Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

तपाइँले अन्तिम पटक कहिले गर्नुभयो यौन सम्पर्क ? फेसबुकले थाहा पाउँछ !

एजेन्सी । तपाइँले अन्तिम पटक कहिले यौन सम्पर्क गर्नुभयो रु यो कुरा फेसबुकलाई थाहा हुन्छ । यतिमात्र होइन महिलाहरुको महिनावारी चक्र तथा उनीहरुले प्रयोग गरेका गर्भनिरोधक साधनहरुको बारेमा पनि फेसबुकले थाहा पाउँछ ।

प्राइभेसी इन्टरनेसनलको एक रिपोर्ट अनुसार महिलाहरुले प्रयोग गर्ने पिरियड ट्रयाकर एपले उनीहरुको स्वास्थ्यसम्बन्धी विभिन्न नितान्त व्यक्तिगत जानकारीहरु राख्दछ र त्यसलाई तेश्रो पक्षलाई समेत प्रदान गर्दछ । त्यस्ता तेश्रो पक्ष अर्थात् थर्ड पार्टी सर्भिसहरुमा विश्वको सबैभन्दा लोकप्रिय सोसल नेटवर्किङ्ग साइट फेसबुक समेत रहेको छ ।

५० लाख पटक डाउनलोड

बजफिडको एक रिपोर्ट अनुसार प्राइभेसी इन्टरनेसनलले हालै एउटा अनुसन्धान गरेको थियो । उक्त अनुसन्धानमा पाइए अनुसार महिलाहरुको महिनावारीलाई ट्रयाक गर्ने दुईवटा सबैभन्दा लोकप्रिइ एप maya र mia ले फेसबुक सफ्टवेयर डेभलपमेन्ट किटको माध्यमबाट थर्ड पार्टी एप्स तथा वेबसाइटसँग आफ्नो प्रयोगकर्ताका यस्ता निजी जानकारीहरु शेयर गर्दछन् । रिपोर्ट अनुसार यसरी संवेदनशील जानकारी शेयर गर्ने माया एप गुगल प्ले स्टोरमा अहिलेसम्म ५० लाख पटक डाउनलोड भैसकेको छ भने मिया एप २० लाख पटक डाउनलोड भैसकेको छ ।

लक्षित विज्ञापन देखाउने खेल

अनुसन्धानकर्ताहरुका अनुसार यी एप बनाउनेले फेसबुकको सफ्टवेयर डेभलपमेन्ट किटका माध्यमबाट एप्सलाई केही खास फिचर्सले अपडेट गरी प्रयोगकर्ताका डाटाहरु संकलन गर्दछन् । फेसबुकलाई लक्षित विज्ञापन देखाउन सहयोग गर्नका लागि उनीहरुले त्यस्ता संकलित डाटाहरु फेसबुकलाई शेयर गर्दछन् । यतिमात्र होइन, प्रयोगकर्ताले यी एपमा हालेको आफ्नो व्यक्तिगत जानकारी तथा सबै विवरणहरु सफ्टवेयर डेभलपमेन्ट किटका माध्यमबाट सीधै फेसबुकलाई पठाउने गर्दछन् ।

प्रयोगकर्ताको मूड थाहा पाउने एप

बजफिडका अनुसार माया एपले कथित रुपमा प्रयोगकर्ताले उसको गोपनीयता नीति स्वीकार गर्नुअघि नै प्रयोगकर्ताको विवरण फेसबुकसँग शेयर गर्दछ । केही फिचर्सको सहायताले उक्त एपले प्रयोगकर्ताको मुडसमेत पहिचान गरी फेसबुकलाई जानकारी दिन्छ ता कि फेसबुकले प्रयोगकर्ताको मुडको हिसाबले विज्ञापन देखाउन सकोस् । यसले प्रयोगकर्तासम्म लक्षित विज्ञापन पर्‍याउन कम्पनीहरुलाई सजिलो हुन्छ । शोधकर्ताहरुका अनुसार यसबाट कम्पनीहरुलाई निकै फाइदा हुन्छ किनकि जो महिलाहरु गर्भवती छन् वा हुनेवाला छन् उनीहरुको शपिङ गर्ने तरिकामा निकै परिवर्तन आउने सम्भावना हुन्छ ।

रजश्वला तथा गर्भलाई ट्रयाकिङ्ग गर्ने एपका बारेमा खुलासा भएसँगै कैयन् महिलाहरुले यो एपको प्रयोग बन्द गरेका छन् । आफ्ना व्यक्तिगत स्वास्थ्य सम्बन्धी डाटाहरुलाई यी एपले आफ्ना रोजगारदाता तथा विमा कम्पनीहरुसँग पनि शेयर गर्नसक्ने उनीहरुको आशंका छ । विभिन्न उत्पादक कम्पनीहरुले विज्ञापनका लागि यस्ता डाटाको गलत फाइदा उठाउन सक्दछन् भने विमा कम्पनीहरुले प्रिमियम बढाउन सक्दछन्। यस्तो खतराबाट बच्नका लागि केही महिलाहरुले अनौठो उपाय अपनाइरहेका छन् । उनीहरुले यो एपको प्रयोग त गरिरहेका छन् तर त्यसमा आफ्नो गलत विवरण भरिरहेका छन् ।

फेसबुकले अनुसन्धान गर्ने

एपहरुमार्फत महिलाका गोप्य जानकारीहरु फेसबुकमा शेयर हुने खुलासा भएसँगै यो विषयलाई फेसबुकले गम्भीर रुपमा लिएको छ । उसले यसबारेमा प्राइभेसी इन्टरनेसनल सँग सम्पर्क गरेको बताएको छ । सफ्टवेयर डेभलपमेन्ट किटको माध्यमबाट डाटा शेयर गर्ने एप्सको पहिचान गर्ने प्रयास भैरहेको फेसबुकले जनाएको छ । फेसबुक प्रवक्ताले भनेका छन्, ‘हामीसँग यस्तो प्रणाली छ जसबाट हामीले यी डाटाको पहिचान गरी त्यसलाई डिलिट गर्न सक्दछौँ । आगामी दिनमा यस्तो घटना नहोस् भनेर यसका लागि हामीले आफ्नो सिस्टममा आवश्यक परिवर्तन पनि गरिरहेका छौँ ।’अनलाइनखबरबाट

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies