वीरगञ्ज । ङ्घीय सरकारले धान खरीदको समर्थन मूल्य तोकेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगञ्ज शाखाका अनुसार सङ्घीय सरकारले मोटो धान प्रतिक्विन्टल दुई हजार ५३२ रुपैयाँ ८० पैसा र मध्यम चामल दुई हजार ६७३ रुपैयाँ १५ पैसा चामल खरीदको समर्थन मूल्य तोकेको शाखा प्रमुख नरनाथ अधिकारीले बताए ।
उहाँले सरकारले धान खरीदको समर्थन मूल्य तोकेपनि हालसम्म कति धान खरीद गर्ने बताए । वीरगञ्ज शाखाले निजी क्षेत्रका व्यापारीसँग प्रतिस्पर्धा गर्न नसक्दा आर्थिक वर्ष २०७४÷७५ मा आठ करोड २४ लाख ९५ हजार ८७५ रुपैयाँ मूल्य बराबरको ३० हजार क्विन्टल मात्र धान खरीद गर्न सकेको थियो ।
सङ्घीय सरकारले प्रतिक्विन्टल दुई हजार ५३२ रुपैयाँ ८० पैसामा धान खरीद गर्ने मूल्य तोकेपछि निजी क्षेत्रका धान व्यापारीले सोभन्दा बढी मूल्यमा धान खरीद गर्न थालेपछि शाखाले ३० हजार क्विन्टल मात्र धान खरीद गर्न सकेको हो । सो धानबाट शाखाले १८ हजार ९२८ क्विन्टल चामल बनाएको थियो ।
शाखा कार्यालय वीरगञ्जले देशका विभिन्न भागमा आएको बाढीबाट प्रभावितका लागि राहतस्वरुप विराटनगरमा दुई हजार १०० क्विन्टल चामल पठाएको थियो ।
त्यसैगरी शाखाले २०७४÷७५ मा जिल्ला कारागार वीरगञ्जलाई ३६८ मेट्रिक टन, भीमफेदी कारागारलाई २०९ मेट्रिक टन तथा गौर कारागारलाई ४५ मेट्रिक टन मन्सुली चामल पठाएको शाखा प्रमुख अधिकारीले बताए ।
शाखालाई जापान सरकारले सहयोग गरेको ५०० मेट्रिक टनसहित ३२० मेट्रिक टन धान मौज्दात अवस्थामा रहेको छ । निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न नसक्दा संस्थानलाई पर्सा बाराका केही किसानले मात्र धान बेच्ने गरेको छ । रासस
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: