी नायब महानिरीक्षक नगेन्द्रबहादुर थापाले शान्ति सुरक्षाका साथै सीमाको निगरानीमा आफूहरु कटिबद्ध रहेकाले कुनै समस्या आए समाधानका लागि सशस्त्र प्रहरी सदैव तयार रहेको बताए । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विश्व अधिकारी र प्रदेश ट्राफिक कार्यालयका प्रहरी उपरीक्षक भीम दाहालले अस्तव्यस्त ट्राफिक अवस्था, अनियन्त्रित पार्किङ, दैनिक हुने लुटपाट र चोरीका घटना नियन्त्रण गर्न सोहीअनुरुप योजना बनाइ आगामी दिनमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
जिल्लास्थित उद्योग सङ्गठनले आज यहा“ आयोजना गरेको स्वागत कार्यक्रममा हालै सरुवा भई आउनु भएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी नायब महानिरीक्षकलगायत प्रहरी प्रशासनका प्रमुखहरूको सम्मानमा उनी“हरुले सो धारणा व्यक्त गरेका हुन । आयोजक संस्थाका अध्यक्ष अध्यक्ष भीम घिमिरेले, तथा पूर्वअध्यक्ष सुशील धनावत, उपाध्यक्ष प्रदीप मुरारका, राजकुमार गोल्छा र राकेश सुरानाले शान्ति सुरक्षाका सवालमा सुरक्षा निकायलाई सहयोग पुर्याउन सङ्गठन सदैव तत्पर रहेको र आम जनताले अनुभव गर्न पाउने गरी सुरक्षा व्यवस्था कायम गर्न माग गरे ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: