काठमाडौं । राष्ट्रपति रामचन्द्र पाैडेलले सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहेका बेला प्रधानमन्त्री बालेन साह अनुपस्थित रहेको विषय राष्ट्रिय सभामा चर्को बहसको विषय बनेको छ ।
सांसदहरूले यसलाई सामान्य प्रशासनिक कमजोरी नभई राष्ट्रपति संस्था, संसद् र संवैधानिक प्रक्रियाप्रतिकै अपमान भएको भन्दै प्रधानमन्त्री स्वयं सदनमा उपस्थित भएर जवाफ दिनुपर्ने माग गरेका छन् ।
बुधबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै नेपाली कम्युनिष्ट पार्टीका सांसद सुुरेश आले मगरले प्रधानमन्त्रीको अनुपस्थितिमाथि कडा आपत्ति जनाए ।
उनले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संवैधानिक प्रक्रियामा प्रधानमन्त्री उपस्थित नहुनुलाई “गम्भीर र अस्वाभाविक” घटना भन्दै यसको वास्तविक कारण सार्वजनिक गर्न सरकारसँग माग गरे ।
“राष्ट्रपतिज्यूले सम्बोधन गरिरहँदा मात्रै बिग्रिने र कार्यक्रम सकिएपछि फेरि ठिक हुने कस्तो स्वास्थ्य हो ? यसको वास्तविक कारण सदनलाई जानकारी दिनुपर्छ,” उनले भने ।
आलेमगरले यदि स्वास्थ्य कारण देखाइएको हो भने त्यसबारे पनि पारदर्शी जानकारी आउनुपर्ने बताए । उनले प्रधानमन्त्री स्वयं संसद्मा आएर घटनाबारे स्पष्ट पार्नुपर्ने माग गर्दै यसलाई राष्ट्रपतिको गरिमामाथिको अपमानका रूपमा लिन सकिने टिप्पणी गरे ।
उनको भनाइमा प्रधानमन्त्रीको अनुपस्थिति केवल व्यक्तिगत व्यस्तताको विषय होइन, संवैधानिक जिम्मेवारीसँग जोडिएको प्रश्न हो ।
यसैगरी राेसनी मेचेले पनि प्रधानमन्त्रीको भूमिकामाथि प्रश्न उठाइन् । उनले संसद्मा अमर्यादित र असंवैधानिक व्यवहार स्वीकार्य नहुने बताउँदै सरकारको ध्यानाकर्षण गराइन् ।
मेचेले राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रक्रिया राज्यको औपचारिक र संवैधानिक कार्यक्रम भएकाले त्यसमा प्रधानमन्त्री अनुपस्थित रहनु गलत सन्देश भएको बताइन् ।
बैठकमा सहभागी अन्य सांसदहरूले समेत प्रधानमन्त्रीको व्यवहारले “लज्जाबोध” भएको टिप्पणी गरेका थिए । उनीहरूले यस्ता घटनाले संसदीय मर्यादा कमजोर पार्ने र संवैधानिक संस्थामाथिको सम्मान घटाउने चेतावनी दिएका छन् ।
प्रधानमन्त्री बालेनको अनुपस्थितिलाई लिएर प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैमा प्रश्न उठ्न थालेपछि सरकार थप दबाबमा परेको देखिएको छ । विपक्षी दलहरूले यसलाई संसद्प्रतिको बेवास्ता भन्दै आलोचना गरिरहेका छन् भने सरकार पक्षले भने प्रधानमन्त्री मन्त्रालय पुनर्संरचना सम्बन्धी छलफलमा व्यस्त रहेको दाबी गर्दै आएको छ ।
अब प्रधानमन्त्रीले संसद्मा उपस्थित भएर औपचारिक जवाफ दिन्छन् वा विवाद अझै चर्किन्छ भन्ने चासो राजनीतिक वृत्तमा बढेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३ गते, २०८३ - ०८:५१
काठमाडौं । आज विश्वभर विश्व खडेरीविरुद्ध संघर्षको दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । प्रत्येक वर्ष जुन १७ तारिखका दिन मनाइने यो दिवस यस वर्ष “चरन...
आषाढ़ ३ गते, २०८३ - ०८:४५
काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फिफा विश्वकप २०२६ को पहिलो खेलमै ह्याट्रिक गर्दै सनसनीपूर्ण प्रदर्शन गरेका छन् । अमेरिकाको कान्सास सिट...
आषाढ़ ३ गते, २०८३ - ०८:४१
कैलाली । कर्णाली नदीको दौलतपुरघाटमा कैलाली र बर्दियालाई जोड्ने झोलुङ्गे पुल सम्झौता समयभन्दा झन्डै दुई वर्षअघि नै निर्माण सम्पन्न भएको छ । दुई वर्षभित...
आषाढ़ ३ गते, २०८३ - ०८:३२
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाले केन्द्र दरवाङदेखि फूलबारी–च्युरीबोट–सिस्नेरी हुँदै बागलुङको तमानखोला जोड्ने सडकअन्तर्गत दरवाङ...
आषाढ़ ३ गते, २०८३ - ०८:२६
काठमाडौं । नेपालको बहुप्रतीक्षित नागढुङ्गा–नौबिसे सुरुङमार्ग आगामी साउन महिनादेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ। आयोजनाले सुरुङभित्रका अधिकांश निर्...
आषाढ़ ३ गते, २०८३ - ०८:१५
म्याग्दी । म्याग्दी जिल्लाको मालिका गाउँपालिका–३ मा पर्ने डाडाँगाउँ प्राकृतिक सौन्दर्यले भरिपूर्ण बस्तीका रूपमा परिचित छ। दुईतर्फ भिरालो पाखाले घेरिएक...
आषाढ़ ३ गते, २०८३ - ०८:११
कैलाली । कैलालीको जानकी गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न नतिजामा आधारित अनुदान तथा शिक्षक–विद्यार्थी प्रोत्साहन कार्यक्रम ...
आषाढ़ ३ गते, २०८३ - ०८:०९
काठमाडौं । चितवनबाट एक किशोरलाई अपहरण गरी काठमाडौं ल्याएर फिरौती माग्ने पाँच भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। अपहरणमा परेका १६ वर्षीय रिसब गु...
आषाढ़ ३ गते, २०८३ - ०८:०८
रूपन्देही/दाङ । सामाजिक सञ्जालमा खुकुरी देखाएर युवतीलाई धम्काउँदै कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि दाङ प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। तुलसी...
आषाढ़ ३ गते, २०८३ - ०८:०१
सिरहा । धनुषा र सिरहालाई जोड्ने कमला नदीमाथिको पुल निर्माण सुरु भएको करिब डेढ दशक बितिसक्दा पनि सम्पन्न हुन नसक्दा स्थानीयवासी निराश र आक्रोशित बनेका ...



प्रतिकृया लेख्नुहोस्: