चितवन । गत साउन २० चितवनको एक होटलमा मृत भेटिएका पत्रकार शालिकराम पुडासैनीको भिडियो सन्देश आफैंलेमात्र नभइ अरु कसैको सहयोगमा रेकर्ड गराएको हुन सक्ने चितवन जिल्ला अदालतको भनाइ आएको छ ।
आजको कान्तिपुरमा खबर छ - सोमबार जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले गरेको थुनछेक आदेशको पेज नम्बर ७ को अन्तिम र पेज नम्बर ८ को सुरुवाती खण्डमा भिडियो रेकर्ड आफैंले गरेको नदेखिएको भनाइ उल्लेख गरिएको छ। भिडियोको अन्तिममा शालिकरामले दुवै हात जोडेको देखिँदा अदालतले त्यस्तो सन्देश गरेको हो।
‘क्षमा याचना गर्दै दुबै हात जोडेर प्रणाम दण्डवत गरेको देखिने अवस्थाले सो भिडियो निज आफैले एक्लै ९सेल्फी० खिचेको भन्ने देखिएन’ आदेशमा उल्लेख छ। शालिकरामले घटनास्थलको कोठाको उपयुक्त उचाइमा आफ्नो मोबाइल फोन भिडियो रेकर्ड मोडमा स्थिर राखेर खिचेको हो भने घटनास्थल मुचुल्का र बरामदी मुचुल्कामा मोबाइल त्यस्तो स्थानमा राखेको अवस्था भेटिएको भन्ने ब्यहोरा उल्लेख नभएको आदेशमा जनाइएको छ।
‘अतः सो भिडियो रेकर्ड हुँदा निज शालिकराम पुडासैनी अर्को कुनै व्यक्तिको सहयोगमा भिडियो रेकर्ड गरेको देखिन्छ’ अदालतले आफ्नो आदेशमा भनेको छ। मिसिलमा संलग्न मृतक पुडासैनीको शव परीक्षण प्रतिवेदनमा मृत्युको कारण झुण्डिएको ९ह्याङ्गिङ० उल्लेख भइ निजको घाँटीको हड्डी भाँचिएको र घाँटीमा डोरीको डाम भएको आदेशको पेज नम्बर ३ मा उल्लेख छ।
भिडियोमा शालिकराम भित्रि वस्त्रमा देखिएको र झुण्डिएको अवस्थामा रहेको शवको फोटोमा पाइन्ट सर्ट लगाएको हुँदा उक्त अवस्थाले मृत्यकालीन घोषणा गर्दाको अवस्था र आत्महत्या गर्दाको अवस्था एउटै नभइ फरक अवस्था रहेको भन्ने देखिने आदेशमा उल्लेख छ।
यो फरक अवस्थाले भिडियोमा व्यक्त भएको भनाइ नै मर्दै गरेको व्यक्तिको मृत्युअघिका शब्दहरु (वर्डस विफोर डेथ अफ डाइङ पर्सन) थिए वा थिएन भन्ने एकिन गर्ने आधार खोज्नु पर्ने न्यायाधीशको मत रहेको छ।
‘यो एकिन गर्न भिडियो रेकर्ड गरेको समय र निजले आत्महत्या गरी देहत्याग गरेको समयको अन्तर छुट्याउन सबुतको रुपमा रहेको भिडियो र मृतकको शव परीक्षण प्रतिवेदनमा मृत्युको समय उल्लेख हुनु आवश्यक देखिन्छ’ आदेशका भनिएको छ। तर यी कुरा शव परीक्षण प्रतिवेदनमा उल्लेख नभएको आदेशमा किटान गरिको छ। त्यसैले आदलतले विशेषज्ञहरुलाई बयानका लागि झिकाउने आदेश दिएको छ।
‘मर्न लागेको अवस्थामा मृत्यु बारेमा व्यक्त गरेको भनाइमात्र प्रमाण लिन मिल्ने हुँदा मृतक शालिकराम पुडासैनीले कति समय पहिले भिडियो रेकर्ड गरी कति समयपछि डोरीमा झुण्डिएर आत्महत्या गरेका थिए भन्ने समय एकिन नगरी सो भिडियो मृत्युकालीन घोषणा हो वा हैन भनि एकिन गर्न सकिएन’ आदेशमा उल्लेख छ।
अदालतले शव परीक्षण गर्ने महाराजगञ्ज शिक्षण अस्पतालका दुईजना चिकित्सक र मोबाइल फोनको भिडियोको फोरेन्सिक परीक्षण गर्ने नेपाल प्रहरीको केन्द्रीय प्रयोगशालाका फरेन्सिक विशेषज्ञलाई विशेषज्ञ बकपत्रका लागि उपस्थित गराउन आदेश दिएको छ।
मृतकको शवमा घाउ चोट भएको मिसिलमा संलग्न देखिने तर झुण्डिएर आत्महत्या गरेको व्यक्तिको शरीरमा के कसरी घाउचोटको अवस्था रहयो भन्ने अनुसन्धानबाट नखुलेको अदालतको आदेशमा उल्लेख छ। घटना हुँदाका बखत आत्महत्या दुरुत्साहनका प्रतिवादीहरु घटनास्थलमा उपस्थित भएको देखिएन भन्ने सन्दर्भपछि अदालतले यो वाक्य राखेको हो।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: