काठमाडौं । संसदीय दलबाट एकताको सन्देश दिने भन्दै नेकपाले एउटै परिसरमा पदाधिकारीका कार्यालय बनाउन लगायो। तत्कालीन एमालेको कार्यालयमा संसद् सचिवालयले प्रमुख सचेतक देव गुरुङको कार्यकक्ष बनायो। तर, रातारात तयार पारिएको कोठा एक वर्षदेखि अलपत्र छ। उनले तत्कालीन माओवादीलाई छुट्याइएको भवनबाटै काम गर्दै आएका छन्।
आजको अन्न्पुर्ण पोष्ट दैनिकमा खबर छ - राष्ट्रियसभा दलका नेता दीनानाथ शर्मा र प्रमुख सचेतक खिमलाल भट्टराईका लागि पनि कार्यकक्ष तयार पारिए। गुरुङ र शर्मा पूर्वएमालेको कार्यालयमा बस्न नमानेको संसद् सचिवालयका पदाधिकारी बताउँछन्। भट्टराईले भने दलको कार्यालयबाटै कार्यालय सञ्चालन गरिरहेका छन्। यसअघि भट्टराईको कार्यकक्ष तत्कालीन माओवादी संसदीय दल रहेको २ नम्बर भवनमा थियो। ‘संसद् सचिवालय परिसरमा जता बसे पनि हुन्छ’, प्रमुख सचेतक गुरुङ भन्छन्, ‘संसद् सचिवालयले दिएकै स्थानमा बसेर काम गरिरहेको छु।’
नेकपाले दलका पदाधिकारीका कार्यालय एउटै परिसरमा राख्ने तयारी गरेको थियो। तर, दुवै धारका नेता पुरानै ठाउँका कार्यकक्षमा बस्ने गरेका छन्। पूर्वमाओवादी पक्षका पदाधिकारी संसद् सचिवालयको २ नम्बर भवन र पूर्वएमाले पक्षका पदाधिकारी तत्कालनी दल परिसरका कार्यालयबाट कामकाज सञ्चालन गरिरहेका छन्। सांसदहरूको आउजाउ पनि पूर्ववत् कार्यालयमै हुुने गरेको छ।
‘पूर्वमाओवादीका साथीहरू काम पर्दा मात्र नेकपा संसदीय दलको परिसरमा आउन रुचाउनुहुन्छ’, पूर्वएमाले पक्षका एक सांसद भन्छन्, ‘सांसदहरूबीच भावनात्मक रूपमा पार्टी एकता भएको छैन। पूर्वमाओवादीका साथीहरू २ नम्बर भवनतिर, पूर्वएमालेका साथीहरू पूर्वएमालेको कार्यालयतिर आउने–जाने गर्नुहुन्छ।’
प्रमुख सचेतक गुरुङ भने जता बसे पनि दलको काममा अप्ठ्यारो नपरेको तर्क गर्छन्। ‘एउटै ठाउँमा बस्दा सहज हुन्छ भन्ने कसैको सोचाइ होला’, उनी भन्छन्, ‘तर, दलको काममा अप्ठ्यारो परेको छैन।’
तत्कालीन एमाले र माओवादीबीच पार्टी एकतापछि नेकपाको दल कार्यालय तोकिएको थियो। दलका नेता एवं प्रधानमन्त्री केपी ओलीको कार्यकक्षसामुन्ने उपनेता सुवास नेम्बाङको कार्यकक्ष छ। नेम्बाङको कार्यकक्षको सामुन्ने गुरुङ, शर्मा र भट्टराईका कार्यकक्ष तयार पारिएका थिए। सचेतक शान्ता चौधरीको कार्यकक्ष सुरुमा गुरुङलाई दिने भनिएको थियो। त्यसमा गुरुङको असन्तुष्टिपछि नयाँ कार्यकक्ष बनाइएको थियो। तापनि उनी त्यहाँ बस्न मानेनन्।
‘सबै पदाधिकारीको कार्यकक्ष एउटै परिसरमा हुँदा एकातिर पार्टी एकताको सन्देश जाने, अर्कोतर्फ दल सञ्चालनमा पनि सहजता हुने बुझेका थियौं’, एक सांसद भन्छन्, ‘तर, जिम्मेवार पदाधिकारी नै अलग–अलग ठाउँमा बस्दा हामी (सांसदहरू)लाई अप्ठ्यारो महसुस भइरहेको छ।’
लेबी अझै छुट्टाछुट्टै
पार्टी एकताको डेढ वर्षसम्म सांसदहरूको लेबीमा एकरूपता छैन। पूर्वएमाले धारका सांसदले प्रतिमहिना १३ हजार र माओवादी केन्द्र धारकाले १२ हजार रुपैयाँ पार्टीलाई तिरिरहेका छन्। जति तिरे पनि पार्टीमै जाने प्रमुख सचेतक गुरुङ बताउँछन्। संसद् सचिवालयको लेखा शाखाले लेबी रकम कट्टा गरेर मात्र सांसदलाई पारि श्रमिक पठाउने गरेको छ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: