Khabar Dabali १० असार २०८३ बुधबार | 24th June, 2026 Wed
Investment bank

बेजिङ उड्यो हिमालय एयरलाइन्स

काठमाडौँ । काठमाडौँ र बेजिङबीच सिधा हवाई सम्पर्क स्थापना भएको छ । नेपालको उड्डयन इतिहासमा पहिलो पटक उत्तरी छिमेकी मुलुक चीनको राजधानी बेजिङमा सिधा हवाई उडान शुरु गरिएको हो ।

नेपाल र चीनको संयुक्त लगानी रहेको अन्तर्राष्ट्रिय उडान भर्ने निजी वायु सेवा प्रदायक कम्पनी हिमालयले बेजिङस्थित नवनिर्मित डाक्सिन इन्टरनेशनल विमानस्थलमा आजदेखि व्यावसायिक उडान शुरु गरेको छ । यसअघि राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमले चीनको साङ्घाई र ल्हासा सहरमा उडान गरेको भए पनि राजधानीसँग हवाई पहुँच विस्तार हुन सकेको थिएन । दुई देशका राजधानी काठमाडौँ र बेजिङ जोड्ने हिमालय पहिलो एयरलाइन्स भएको छ ।

नेपाल भ्रमण वर्षको संघारमा विश्वमै सबैभन्दा धेरै पर्यटक घुम्ने मुलुक चीनमा हवाई उडान शुरु भएसँगै नेपालमा चिनियाँ पर्यटकको आगमनमा बढोत्तरी हुने अपेक्षा गरिएको छ । पछिल्ला दिनमा चीनबाट नेपालमा भएको उच्चस्तरको भ्रमणले पनि धेरैभन्दा धेरै चिनियाँ नागरिकले नेपाल भ्रमण गर्ने अनुमान गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा चीनका राष्ट्रपति सी चिनफिङले गत असोज २५ र २६ गते नेपालको राजकीय भ्रमण गर्नुभएको थियो । उक्त भ्रमणले नेपालको पर्यटन बजारमा नयाँ तरङ्ग पैदा भएको छ । भ्रमण वर्षलाई सफल बनाउन चीनले आवश्यक सहयोग गर्ने राष्ट्रपतिको भ्रमणका दौरानमा नेपाललाई आश्वस्त तुल्याएको छ ।

चीन नेपालको प्रमुख पर्यटकीय स्रोत बजार हो । सन् २०१८ मा एक लाख ६० हजार चिनियाँले नेपाल भ्रमण गरेका छन् । सन् २०१९ को आठ महीनाको अवधिमा अघिल्लो वर्षको सोही अवधिमा १० प्रतिशतले चिनियाँ पर्यटक बढेको नेपाल पर्यटन बोर्डको तथ्याङ्क छ । चीनबाट वार्षिक १५ करोड विश्व भ्रमणमा जाने गरेको विभिन्न तथ्याङ्कले देखाउँछ । त्यसको केही हिस्सा मात्रै नेपाल भित्र्याउन सके नेपालको पर्यटनले सकारात्मक फड्को मार्ने सरकारी अधिकारी बताउँछन् ।

हिमालय एयरलाइन्सले १५८ सिट क्षमताको एयर बस ३२० जहाजबाट काठमाडौँ–बेजिङ उडान औपचारिक रुपमा शुरु गरेको हो । बेइजिङ सिधा उडान नेपालको नेपालको पर्यटन प्रवद्र्धनका लागि कोसेढुङ्गासावित हुने हिमालय एयरलाइन्सले एक विज्ञप्तिमार्फत उल्लेख गरेको छ । पछिल्ला दिनमा पर्यटकको सङ्ख्या अत्याधिक बढेको छ । यसले विदेशी मुद्रा आर्जनमा समेत टेवा पुग्ने कम्पनीका सेवा सुधार शाखा प्रमुख उज्ज्वला दलीले बताउनुभयो ।

हिमालयको बेजिङ उडान शुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले हिमालय एयरलाइन्सले चीनसँगको हवाई सम्पर्क विस्तारले भ्रमण वर्षको अवधिमा चीनबाट पाँच लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्यलाई पूरा गर्न महत्वपूर्ण योगदान गर्ने व्यावसायिक सफलताको कामना गरे ।

नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले नेपाल अन्तर्राष्ट्रिय पर्यटकका लागि आकर्षक गन्तब्य भएको र चिनियाँ नागरिकका लागि पदयात्रा गर्न नेपाल दक्षिण एशियाकै मुख्य रोजाइमा पर्ने गरेको बताए । कम्पनीका अध्यक्ष झो एन्योङ्ले काठमाडौँ–बेजिङ सिधा उडानले नेपालमा चिनियाँ पर्यटकको सङ्ख्यामा बढोत्तरी हुनका साथै आर्थिक गतिविधि पनि बढ्ने विश्वास व्यक्त गरे।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६५ जना यात्रुसहित बिहान ८ः३० बजे हिमालयको जहाज पहिलो उडान एच ९६६५ बेजिङ गन्तव्यमा उडेको थियो । हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठका अनुसार बिहान उडेको जहाज आज राति पौने १० बजे काठमाडौँ फर्किने तालिका छ । हिमालयले सातामा तीन दिन आइतबार, मङ्गलबार र शुक्रबार उडान गर्ने तालिका छ । यो रुटमा एकतर्फी न्यूनतम भाडा दर रु २४ हजार पर्ने जनाइएको छ ।

कम्पनीसँग अहिले दुई थान ‘न्यारोबडी’ जहाज छन् । अर्को जहाज भियतनामको ब्याम्बो एयरलाई भाडामा दिइएको छ । उक्त विमान एक महीनाभित्र फिर्ता ल्याइने कम्पनीले जनाएको छ । हिमालयले नयाँ लगानीकर्ता फेरिएसँगै रणनीतिक योजनका साथ कम्पनीको संस्थागत लोगो परिवर्तन गरेको छ । हिमालको चुचुरोमा उड्दै गरेको चीललाई अङ्कित गर्दै बनाएको नयाँ लोगो फेरी जहाजलाई नयाँपन दिइएको हो ।

पाँच वर्षको अन्तरालमा सुरक्षा र विश्वसनीयताको प्रतिष्ठा निर्माण गर्दै संस्थालाई नयाँपन दिन संस्थाको महत्वपूर्ण आन्तरिक परिवर्तनसँगै उपयुक्त रणनीतिअन्तर्गत नयाँ लोगो स्वीकार गर्ने निर्णय भएको कम्पनीले उल्लेख गरेको छ ।

विश्वकै आधुनिक सुविधायुक्त डाक्सिन विमानस्थल हालै मात्र औपचारिकरूपमा सञ्चालनमा आएको थियो । हिमालयले बेजिङसँगै सन् २०१९ भित्रै चीनका अन्य तीन शहर क्रमशः गुयाङ, चाङ्सा र नाङचिङमा हप्ताको एक उडान गर्ने तयारी गरेको छ ।

नेपाल र चीनबीच दुई दशकपछि गत साउन १० गते हवाई सेवा सम्झौता पुनरावलोकन सम्झौता भएको थियो । उक्त सम्झौतापछि अब ९८ उडान गर्न सक्नेछ । सातामा ७० उडान हँुदै आएकामा १८ उडान थपिएको थियो । चीनको बेजिङ, ल्हासा, साङ्घाई, कुनमिङ, ग्वान्जाओ, छेन्दु, सियानलगायत गन्तव्यमा नेपाली जहाजले उडान भर्नए पाउनेछन् ।

चीनसँग दुई दशक बढी लामो हवाई साझेदारी भए पनि नेपाली जहालले चीनको राजधानी बेजिङमा सिधा व्यावसायिक उडान गर्न पाएका थिएनन् । हिमालयले पहिला चाटर्ड उडान गर्दै आएको थियो । लामो प्रयासपछि हिमालयले सिधा उडान शुरु गरेको हो । नेपाल एयरलाइन्सले पनि छिट्ट चीनका विभिन्न सहरमा उडान भर्ने तयारी गरेको छ । चीनबाट पाँच वटा त्यहाँको वायु सेवा प्रदायक कम्पनीले नेपाल उडान भर्दै आएका छन् ।

काठमाडौं बेजिङ रुटमा एकतर्फी उडान समय ५ः३० घन्टा हाराहारीको हुन्छ । हिमालयले हाल बङ्गलादेशको ढाका, युएइको अबुधाबी, दुबई, साउदी अरबको दमाम र कतारको दोहा सिधा उडान गर्दै आएको छ । नेपालले हालसम्म ४० वटा मुलुकसँग हवाई सम्झौता गरेको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending