Ntc summer Offer
Khabar Dabali २६ पुष २०८१ शुक्रबार | 10th January, 2025 Fri
Investment bank

नेपालमै यस्तो मन्दिरः जहा मनमनै होइन, चिच्याएर वर मागिन्छ

पाल्पा । हिन्दूधर्मानुसार मन्दिरमा गएर भगवान्सँग मनमनै ‘वर’ माग्नु नौलो होइन तर यहाँको सत्यवती ताल र माइको मन्दिरमा भने सबैले सुन्ने गरी चिच्याएर ‘वर’ माग्ने चलन छ ।

जिल्लाको तिनाउ गाउँपालिका–४ स्थित सत्यवती तालको वरपर तीनपटक घुमेर सार्वजनिक रूपमै चिच्याएर ‘सत्यवती बज्यै’ सँग वर माग्ने यहाँको पुरानो चलन हो । तीन दिनसम्म चल्ने मेला कात्तिक २४ गतेबाट शुरु हुँदैछ ।

सत्यवती ताल क्षेत्रमा कानले नसुन्ने बजैसँग चिच्याएर वर माग्ने धार्मिक मेला प्रत्येक वर्षझैँ यो वर्ष पनि आइतबारबाट शुरु हुँदैछ । सत्यवती ताल क्षेत्रमा बाजेबजै दुवैको मन्दिर रहे पनि विशेष गरी बजैसँग चिच्याएर वर माग्दा पूरा हुने धार्मिक विश्वास छ ।

सत्यवती बज्यैले कानले सुन्दिनन् भन्ने जनविश्वास छ । त्यसैले पुस्तौँदेखि चिच्याएर वर माग्ने गरिएको हो । वर माग्न र सत्यवती माईको दर्शन गर्न जानेले बाँस र पातीको लिङ्गोसँगै लिएर जान्छन् । सोही लिङ्गोलाई तालको छेउमा गाडेर पूजा गर्ने चलन रहेको सत्यवती ताल विकास समितिका अध्यक्ष तिलबहादुर गाहाले बताए।

सत्यवतीमा पूजाअर्चना गर्दा मागेको पूरा हुने भएपछि यहाँ बली चढाउने भीड लाग्ने र चिच्याएर वर माग्ने कारण चहलपहल बढ्दो हुने अध्यक्ष गाहाले बताए । अध्यक्ष गाहाका अनुसार यसपालि पूजा गर्ने जोग परेको दाबी छ । कात्तिक महिनामा बालाचतुर्दशी परेकोमा जोग परेको भन्ने चलन छ । “पहिला पहिला रातिको समयमा नै पूजा हुने चलन रहेको थियो । पछिल्ला वर्ष श्रद्धालु भक्तजनका सहजताका लागि दिनमा समेत पूजा हुन थालेको छ”, अध्यक्ष गाहाले भने।

सत्यवती मन्दिर विकास समितिको आयोजनामा हुन लागेको तीन दिने धार्मिक मेलाका अवसरमा देश तथा विदेशबाट झण्डै तीन लाख पर्यटक आउने विश्वास गाउँपालिकाको अध्यक्ष ओमबहादुर घर्तीको छ ।

मेला भर्न जिल्लाभित्रका साथै गुल्मी, रुपन्देही, स्याङ्जा, कपिलवस्तु, नवलपरासी, चितवन, काठमाडौँ, दाङ, पोखरासहित भारतको गोरखपुर, गोन्डा, लखनउ, नौतनहवाबाट पनि भक्तजन आउने बताइएको छ ।

सत्यवती तालको महत्व

धार्मिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिकोणले सत्यवती ताल क्षेत्र महत्वपूर्ण छ । पहाडको उच्च भागमा रहेको ताल क्षेत्र सधँै चिस्यान रहने हुँदा शीतल हावाका लागि पर्यटक त्यहाँ पुग्न रुचाउने गर्दछन् । वन, वातावरण र जैविक विविधताको हिसाबले यस क्षेत्रको महत्व रहेको गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठले जानकारी दिए ।

सीमसार क्षेत्रमा दुर्लभ

चार रोपनी क्षेत्रफलमा फैलिएको सत्यवती ताल क्षेत्र सीमसार क्षेत्रमा रहेको दुर्लभ तालका रुपमा रहेको पाइन्छ । चुरे र सीमसार क्षेत्रमा कमै मात्रामा ताल हुने र त्यसमध्येकै यो एउटा महत्वपूर्ण ताल रहेको छ । तालको छेउमा बाजेबज्यैको मन्दिर छ । तालको वरिपरि पर्यटकका लागि व्यवस्थित गोरेटो बाटो पनि छ ।

कसरी गर्ने पूजा

ताललाई तीन पटक घुम्दै वर माग्नुपर्छ । स्थानीय संस्कृतिअनुसार चिच्याएर वर जसले माग्छ, उसलाई पूरा हुने विश्वासका साथ चिच्याउने गर्छन् । त्यसपछि तालको छेउमा बाँसको लिङ्गो गाडेर पूजा गर्ने चलन छ । त्यहाँ पूजा गरी बज्यैको मन्दिरमा दर्शन गरी टीका ग्रहण गर्न सकिने मन्दिरका सचिव लालबहादुर दर्लामी बताए । मन्दिर नजिकै पूजा गर्ने स्थान तोकिएको छ । त्यहाँ बलि चढाउने चलन पनि छ । बोका, पाथी, हाँस, राँगा चढाउने चलन रहिआएको छ । परेवालाई उठाउने चलन पनि रहेको सचिव दर्लामीले बताए ।

कसरी पुग्ने ताल

रुपन्देहीको बुटबल उपमहानरपालिका क्षेत्रबाट आउनेलाई दोभानको झुम्सा पानीमिलबाट पूर्व दिशातर्फ पैदल हिँड्नुपर्ने हुन्छ । करीब छ किलोमिटर उकालो यात्रा सकेपछि सत्यवती क्षेत्रमा पुग्न सकिन्छ । सत्यवती क्षेत्रमा उकालो हिँड्नु पर्दैन । झम्सादेखि करीब दुई घण्टामा सत्यवती पुग्न सकिन्छ ।

पाल्पाको तानसेन हुँदै सत्यवती ताल पुग्न करीब दुई घण्टा लाग्छ । पाल्पा तानसेन सडकको चौबीस माइलबाट करीब दुई घण्टा उकालो यात्रा गरेपछि सत्यवती ताल पुगिन्छ । मेला अवधिभर यातायातको साधन सञ्चालनमा समितिले रोक लगाएको छ । भक्तजनका कारण बाटोमा भीड हुने भएकाले यातायातका साधन सञ्चालनमा रोक लगाएको जनाएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy