Ntc summer Offer
Khabar Dabali २२ पुष २०८१ सोमबार | 6th January, 2025 Mon
Investment bank

अमेरिकामा अहिलेसम्मकै भव्य स्वागत पाउने विदेशी पाहुनामा परे मोदी, ट्रम्पको चुनावी प्रचार गर्दा मोदीको विरोध

एजेन्सी । अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्प र भारतीय प्रधानमन्त्रीको दुर्लभ संयुक्त कार्यक्रममा दशौँ हजार भारतीय मूलका अमेरिकीहरू सहभागी भएका छन्।

टेक्सस राज्यको ह्युस्टनमा आयोजित गरिएको कार्यक्रममा दुवै नेताले सम्बोधन गरे।

आयोजकहरूले अमेरिकामा पोपबाहेक अन्य विदेशी नेतालाई गरिएको त्यो नै अहिलेसम्मको सबैभन्दा भव्य स्वागत भएको बताएका छन्।

करिब ५० हजार मानिस सहभागी कार्यक्रमलाई ट्रम्पले पूर्णतया ऐतिहासिक कार्यक्रम भनि टिप्पणी गरे।

कार्यक्रमको नाम हाउडी मोदी राखिएको थियो। बोलीचालीको भाषामा स्वागतपूर्ण शैलीमा हालचाल सोध्न उक्त शब्द प्रयोग गरिन्छ।

उत्तरमा मोदीले भने, भारतमा सबै ठिक छ।

एकअर्काको प्रशंसा
मोदीले सम्बोधनको आरम्भ ट्रम्पको प्रशंसाबाट गरेका थिए।

मोदीले भने, \'हामीसमक्ष विशेष व्यक्ति उपस्थित हुनुहुन्छ। उहाँलाई कुनै परिचयको खाँचो छैन। विश्वका हरेक व्यक्तिले उहाँको बारेमा जान्दछन्। यो महान् देशको सबैभन्दा उच्च पदमा बस्नुअघि पनि हरेक मानिस उहाँबारे परिचित थिए। उहाँको स्वागत गर्नु मेरा लागि सम्मानको विषय हो।\'

ट्रम्पसँग आफूले कैयौँ पटक भेट गरेको र उनमा आत्मीयता पाएको मोदीको भनाइ थियो।

मोदीले सन् २०२० मा हुने चुनावबाट फेरि पनि ट्रम्पको सरकार बन्ने बताए।

आफ्नो सम्बोधनपछि प्रधानमन्त्री मोदीले अमेरिकी राष्ट्रपति ट्रम्पलाई सम्बोधनको निम्ति आमन्त्रण गरे।

ट्रम्पले कार्यक्रममा उपस्थित भारतीय मूलका अमेरिकी समुदायलाई धन्यवाद र हालैको लोकसभा निर्वाचनमा विजयी भएर फेरि सत्तामा आएकोमा मोदीलाई बधाई दिए।

उनले भने, \'भारत र अमेरिकाको साझा सपनालाई लिएर म र नरेन्द्र मोदी कुराकानी गरिरहन्छौँ। भारतीय अमेरिकीले हाम्रो देशको संस्कृति र मूल्यलाई बलियो बनाएका छन्। तपाईँहरूलाई अमेरिकी नागरिकको रूपमा पाएर हामी गौरवान्वित छौँ। हामी दुवै देश आफ्ना नागरिकप्रति समर्पित छौँ।\'

उनले मोदीलाई अमेरिकाको एक अति निष्ठावान्, इमान्दार र महान् मित्रको सङ्ज्ञा दिए। र, उनीसँगै कार्यक्रममा सहभागी हुँदा रोमाञ्चित भएको बताए।

ट्रम्पले मोदीको योजनाका कारण भारतमा ३० करोड मानिस गरिबीबाट माथि उठेको बताए। उनले भने, \'भारतमा आउँदो दशक १४ करोड मानिस मध्यमवर्गमा उक्लिने छन्। हामीले अमेरिका र भारतका जनता सम्पन्न भइरहेको देखिरहेका छौँ।\'

मोदी महान्
ट्रम्पले भारतसँगको सुरक्षा सहयोग बढ्ने छिट्टै रक्षा सम्झौता गरिने बताए। उनले नोभेम्बर महिनामा दुवै देशका जल, स्थल, र हवाई सेनाले मिलेर युद्ध अभ्यास गर्ने जानकारी दिए।

उनले भने, ूहामी ती सबै भारतीय र अमेरिकी सैनिकलाई सम्मान गर्छौँ जो जनताको रक्षाको निम्ति खटिइरहेका हुन्छन्। हामी कट्टरपन्थी इस्लामिक आतङ्कवादबाट बचाउन प्रतिबद्ध छौँ।ू

त्यसपछि प्रधानमन्त्री मोदी र कार्यक्रममा उपस्थित मानिसहरूले उभिएर ताली बजाएका थिए।

आफ्नो भाषण जारी राख्दै ट्रम्पले भने, \'आफ्ना नागरिकको रक्षा गर्न हामीले सीमाको रक्षा गर्नुपर्छ। अमेरिका र भारतको निम्ति सीमाको सुरक्षा कति महत्त्वपूर्ण छ भन्ने कुरा हामीलाई थाहा छ।\'

अवैध आप्रवासीले अमेरिकामा वैध ढङ्गले त्यहाँ पुगेका र त्यहाँका नागरिकको हक नखोसून् भन्ने पक्षमा आफू रहेको ट्रम्पको भनाइ थियो।

उनले भने, \'जसले यहाँको नियम कानुनको सम्मान गर्छ, कर तिर्छ, तिनको अधिकार खोसेर अवैध आप्रवासीलाई दिन सक्दिनँ। हाम्रो प्राथमिकता आफ्ना नागरिकलाई उनको अधिकार दिनु हो। कुनै नेताले तपाईँको अधिकार तपाईँबाट खोसोस् भन्ने म चाहँदिनँ ।\'

अन्त्यमा उनले मोदीलाई धन्यवाद दिए। ट्रम्पले भने, \'एक महान् व्यक्ति, महान् नेता - मेरा मित्र नरेन्द्र मोदीलाई धन्यवाद।\'

त्यसपछि पुन: मोदी मञ्चमा गए र भने, \'यो कार्यक्रमको नाम हाउडी मोदी छ। यो प्रश्नको उत्तर म दिन्छु- सब ठिक छ।\'

त्यति ठूलो सङ्ख्यामा उपस्थित भारतीय मूलका अमेरिकीलाई सम्बोधन ट्रम्प पहिलो अमेरिकी राष्ट्रपति भएको बताइएको छ।

कार्यक्रमस्थल बाहिर केही प्रदर्शनकारीले मोदी र ट्रम्पको विरोध पनि गरेका थिए। बीबीसीको सहयोगममा

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy