Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

कारबम विस्फोटमा परी करिब बाह्रको मृत्यु

अफगानिस्तान । अफगानिस्तानको राजधानी काबुलको शास दराक क्षेत्रमा बिहीबार भएको एक कारबम विस्फोटका परी १२ भन्दा बढी व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
स्थानीय समयानुसार बिहीबार बिहान १०ः१० बजे सो दुृर्घटना भएको जनाइएको छ । यस दुर्घटनामा परी अन्य कैयौ व्यक्ति घाइते भएका छन ।

उक्त विस्फोट प्रहरीचौकीनजिकै भएको थियो । विस्फोट भएको सो स्थानमा राष्ट्रिय सुरक्षा निर्देशनालयको कार्यालय, अमेरिकी दूतावास र नेटोको नेतृत्वमा रहेका सेनाहरु रहेका थिए ।

अफगानिस्तानमा सरकारसँग द्वन्द्व जारी राखेका तालिबान लडाकू समूह र वासिङ्टनबीच शान्ति सम्झौता अन्तिम चरणमा पुग्न लागेको अस्थावमा अफगानिस्तानको राजधानीमा पुनःभीषण विस्फोट घटनाहरु भइररहेको छ ।

काबुलको आवासिय क्षेत्रमा गत सोमबार भएको यस विस्फोटमा परी कम्तीमा १६ सर्वसाधारण मारिएका छन् । यस विस्फोटमा परी अन्य ११७ व्यक्ति घाइते भएका थिए ।

सोमबार बम विस्फोट भएको यस समयमा अमेरिकी विशेष दूत जाल्मे खलीलजाद अफगानिस्तानको राजधानी काबुलमा प्रस्तावित सम्झौताको बारेमा छलफल गर्न आउनु भएको थियो ।

उहाँ अफगानिस्तानमा तालिबान लडाकू र अमेरिकाबीच शान्ति सम्भाmैता हुनलागेको यस अन्तिम समयमा यहाँ रहेका अमेरिकी सेना फर्काउने विषयमा सम्झौताको लागि आउनु भएको थियो ।

आज भएको कारबम विस्फोट केही दिनयता तालिबान लडाकूले गरेको यो चौथो ठूलो आक्रमण हो । सप्ताहन्तमा अफगानिस्तानको उत्तर भागमा पर्ने दुई प्रमुख शहरमा भएका भीषण आक्रमणमा दर्जनौं सुरक्षाबल र नागरिकलाई मारिनुको साथै घाइते भएका छन् ।

अल कायदा विद्रोही समूहले सन् २००१ सेप्टेम्बर ११ मा न्युयोर्क शहरमा अवस्थित ट्वीन टावर आक्रमणपछि अमेरिकी सेनाले अफगानिस्तानमा आक्रमण गरेको थियो । उक्त समयमा एक लाख ३० हजारभन्दा बढी अमेरिकाको नेतृत्वमा नेटो सेना अफगानिस्तानमा प्रवेश गरेका थिए ।

सन् २०१४ को डिसेम्बरमा ‘अफगान युद्ध’ सकिएको घोषणा गर्दै प्रायःनेटो सेना अफगानिस्तानबाट आ–आफ्नो देश फर्किएका थिए । सोही समयबाट हालसम्म करिब १४ हजार अमेरिकी सेना अझै अफगानिस्तानमा रहेका अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनले पुष्टि गरेको थियो ।

ठूलो सङ्ख््यामाःनेटो आवद्ध सेना अफगानिस्तानबाट फर्केपछि यहा सुरक्षाकर्मी, सरकारी अधिकारी र सर्वसाधारण जनता लक्षित आक्रमणमा बृद्धि भएको छ ।

यतिखेर भने अफगानिस्तानमा अमेरिकी सेनाको संख्या कटौतीको चर्चा शुरु भएको छ । गत हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले आठ हजार ६०० सेना मात्र अफगानिस्तानमा रहने बताउनु भएको थियो ।

वासिङ्गटनले गत बिहीबार अफगानिस्तानमा रहेका अमेरिकी सेनाको सङ्ख्या आठ हजार छ सयमा झार्ने घोषणा गरेको थियो । तालिबान लडाकू समूहसँग अमेरिकाले गरिरहेको शान्ति वार्ता टुङ्गो लाग्न लागेको बेला उक्त घोषणा भएको बताइएको थियो ।

सन् २००१ सेप्टेम्बर ११ मा भएको न्युयोर्क र वासिङटनमा करिब तीन हजारको ज्यान जाने गरी भएको आक्रमणको एक महिनापछि तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यू बुश प्रशासनले सन् २००१ को अक्टोबर ७ मा अफगानिस्तानमा अमेरिकी सेना पठाउने निर्णय गरेको थियो ।

अफगानिस्तानमा उक्त समयमा कट्टरपन्थी तालिबान शासकले ओसामा बिन लादेन र उनको नेतृत्वमा रहेको अल कायदा नामक आतंककारी संगठनलाई शरण दिइरहेको थियो । ट्वीन टावरमाथि आक्रमण सोही समूहले गरेको थियो । यसै कारण उक्त संगठनमाथि अमेरिकाको नेतृत्वमा कारबाही शुरु भएको थियो । अमेरिकी सेनाको नेतृत्वमा पछि केही नेटो सैन्यको पनि सहभागिताबाट अफगानिस्तानमा तालिबानमाथि कारबाही थालियो र यसलाई आतङ्कवाद बिरूद्धको युद्ध भनिएको थियो ।

सन् २०१४ को डिसेम्बरमा अमेरिकी नेतृत्वमा रहेका प्रायःसैनिक अफगानिस्तानमा फर्किसकेका थिए । अमेरिका र अफगानिस्तानबीच भएको सम्झौता अनुरुप १२ हजार ५०० विदेशी सैनिक अफगानिस्तानमा रहने सम्झौता भएको थियो । हाल यस संख्यालाई अझै कटाएर आठ हजार ६०० जना मात्र अमेरिकी सेना अफगानिस्तानमा राख्ने विषयमा अमेरिकाले प्रस्ताव गरेको छ ।

उता अफगान तालिबानसँग अमेरिकाले शान्तिवार्ता जारी राखेको बताइएको छ । शान्ति वार्ता जारी रहेका बेला यता अमेरिकाले भने अफगानिस्तानबाट सेना कटौतीको प्रस्ताव गरेको थियो । तालिबान लडाकू समूहले भने आक्रमणको क्रमलाई अन्त्य गरेको छैन् ।सिन्ह्वा

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending