जनकपुर । मिथिलाञ्चलमा आज गाईवस्तुको पूजा गरी गोवद्र्धन पर्व श्रद्धापूर्वक मनाइँदै छ । यस अवसरमा गाईको गोबरबाट गोवद्र्धनको प्रतिमा बनाई विधिवत् पूजा गरिने चलन रहेको छ । यसलाई गोधन पनि भनिन्छ ।
गोधनलाई भोलिपल्ट द्वितीया तिथिका दिन बिहान समाठ (मुसल विशेष) द्वारा कुट्ने गरिन्छ । गोधन कुट्ने विधि महिला वर्गद्वारा गरिन्छ । त्यसबेला गोधन गीत गाइने परम्परा पनि रहेको छ । गोवर्धन पर्वमा गाईवस्तुको पूजा गरेमा पशुवर्गको श्रीवृद्धि हुनाका साथै सन्तान तथा धनधान्यको वृद्धि हुने विश्वास रहेको पाइन्छ । यस दिन गाई दुहुने तथा हलो जोत्ने कार्य निषेध मानिन्छ ।
गाईवस्तुको पूजाअन्तर्गत गाईवस्तुलाई नयाँ दाम्लो हालिने तथा शरीरलाई पहेँलो, हरियो आदिले रङ्ग्याइने गरिन्छ । कतिपय स्थानमा गाईवस्तुको शरीरमा पञ्जाको रङ्गीन छाप लगाई दिनेसमेत गरिएका पाइन्छन् । यस दिन गोरुका घाँटीमा नयाँ घण्टी बाँधी पखेब (अनेक औषधीय वनस्पतिलाई एकत्र गरी ओखलमा कुटेर पानीसाथ तरल बनाएर गोरुलाई खुवाइने झोल पदार्थ) खुवाइने चलन रहेको छ । सोका लागि गोरुलाई एकत्र गरी विशेष प्रकारले पङ्क्तिबद्ध बाँधी काँरी ९बाँसकाट बनाइने ढुङ्ग्रो विशेष०को सहायताले मुखमा खुवाइने गरिन्छ ।
पखेब तयार गर्दा वटवृक्षको जरा वा पात, बकाइनका पात, ककहियाका पात, चिरचिरीका पात, लपटाका पात, पानका पात, पिपरीका पात, गुम्माका पात, बाँसका पात, काँचो बेसार, सतञ्झा (सात प्रकारका अन्न), नून मरिच, खानेतेल लगायतका वस्तुहरू मिसाइने गरिन्छ ।
पखेब खुवाइएपछि गोरुलाई दौडाइने गरिन्छ, जसबाट एक प्रकारको मनोरञ्जन पनि हुने गर्दछ । यो पखेब गोरुलाई मात्र खुवाइने गरिन्छ, अन्य जनावर खुवाइँदैन ।
यस अवसरमा भगवान् इन्द्रद्वारा व्रजमाथि कुपित भएर घनघोर वर्षा गराइएको एवम् भगवान् कृष्णद्वारा गोवद्र्धन पर्वत उठाएर व्रजवासीको रक्षा गरिएको आख्यान पनि सुनाइने चलन पनि रहेको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: