एजेन्सी । इरानको समर्थन प्राप्त यमनका हुथी विद्रोहीले शान्तिको प्रयास स्वरूप साउदी अरबमा भइरहेका सबै हमला अन्त्य गर्ने भनी राखेको प्रस्तावलाई संयुक्त राष्ट्रसङ्घले स्वागत गरेको छ।
राष्ट्रसङ्घले जारी गरेको एउटा वक्तव्यले उक्त प्रस्तावले युद्ध अन्त्य गर्न चाहना राखेको भन्ने एउटा शक्तिशाली सन्देश दिनसक्ने जनाएको छ।
साउदी अरबका तेल खानी र प्रशोधन केन्द्रमा ड्रोन र अन्य क्षेप्यास्त्र प्रयोग गरेको जिम्मा लिएको हुथी समूहले आक्रमणको एक साता पछि यस्तो प्रस्ताव राखेको हो।
अमेरिका र साउदी अरबले उक्त घटनामा इरानको हात भएको आरोप लगाउँदै आएका छन्।
तर तेहरानले उक्त घटनामा उसको संलग्नता भएको आरोप अस्वीकार गर्दै आएको छ।
यमनमा भएको गृहयुद्धका कारण १० हजार मानिसको ज्यान गएको छ भने दशौँ लाख मानिसलाई भोकमरीको अवस्थामा धकेलिदिएको छ।
यसका कारण यो सबैभन्दा ठूलो मानवसिर्जित मानवीय विपत् बन्न पुगेको छ।
हुथी विद्रोहीले राष्ट्रपति अब्द्रबुह मन्सूर हादीलाई राजधानी सानाबाट भाग्न बाध्य पारेपछि साउदी अरबले सन् २०१५ मा हुथीविरुद्ध हवाई आक्रमण गर्दै उक्त क्षेत्रमा भइरहेको द्वन्द्वलाई अझ जटिल बनाएको छ।
टेलिभिजनमार्फत् घोषणा गर्दै हुथी सर्वोच्च राजनीतिक परिषद्का अध्यक्ष महदी अल(मसतले साउदी अरबमाथि सबै खालका आक्रमणको अन्य गर्ने र त्यसका लागि साउदी अरब र उसका सहयोगीहरूले पनि त्यस्तै गर्नुपर्ने बताए।
\'हामीले गरेको पहलको कुनै प्रतिक्रिया नआएको खण्डमा पछाडि हट्ने अधिकार हामी राख्दछौँ,\' उनले भने।
उनले सबै पक्षलाई विस्तृत मेलमिलापतर्फ काम गर्न पनि आग्रह गरेका छन्।
यमनका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूत मार्टिन ग्रिफिथ्सले शनिवार उक्त प्रस्तावको स्वागत गर्दै समस्याको राजनीतिक समाधान खोज्न आग्रह गरेका छन्।
\'विशेष दूतले यस अवसरको फाइदा लिन हिंसालाई न्यूनीकरण गर्दै अघि बढ्नु पर्नेमा जोड दिएका छन्,\' उनको कार्यालयबाट जारी वक्तव्यमा भनिएको छ।
ट्रम्प प्रशासनका नाम नखुलाइएका वरिष्ट अधिकारीहरूले साउदी अरबमाथिको हमला दक्षिणमा रहेको इरानबाट सुरु भएको अमेरिकी सञ्चार माध्यमलाई बताएका छन्।
अधिकारीहरूले साउदी अरबको क्षेप्यास्त्र र हवाई सुरक्षामा सघाउनका लागि अमेरिकी सैन्य खटाउने घोषणा शुक्रवार गरेका हुन्।
तर शनिवार इरानमा रहेको इरान्स रेभ्युलिस्नरी गार्डका प्रमुख मेजर जेन होसेन सलामीले उनको देशले \'कुनै पनि यस्ता कदमविरुद्ध प्रतिक्रिया दिने\' चेतावनी दिएका छन्।
सावधान, एउटा सीमित कदम सीमित रहेन छैन। हामी कुनै पनि कदमको पछि लाग्नेछौँ, राजधानीमा कब्जा गरिएका ड्रोनहरूको प्रदर्शनीको उद्घाटन गर्दै भने उनले भनेका छन्।
आक्रमणकारीको पूर्णरूपमा विनाश नहुँदासम्म हामी लागि रहने छौँ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: