एजेन्सी । संयुक्त राज्य अमेरिकाले देशभित्र अनुमति दिइने शरणार्थीहरूको सङ्ख्यामा नाटकीय रूपमा कटौतीको घोषणा गरेको छ।
विदेश मन्त्रालयले आउँदो वर्ष बढीमा १८ हजार जनालाई पुनर्स्थापित गरिने बताएको छ।
शरणार्थी पुनर्स्थापना कार्यक्रमको इतिहासमा यो सबैभन्दा कम सङ्ख्या हो। यस वर्ष त्यो सङ्ख्या ३० हजार तोकिएको छ।
ट्रम्प प्रशासन भन्छ, उपलब्ध कैयौँ ठाउँहरू अमेरिकी सेनालाई सघाएका इराकीहरूका साथै सताइएका धार्मिक अल्पसङ्ख्यकका निम्ति छुट्याइने छ।
मानव अधिकारवादी संस्थाहरूले उक्त कदमको आलोचना गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले शराणार्थीहरूको पुनर्वास कार्यबाट राज्य सरकार र स्थानीय सरकार पछि हट्न सक्ने एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।
उक्त आदेशले \'पुनर्वासका लागि तयार र उत्सुक समुदायमा शरणार्थीहरूलाई स्थानान्तरण सुनिश्चित गर्ने र अमेरिकी समाजमा उनीहरूको सफल एकीकरणमा सहयोग पुर्याउने\', उनले बताए।
ट्रम्प प्रशासनले आप्रवासीहरूको सङ्ख्यामा कटौती गर्ने विषयलाई आफ्नो प्रमुख लक्ष्य बनाएको छ।
युएस रेफ्युजी एड्मिसन प्रोग्राममा सन् २०१७ देखि उनले कोटा कटौती गरेर ५० हजार पुर्याएका थिए।
त्यस लगत्तैका वर्षहरूमा उक्त सङ्ख्या ४५ हजार र ३० हजार पुर्याइएको थियो।
अमेरिकाले यसअघि सन् २००१ को सेप्टेम्बरमा भएको हमलापछि सन् २००२ मा शरणार्थीहरूको सङ्ख्यामा भारी कटौती गरेको थियो। त्यति बेला उक्त सङ्ख्या २७ हजार पुर्याइएको थियो।
दक्षिणी सिमाना रहेको मेक्सिको हुँदै अमेरिका प्रवेश गरेर शरण खोज्नेहरूले आफूहरूलाई अत्यधिक बोझ थपिदिएको एउटा विज्ञप्ति जारी गर्दै अधिकारीहरूले बताएका छन्।
\'ठूलो सङ्ख्यामा शरणार्थीहरूलाई पुनर्वासको व्यवस्था गर्न तयार हुनु अघि अमेरिकी अध्यागमन प्रणालीमा रहेको बोझ कम गर्न जरुरी छ,\' अमेरिकी विदेश मन्त्रालयले भनेको छ।
इराकका नागरिक बाहेक अमेरिकी सेनामा काम गरेकाहरूका लागि कोटा तोकिने छ।
दुस्ख पाएका धार्मिक अल्पसङ्ख्यकहरूकालागि ५,००० स्थान सुनिश्चित गरिने छ भने ग्वाटेमाला, होन्डुरस र एल साल्भाडोरबाट शरण खोज्दै अमेरिकाको दक्षिणी सिमामा आउनेहरूका लागि १,५०० कोटा छुट्टाइने छ।
यो अमेरिकाका लागि दुखद दिन हो, गैर नाफामूलक समूह इन्टरन्यासनल रेस्क्यु कमिटीका प्रमुख डेभिड मिलिव्याण्डले भने।
\'यो निर्णयले दुनियाँ भर रहेका कमजोर मानिसहरूको रक्षा गर्ने अमेरिकी नेतृत्वलाई थप नोक्सान पुर्याएको छ। तर्क वा आवश्यकतामा यसको कुनै आधार छैन र यसले अमेरिकी स्वार्थलाई नोक्सान पुर्याउनुका साथै उसको मूल्य र मान्यतालाई धमिलो बनाइदिएको छ।\'
अमेरिकन सिभिल लिवर्टिज युनियनको इमिग्रयान्टस राइट्स प्रोजेक्टका निर्देशक ओमार जाडवटले उत्पीडन, यातना र नरसंहारबाट सुरक्षा खोजिरहेकाहरूका लागि सुरक्षा प्रदान गर्ने अमेरिकाको राष्ट्रिय प्रतिवद्धताबाट पछि हट्ने सरकारको एकतर्फी उत्सुक्ता दुखद रहेको बताएका छन्।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: