Khabar Dabali १४ फाल्गुन २०८२ बिहीबार | 26th February, 2026 Thu
Investment bank

बलाधिकृत रथी शरद गिरीको नेतृत्वमा तीन सिफ्टमा सुरक्षाकर्मी परिचालन

काठमाडौँ । नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङको सुरक्षा नेपाली सेनाका बलाधिकृत रथीको कमान्डमा भएको छ । प्रधानसेनापतिपछि दोस्रो वरीयतामा रहेका बलाधिकृत रथी शरद गिरीको नेतृत्वमा सुरक्षाकर्मी परिचालन गरिएको हो । सीको भ्रमण अवधिभर सुरक्षाको नेतृत्व उनैले सम्हाल्नेछन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - दिनमा तीन सिफ्टमा सुरक्षाकर्मी परिचालन गरिएकोमा एक सिफ्टमा १५ हजार खटाइएको छ । प्रत्येक सिफ्टमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका गुप्तचर संयुक्त रूपमा परिचालन भएका छन् । सेनाका अनुसार पहिलो घेरामा नेपाली सेना, दोस्रोमा नेपाल प्रहरी, तेस्रोमा सशस्त्र र चौथोमा राष्ट्रिय अनुसन्धान विभागका गुप्तचरलाई सादा पोसाकमा खटाइएको छ । चौथो घेरामा सेना, नेपाल प्रहरी र सशस्त्रका गुप्तचर पनि खटिएका छन् ।

विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि– २०७० अनुसार सुरक्षाकर्मी परिचालन गरिएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताए । ‘चिनियाँ राष्ट्रपतिको भ्रमण अवधिभरको सुरक्षा जिम्मा सेनाको हो । विशिष्ठ व्यक्ति सुरक्षा कार्यविधिअनुसार नै सुरक्षाको प्रबन्ध गरिएको छ । जसमा चारवटै सुरक्षा निकायका सुरक्षाकर्मी परिचालन गरिएको छ । १५ हजारभन्दा धेरै सुरक्षाकर्मी खटिएका छन् । सुरक्षा प्रबन्ध निक्कै चुस्त पारिएको छ,’ उनले भने ।

सेनाका अनुसार राष्ट्रपति सीको वासस्थान सोल्टी होटेल, भेटघाट स्थल र भ्रमण रुट क्षेत्रको सुरक्षा प्रबन्धलाई विशेष रूपमा कडा पारिएको छ । होटेल र भेटघाट स्थलको सुरक्षा जिम्मा सेनाले नै लिएको छ । रुट आसपासका सडक, ओभर हेड ब्रिज, अग्ला भवन, पुललगायतको सुरक्षा जिम्मा भने नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले लिएको छ । त्यसबाहेक भ्रमण अवधिभर भ्रमण रुटको सुरक्षाका लागि सेनाकै हेलिकोप्टरबाट गस्ती पनि गरिएको छ ।

‘भिभिआइपी सुरक्षा कार्यविधिअनुसार सुरक्षाको क्षेत्र बाँडफाँड भएको छ । सोहीअनुसार सुरक्षाकर्मी परिचालन भएको छ । विशेष सीको वासस्थान, इभेन्ट हुने ठाउँ र भ्रमणको रुटमा सुरक्षा व्यवस्था कडा पारिएको छ,’ सैनिक प्रवक्ता पाण्डेले भने ।

भ्रमण रुटमा ‘ज्यामर’ प्रयोग
सुरक्षा संवेदनशीलताका कारण सीको भ्रमण रुटआसपास टेलिफोन र मोबाइल सिग्नल जाम गर्ने ‘ज्यामर मेसिन’ प्रयोग गरिएको छ । भ्रमण अवधिभर भ्रमण रुटबाट कम्तीमा सय मिटर क्षेत्रमा टेलिफोन तथा मोबाइल सिग्नल अवरुद्ध गर्नेछ । ज्यामर मेसिन नेपालकै प्रयोग गरिएको छ । यसअघि भारतीय प्रधानमन्त्री मोदीको भ्रमणका क्रममा ज्यामर मेसिन भारतबाटै ल्याइएको थियो ।

सीलाई रात्रिभोज स् लुक्लाको सिमी र साँधेको भटमासदेखि इलामको चिया र गुल्मीको कफीसम्म
चिनियाँ समकक्षी सी जिनपिङको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आयोजित रात्रिभोजमा विभिन्न मौलिक परिकारले सत्कार गरिएको छ । सुरुवाती खानाका रूपमा बारा, मःम, लुक्लाको सिमी र साँधेको भटमास राखिएको थियो । त्यस्तै, कुरिलो र क्वाँटीको सुप पनि व्यवस्था गरिएको थियो ।

मुख्य मेनुमा भने डबल रोस्ट्रेड ल्याम्ब चप, नर्वेजियन सलमोन, प्यान फ्राइड नुडल्सलगायत चिनियाँ र युरोपियन परिकार राखिएको थियो । खानापछि इलामको चिया र गुल्मीको कफी व्यवस्था गरिएको थियो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE