एजेन्सी । श्रीमान वा श्रीमतीको मोबाइल वा कम्प्युटरमा गोप्य रूपमा राखेर जासुसी गर्न प्रयोग गरिने सफ्टवेअरको प्रयोग बढ्न थालेको छ।
स्टकरवेअर वा स्पाउजवेअर भनिने यस्ता शक्तिशाली जासुसी एप वा सफ्टवेअरहरू इन्टरनेटमा खुलेआम किन्न पाइन्छ।
एकपटक कुनै मोबाइल वा कम्प्युटरमा राखेपछि यस्ता स्टकरवेअरमार्फत सबै एसएमएस पढ्न, नियमितरूपमा स्क्रिनको तस्बिर खिच्न, फोन भएको स्थान पत्ता लगाउन र क्यामरामार्फत प्रत्यक्ष भिडियो हेर्न सकिन्छ।
साइबर सुरक्षा कम्पनी क्यास्पर्स्कीका अनुसार गएको वर्षमा अघिल्लो वर्षभन्दा ३५ प्रतिशत धेरै मानिसले आफ्नो उपकरणमा स्टकरवेअर राखेको भेट्टिएको छ।
क्यास्पर्स्कीको प्रविधिले यो वर्ष ३७ हजार पाँच सय ३२ उपकरणमा स्टकरवेअर भएको पत्ता लगाएको छ।
मुख्य सुरक्षा अध्ययनकर्ता डेभिड इम, सो सङ्ख्या खासमा ठूलो पहाडको एउटा सानो टुप्पोु मात्रै भएको भन्दै यसको वास्तविक सङ्ख्या निकै धेरै हुन सक्ने ठान्छन्।
कसरी बच्न सकिन्छ ?
नछोड्नुहोस्आफ्नो मोबाइल नछोड्नुहोस् किनभने स्टकरवेअर राख्दा फोन चाहिन्छ
फिङ्गरप्रिन्टबाट फोन लक नगर्नुहोस् किनभने सुतेको बेला त्यो चोर्न सकिन्छ।
सुरक्षा एपराख्नुहोस् जसले स्टकरवेअर भएको जानकारी दिन्छ।
धेरै व्यक्तिले आफ्नो कम्प्युटरको सुरक्षामा ध्यान दिन्छन् तर मोबाइलका बारेमा ध्यान दिँदैनन्, इम भन्छन्।
ूहाम्रो सङ्ख्या हाम्रो सुरक्षा एप हालिएको मोबाइलबाट देखिएको हो त्यसैले यो कूल सङ्ख्याको नजिक पनि पुग्दैन।ू
क्यास्पर्स्कीका अनुसार सबैभन्दा बढी स्टकरवेअर हालिएको देश रुस हो।
दोस्रोमा भारत र त्यसपछि क्रमशस् ब्राजिल, अमेरिका र जर्मनी पर्छ। त्यसपछि इटली, मेक्सिको, यूके, फ्रान्स र इरान रहेका छन्।
स्टकरवेअरबाट कसरी बच्ने ?
अर्को सुरक्षा कम्पनी ईसेटले स्टकरवेअरको सम्बन्धमा गर्न सकिने केही कदमहरू भएको बताएको छ।
ईसेटका जेक मुर भन्छन् - आफ्नो मोबाइलमा कुन कुन एपहरू छ भनेर हेर्ने र समयसमयमा भाइरस छ कि भनेर हेर्ने गर्नुपर्छ।
आफूलाई थाहा नभएको एप देखिएमा त्यो के हो भनेर इन्टरनेटमा खोज्ने र मेट्ने गर्नुपर्छ।
सजिलोको लागि कुनै पनि एप तपाईँ चलाउनु हुन्न भने त्यसलाई मेट्नु नै उपयुक्त हुन्छ।
श्रीमान वा श्रीमतीले आफूमाथि स्टकरवेअर प्रयोग गरेर जासुसी गरेको थाहा पाएमा त्यसले मानसिक समस्या ल्याउने बताइन्छ।
सेफर प्लेसकी जेम्मा ट्वेन्टन भन्छिन् - यसले मानिसको विश्वास गर्ने क्षमता कम गर्छ। उनीहरूले उपकरणलाई सहयोगी वस्तुभन्दा पनि हतियारका रूपमा देख्छन्।
उनीहरूका लागि प्रविधि जाल बन्छ र धेरैले प्रविधि प्रयोग गर्नै कम गर्छन्।
यसले तपाईँको बाँचुञ्जेल प्रभाव पार्छ। स्टकरवेअरको प्रयोग बढ्नु गम्भीर कुरा हो।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: